खुट्टा
निक ठूला भएपछि के गर्नु ?आफुलाई मिल्ने चप्पल समेत नपाएर जिवनको
२७वर्षसम्मनांगो खुट्टामै बाँच्नुपर्ने रहेछ । हात्तिपाइले रोगकाकारण
सुन्निएर विशाल खुट्टा भएकाचीनका एक युवाले २७वर्षको उमेरमाबल्लआफुलाई
मिल्ने जुत्ता फेलापारेका छन् ।
चिनको फुजु प्रान्तका जु आनयुकालागिबल्लमिल्ने साइजकाजुत्ता फेला परे । हात्तिपाइलेकाकारण निकै ठूला खुट्टा भएकाजुकालागि एक जुत्ताकम्पनीले सहयोग स्वरुप ३ जोर जुत्ताबनाइदिएको हो । कम्पनीले जु कालागि नै भनेर विशेष डिजाइनमा तीजुत्तातयार गरेको थियो । जुत्तानिकै विशाल छन्, जसको लम्बाइ २८.५ सेन्टिमिटर र चौडाइ २२.५ सेन्टिमिटर छ ।

तीन घाइते, नौ पक्राउ
रामचन्द्र नेपाल/भीम तामाङ
अपडेटः १२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली बसिरहेको होस्टलमा गएराति स्थानीय मलेसियन युवाहरुको समूहले सांघातिक आक्रमण गरेको छ । स्थानीय समयअनुसार साँझ करिव ८ बजेतिर सुरुमा ४ जनाको समूहमा मोटरसाइकलमा आएका युवाहरुले आक्रामण प्रयास गरेका थिए । उनीहरु उल्टै पिटाइ खाएर फर्किएपछि करिब साढे दुई सयको संख्यामा आएका स्थानीय युवाहरुले नेपालीहरुमाथि आक्रमण गरेका थिए ।
प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार तरबार, रड र घरेलु हतियारसहित आएका ती युवाहरुको आक्रमणबाट तीनजना घाइते भएका छन । जसमध्ये दुइजनाको अवस्था गम्भीर छ भने अन्य केही युवाहरु सामान्य घाइते भएका छन् । स्थानीय प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु पछि हटेका थिए । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गर्नुपरेको थियो ।
जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी बोल्न नसक्ने अवस्थामा छन् भने राजुको टाउकोभन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । स्थानीय क्लिनिकमा भेटिएका एक नेपालीले भने आफ्नो अवस्था समान्य भएको भन्दै परिचय नखुलाइदिन आग्रह गरे ।
प्रहरीले घटनामा संलग्न ९ जना नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । त्यसबाहेक कुनै पनि पनि नेपाली नियन्त्रणमा नरहेको र घटनामा कसैको पनि हताहती नभएको प्रहरीले जानकारी दियो ।
होस्टलमा रहेका नेपाली कामदारहरुले आफ्ना १२ साथीहरु हराइरहेको बताए पनि नेपाली राजदूतावासका प्रतिनिधि चक्र सुवेदीले ९ जना प्रहरी नियन्त्रणमा र ३ जना अस्पतालमा रहेको जानकारी दिएपछि उनीहरुले आफ्ना सवै साथीहरु सम्पर्कमा आएको र हताहती नभएको बताए । प्रहरी नियन्त्रणमा रहेका नेपालीलाई दूतावासका प्रतिनिधिले भोलि हिरासतमा भेट्ने कार्यक्रम छ ।
उखानै के छ भने महिलाको चरित्र भगवानले पनि बुझ्न सक्दैनन् । हुनत अहिलेको जमानामा यसो भन्यो भने त्यो महिलाहरुप्रतिको हिंसा ठहर्ला । तर अध्ययनहरुले पनि के देखाएका छन् भने महिलाहरुको जिन्दगी रहस्यले भरिएको हुन्छ । महिलाहरुको मस्तिष्कमा जे कुरा चलिरहेकेा हुन्छ त्यो उनको मनसँग मेल खाँदैन भनिन्छ ।
