Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
प्रेमिकाको जन्मदिनमा ९ करोडको चुरोट उपहार

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 एक जना अर्बपति धनाढ्यले आफ्नी प्रेमिकाको जन्मदिनमा चुरोट उपहार दिए । कस्तो बुद्धु रहेछ, जन्मदिनमा पनि चुरोट उपहार दिने ? भन्ने लाग्ला तपाइँलाई । तर त्यो चुरोट कुनै लरतरो चुरोट होइन । एउटा खिल्लीकै झण्डै ९ करोड रुपैयाँ मूल्य पर्ने चुरोट हो त्यो ।

हो, लण्डनमा बस्ने रुसका एक धनाढ्यले आफ्नी गर्लफ्रेण्डको बर्थडेमा उपहार दिनका लागि ८ करोड ७३ लाख नेपाली रुपैयाँ पर्ने हिरा र सुन जडित विद्युतिय चुरोट निर्माणका लागि कारखानालाई अर्डर गरे । लण्डनको सिसा स्टिक्स नामको एक कम्पनीले २४६ वटा २ क्यारेटका हिराका टुक्रा, अन्य बहुमुल्य पत्थर, ६ क्यारेटको ओभल डायमण्ड तथा २४ क्यारेट सुनको बटन तथा बहुमुल्य सिसाको पाइपसमेत जडान भएको विद्युतिय चुरोट ४ महिना लगाएर तयार गर्यो । उनले त्यो इ चुरोट साढे ५ लाख पाउण्डमा किनेर आफ्नी गर्लफ्रेण्डको जन्मदिनमा उपहार दिए । ती धनाढ्य रुसी पुरुष र उनकी भाग्यमानी प्रेमिकाको नाम भने खुलाइएको छैन । यो विषयमा एक बेलायती टेलिभिजनमा विशेष कार्यक्रम नै प्रस्तुत भयो ।

उक्त चुरोटको नाम सिसा स्टिक्स सोफिया राखिएको छ । यो बहुमुल्य चुरोट बनाउने कम्पनीका एन्थोनी मिक्सिडेजले यस्तो चुरोट बनाउनु आफुहरुको लागि सपना जस्तै भएको बताए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!