एक सोसल मिडिया वेबसाइटले महिलाहरुमा गरेको एक सर्वेक्षणले पनि महिलाहरुले जिवनमा केही कुराहरु आफ्नो जिवनसाथीलाई समेत नबताउने र आफ्नै मनमा मात्र सिमित गर्छन् । केही कुराहरु त्यस्ता हुन्छन् जो महिलाहरुले कुनैपनि दोश्रो मान्छेलाई भन्दैनन् । अझ आफ्नो ब्वायफ्रेण्ड वा जिवनसाथीसँग उनीहरुले लुकाउने कुराहरु विशेष प्रकारकै हुन्छन् । महिलाहरुले आफ्नो प्रेमीसँग लुकाउने विषयहरु निम्न छन् :
१. प्रेम प्रसंग : अध्ययन अनुसार महिलाहरु चाहे दशौँ युवकसँग प्रेम किन नगरुन् तर उनीहरुले हरेक पछिल्लो प्रेमीसँग आफुले पहिलोपटक प्रेम गरेको बताउँछन् । आफ्नो पूर्व प्रेम प्रसँगको खुलासा किमार्थ गर्दैनन् महिलाहरु । तर पुरुषहरु भने यो मामिलामा केही हदसम्म खुल्ला हुन्छन् ।
२. महिलाहरुले आफ्नो पार्टनर वा प्रेमीसँग लुकाउने अर्को कुरा हो आफ्नी साथीसँग भएका कुराहरु । केटी केटीहरुको बीचमा हुने कुरा, केटी साथीहरुका व्यक्तिगत जिवनका कुराहरु चाहे ती निकै महत्वपूर्ण वा सुनाउन लायक किन नहोउन् तर महिलाहरुले सित्तिमित्ति अरु केटीका कुरा आफ्नो प्रेमी वा लोग्नेसँग गर्दैनन् ।
३. यद्यपि यो कुरा सबै महिलाको हकमा लागु नहुन सक्छ । तर आम महिलाको औषत विशेषता के हो भने उनीहरु आफ्नो प्रेमीलाई आफुले प्रयोग गर्ने कस्मेटिक सामानहरु वा मेकअपका सामानहरुको बारेमा बताउन चाहँदैनन् । मेक अप नगरिकनै आफु सुन्दर भएको देखाउन र आफु निकै सुन्दर रहेको भान प्रेमीलाई परोस् भन्नका लागि महिलाहरुले आफ्नो मेकअपको रहस्य खोल्न नचाहने बताइएको छ ।
४. विगतका दुखद क्षण : आफ्नो वर्तमान प्रेमीसँग महिलाले लुकाउने अर्को विषय हो आफ्नो विगतको दुखद, पीडादायी वा विछोडको क्षण वा घटना । यस्तो कुरा बताउँछ अहिलेको सम्बन्धमा दरार आउन सक्ने शंका महिलाहरुमा हुन्छ ।
५. नातागोताप्रतिको भावना : एक जना पुरुषले आफ्नी श्रीमती वा प्रेमिकाका आमाबुवा, बहिनी, भाइ वा अरु नातागोताको विषयमा सच्चा मनले प्रसंसा वा आलोचना गर्छ । तर महिलाको हकमा भने यो कुरा लागु हुँदैन । महिलाले आफ्नो सासु, ससुरा, नन्द, देवर, आमाजु वा श्रीमानको घर तर्फका नातागोता वा प्रेमीका आफन्तहरुको बारेमा बोल्ने कुराहरु वा गर्ने प्रसंसाहरु भित्री मन देखिका हुँदैनन् । महिलाले उल्लेखित नातेदारको प्रसंसा गरिन् भनेपनि त्यसबाट मख्ख भै हाल्नुपर्ने स्थिति हुँदैन । किनकी अध्ययन अनुसार महिलाले आफ्नो पार्टनरका नातेदारप्रतिको भित्री मनको भावना कहिल्यैपनि बोलीबाट प्रकट गर्दैनन्, भित्री मनमा नकारात्मक भावना भएपनि बाहिर प्रसंसा गरिरहेका हुन्छन् ।

माया, पैसा र सेक्सका बिषयमा मानिसको आ आफ्नै धारणा हुनसक्छ । जिवनमा कसैका लागि माया, कसैका लागि पैसा या कसैका लागि सेक्स महत्वपुर्ण हुनसक्छ । यही बिषयालाई आधार बनाएर चलचित्र ‘शीशा’ को निर्माण हुने भएको छ ।
चलचित्रको बिहिबार देखि गीत रेकडिङ कार्य सुरु भएको छ ।चलचित्रमा लक्की सिटौलाको संगीत छ । ननस्पट क्रियशनको ब्यानरमा तयार हुन लागेको चलचित्रलाई आर.बी.के शरदले निर्देशन गर्न लागेका हुन् । ननस्पट क्रियशनको ब्यानरमा यसअघि ‘नैनारेशम’, ‘नाइट क्विन’ र ‘न बोले नी हाशी राख न’ निर्माण भैसकेको छ ।
चलचित्रका लागि केही नयाँ र केही पुराना कलाकारको खोजी भैरहेको निर्देशक शरदले अनलाइनखबरलाई बताए । माघको अन्तिम साताबाट छायांकनमा जान लागेको यो चलचित्रले सम्हाल्न सकेन भने जिवन शीशा जसरी फुट्छ भन्ने बिषयलाई मुख्य रुपमा उठान गर्ने छ । चलचित्रलाई महेश ढुंगेल र के नबराजले निर्माण गर्न लागेका हुन् ।

श्रीप्रसाद पण्डित, पूर्वरजिष्टार (सर्वोच्च अदालत)
गत एक महीनादेखि महिला हिंसा विरुद्धको आन्दोलनले नेपालमा गति लिएको छ । तर, यही अवधिमा बोल्नेको पीठो बिक्ने, बोल्न नसक्नेको चामल पनि नबिक्ने भनेझैं गरीव असहाय महिलाविरुद्ध भएका हिंसा भने ‘आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष’ भनेजस्तो आभाष हुन थालेको छ । समाज र राज्यप्रति कुनै कानूनी दायित्व नभएका अधिकारवादीहरुलाई यस्ता गरीव असहाय महिलाविरुद्ध भएको हिंसाले ‘श्राद्धमा बिरालो बाँध्ने’जस्तो औपचारिकता निर्वाह गराउनुबाहेक केही गर्न सकेको देखिएन ।
राज्यसंयन्त्रमा बलशालीहरुको पहूँचले गर्दा गरीव असहाय महिलाहरु आफूउपर भएको हिंसालाई पीडितकै गल्तीका कारणले पीडितले हिंसा सहनुपरेको हो, बाह्य कारणले होइन भन्ने सुन्न बाध्य पार्न लागिएको छ । यथार्थमा महिला हिंसाको नारा उचाल्दै बालुवाटार वा सिंहदरबार घेर्न जाने, त्यसरी जुलुसले खिचेको तस्वीर वा भिडिओ क्लीपमार्फत् आफ्नो संस्थालाई आर्थिक सहयोग गरिरहेका आफ्ना अन्नदाता (मालिक ?) का रुपमा रहेका अन्तर्राष्ट्रिय दातृ निकायलाई पठाउने र त्यसकै आडमा भोलि विदेशी मुद्रामा मोटो रकम पुरस्कारको रुपमा लिने साधन भएका छन् गरीव र असहाय महिलाहरु । पीडितलाई न्याय दिलाउन अन्तिम अवस्थासम्म लागी रहने, दोषीलाई सजाय दिलाउन प्रत्येक दिन हुने कानूनी कारबाहीको अनुगमन र ताकेता गर्ने र सर्जमीन गर्दा पीडितका मान्छेका भनाइ राख्न दिनेदेखि लिएर फोरेन्सिक प्रयोगशालामा पनि झारा टार्ने काम गरिन्छ भन्ने कुराका लागि अधिकारकर्मी सूर्योदयदेखि सूर्यास्तसम्म अनुगमन गरिरहने फुर्सद अधिकारकर्मीलाई छैन । अथवा, यसो गर्नु यिनीहरुको कर्तव्य नै होइन ।
भोलाकुमारीको मुद्दा
काभ्रेपलान्चोककी भोलाकुमारी चौलागाईलाई यही काठमाडैंामा मारिएछ र नुवाकोटको रानीपौवा नजिक लगेर आत्महत्या गरेर मरेको भन्ने पार्नलाई रुखमा झुण्ड्याइएछ, । कुनै अधिकारकर्मी संलग्न नभएको त्योबेलामा काभ्रेका महिलाहरु स्वतःस्फूर्त रुपमा प्रत्येक दिन जुलुस गर्दै राज्य संयन्त्रका आधिकारिक निकायसमक्ष लगातार विरोध प्रदर्शन गर्थे र त्यतिखेर दोहोर्याएर पोष्टमोर्टम परीक्षण गरिएको थियो र नुवाकोट जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलेर ज्यान मारेको ठहर फैसला भई अहिले पुनरावेन परी मुद्दा पुनरावेन अदालत पाटनमा विचाराधीन रहेको छ ।
सरस्वतीको कथा
यतिबेला डा. रेणु राजभण्डारीले आफूहरुले सरस्वती सुवेदीको दोहोर्याएर पोष्टमोर्टम गराउन सरकारलाई इतिहासमै पहिलोपटक बाध्य बनाएर बहादुरी गरेको कुरा टेलिभिजनबाट अन्तर्वार्ता दिनुभएको सुनियो । उहाँले ‘काटें मुसाको कान, जोगाएँ ससुराको धान’ भनेझैं गरे पनि सरस्वती सुवेदीको मृत्युलाई आत्महत्या नै हो भनी प्रमाणित गराउन के-के हुनसक्थ्यो भन्नेतिर रेणुजीको ध्यान पुगेको देखिएन ।
अनामनगरमा एक व्यक्तिको घरमा घरेलु कामदारका रुपमा त्यही घरले उपलव्ध गराएको टहरोमा छोरीका साथमा बस्ने गरेकी सरस्वती सुवेदी (घरमा बोलाउने नाम ललिता हो) घट्टेकुलोकी हुन् । म पनि घट्टेकुलोकै बासिन्दा र उनीहरुको छिमेकी भएको नाताले बाहृयरुपमा देखिने त्यो परिवारको केही कुरा अरु छिमेकीसरह परिचित नै छु । यिनीहरु झापातिरका हुन् । एउटा मात्र छोरा अकालमै मरेकाले पुत्रशोकबाट भुलिन्छ कि भनी राजधानीमा छिरेका रहेछन् सरस्वतीका पिता माता । उनका माता-पिता विगत ५-६ वर्षदेखि घट्टेकुलामै बस्दै आएकाछन् । सरस्वती र उनकी बहिनीले आफ्ना बृद्ध मातापिताको पालन पोषणमा छोरालाई नै बिर्साउने गरी भरथेग गरिरहेका थिए । आर्थिक दृष्टिले अत्यन्त सकसपूर्ण जीवन गुजारा गरिरहेको त्यो परिवार अर्काको भाँडा माझेर, सुत्केरीलाई तेल लगाइदिने काम गरेर र प्रत्येक शनिवार ५-६ घरमा लुगा धोएर जीवन गुजारा गर्दै आएको छ । सरस्वती सुवेदी त्यो परिवारको जेठी छोरी थिइन्, २२ वर्षको कल्कलाउँदो उमेरमा नै नियतिले उनलाई विधवा बनायो एउटी छोरी काखमा सुम्पेर । आज उनकी छोरी ९ वर्षकी भै सकेकी छिन् ।
वारदातमा बुझ्नुपर्ने कुराहरु
सरस्वती सुवेदीको मृत्यु सम्बन्धमा राज्यले गरिरहेको अनुसन्धानको क्रममा थुनामा रहेका व्यक्तिका आफन्तहरुले ‘अनामनगर समाज’का नाममा सो परिवारको चरित्रहत्या गरेको र उनीहरुलाई थुनामा राखेको भन्दै सिंहदरबार दक्षिणढोका अगाडि प्रदर्शन गरे । पढाइमा अत्यन्त तेजिला छोरालाई समेत हिरासतमा राख्दा उनको पढाइ बिगि्रयो भनेर राज्यबाट क्षतिपूर्ति समेत माग गरियो ।
विरोधका क्रममा सरस्वती सुवेदीको दुई-दुईचोटि शव परीक्षण गर्दा पनि झुण्डिएर नै मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्टले देखाइसकेको अवस्थामा सरस्वतीले आत्महत्या नै गरेकी हुन् भन्ने निचोड निकालिएको छ । राजधानीबाट निस्कने पत्रिकाले पनि जनमत सिर्जना गराउनका लागि आशंकित परिवारमाथि अन्याय भएकै हो भनी अदालतले भन्नुअघि नै आत्महत्याको निश्कर्ष निकाले ।
आरोपी परिवारले आफ्नो निर्दोषिता प्रमाणित गराउन आँफैले जे गरिरहेको छ, त्यो कानुनसम्मत हुनुपर्छ । हुन सक्छ, उनीहरु निर्दोष नै होउन् । त्यो परिवारले सरस्वती जुन वस्तुको पासो लगाएर झुण्डिइन् भनेको छ, त्यो पासो नै काटिदियो भने सरस्वती सुवेदीलाई बचाउन सकिन्छ कि भन्ने नाममा पासो काटिदिएको भनेका छन् । सरस्वती शौचालयभित्र छिरिछन् रे, धेरैबेर भयो निस्किनन् भनेर केही भयो कि भन्ने शंकाले ढोका फुटाएरभित्र पस्दा त झुण्डिएको अवस्थामा देखिइन् रे । मान्छेलाई कब्जियत हुन सक्छ, शौचालयभित्र पसेको मान्छे कति समयभित्र निस्केन भने ढोका फोरेर भित्र छिर्नु पर्छ भन्ने मापन सो परिवारले गर्यो ? एउटी महिला शौचालयभित्र पसेको थाहा हुँदाहुँदै किन भित्र छिरियो ?
पोष्टमार्टम रिपोर्टको सीमा
सरस्वतीको घाँटीमा भएको चोट हेर्दा झुण्डिएको कारणले मृत्यु भएको भन्ने पोष्ट मार्टमरिपोर्टलाई चुनौती दिन नसकिएला । तर, आँफै झुण्डिएको हो कि झुण्ड्याइएको भन्ने कुरा पोष्टमार्टम गर्ने डाक्टरले भन्न सक्दैनन्, यो कुराको निक्र्यौल प्रमाण र घटनास्थल समेतको परिवेश एवं पस्थितिको मूल्यांकन गरेर मात्र हुन सक्छ र यस्तो निक्र्यौल गर्ने निकाय भनेको अदालत नै हो ।
भन्नु परोइन, फाँसीको सजाय पाएर मृत्युवरण गर्न विवश व्यक्तिको पनि पोष्टमार्टम गर्दा सरस्वतीको जस्तै झुण्डिएका कारणले मृत्यु भएको भन्ने नै निस्कन्छ । तर, यसको मतलव फाँसी पाएको व्यक्तिले आत्महत्या गरेको भन्ने निश्कर्ष निकाल्न मिल्छ र ? आफैं झुण्डिइन् कि अरुले झुण्ड्यार मार्यो भन्ने कुराको अनुसन्धान प्रहरीले मात्र गर्न सक्छ ।
सरस्वतीको त्यो अवस्था देखेपछि तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्ने थियो । घटनास्थल सिंहदरबारको महानगरीय प्रहरी बृत्तबाट हिँडेर पनि तीन मिनेटभन्दा टाढाको दूरीमा छैन । सरस्वतीको खुट्टालाई अँगालोले बाँधेर अलिकति उचालिदिएको भए भक्तपुरबाट नै आउनुपरे पनि प्रहरी नआउञ्जेल सरस्वतीलाई यथावस्थामा राख्न सकिन्थ्यो । सरस्वती करीव ३२ वर्षकी युवती थिइन् । राजा त्रिभुवनको र महेन्द्रको उमेर १४ वर्षको फरक थियो भने घरबेटीको उमेर पनि भरखर ५४ वर्षको मात्रै रहेछ । उनीहरुको संम्बन्ध जे जस्तो रहे पनि सरस्वतीको अस्वाभाविक मृत्युपछि यस्ता शंकाहरु उठ्नु अस्वाभाविक होइन । यस्तो अवस्थामा सरस्वतीको मृत्यु सम्बन्धमा प्रमाणलाई नष्ट हुनबाट जोगाई अनुसन्धान कार्यमा प्रहरीलाई सहयोग गरी आफ्नो निर्दोषिता सिद्ध गर्न प्रयत्नरत हुनुपर्नेमा आफ्नो सम्बन्ध प्रभावशाली व्यक्तित्वहरुसँग भएको भन्ने आडमा घटनालाई आत्महत्या नै सिद्ध गर्न पहिलेदेखि नै लागिपरेको जस्तो देखियो । सुनिए अनुसार त्यस परिवारको सम्बन्ध त्यस्तो अत्यन्त बलशाली प्रहरी अधिकृतसँग जोडिएको चर्चा पनि छ जसले झण्डै झण्डै बाबुराम भट्टराईलाई नै प्रधानमन्त्रीको कुर्सीबाट हुत्याइदिएको थियो राजनैतिक समीकरण नै उनको कारणले बदलिन्छ कि भनेर । उनको हस्तक्षेप नहुन पनि सक्छ, तर, खोरमा बाख्रो हराउनु र वनमा बाघ कराउने घटना एकसाथ भएकोले समाजले शंका गर्नु बेमुनासिब पनि त थिएन ।
सरस्वती घरेलु नोकर थिइन् । उनी पनि डेकेन्द्र थापाझैं एउटा पत्रकार वा प्रभावशाली परिवारको भएको भए आज यो देशको संक्रमणकालले नै निकास पाउने गरी आन्दोलन हुने थियो, सञ्चार माध्यमले सरस्वतीको मृत्युलाई अर्कै कोणले हेर्ने थियो कि ?
आत्महत्याको जुरिस्प्रुडेन्स
मोदीको मेडिकल जुरिस्प्रुडेन्स (Medical Jurisprudence, 22nd Edition page 620) ले भन्छ, मान्छेले त्यसै आत्महत्या गर्दैन । मनोचिकित्सकहरु र उक्त जुरिस्प्रुडेन्सका अनुसार आत्महत्या गर्ने व्यक्तिले खास प्रकृति पहिलेदेखि नै देखाएका हुन्छन् । बराबर डाक्टरकहाँ लगिरहेको हुनुपर्छ । धेरै पहिलादेखि नै यस्ता व्यक्तिमा निराशापन देखिन्छ, कसैसँग बोल्न मन गर्दैन, बाँच्न मन नलागेको कुरा गर्छ, इत्यादि लक्षणहरु देखिन्छन् । आत्महत्या गर्नेको सुइसाइड नोट पनि प्रायः भेटिने गर्छ । भेटि्टए पनि उसका हस्ताक्षर हो कि होइन भन्ने परीक्षण गर्नुपर्छ ।
पासो लगाउनलाई सिलिङ्गको उचाइ कति थियो, केमा चढेर सिलिङ्गमा पासो अड्काइयो, पासो कत्तिको बलियो थियो, जमीन र खुट्टाको दूरी कति फरक थियो ? इत्यादि प्रश्नहरुको पनि पूरा जाँच गरिएको हुनुपर्छ । महिलाले आत्महत्या गर्दा कुनै पुरुष सदस्यसँग अन्तरंग सम्बन्ध थियो कि भन्ने शंकालाई निवारण गर्नको लागि मृतकको गुप्तांगको रांंैलाई काँगियो कोरेर डि.एन्.ए. परीक्षण गराउनु पर्छ । त्यस्तो रांैमा अरु व्यक्तिको रौं पनि भेटि्टन्छ कि भनेर हेर्नुपर्छ । महिलाको शरीर र ओछ्यानमा समेत वीर्यको चिन्ह छ कि छैन भनेर बैज्ञानिक जाँचसमेत गराउनुपर्छ ।
नेपालमा कानूनको शासनको व्यंग्य गर्दै कवि भीमनिधि तिवारीले लेखेका यी शब्द कालजयी छैनन् त ?
सडकबीच कुकुर बस्छ, उसको ज्यानै जान्छ,
त्यही ठाउँमा साँढे बस्छ, मोटर घुमी जान्छ ।

सुव्रत दास ! यिनी जुन पेशामा छन्, त्यसले सार्वजनिक परिचय माग्दैन, खोज्दैन । बुझ्ने हिसाबले भन्दा, उनको पेशाका लागि सार्वजनिक परिचय वर्जित छ । किनकि, नेपालस्थित दूतावासमा कन्सुलरको आवरणमा बस्ने यिनी भारतीय बाहृय गुप्तचर संस्था ‘र’ का अधिकारी हुन् ।
भारतीय दूतावासको वेबसाइट होस् वा उनको भिजिटिङ कार्ड, जहाँ पनि उनको पद ‘कन्सुलर’ लेखिएको हुन्थ्यो । यसैलाई गुप्तचरीमा आवरण भनिन्छ । तर उनले नेपालबसाइका क्रममा त्यो आवरण च्यात्ने काम मात्र गरेनन्, हस्तक्षेपकारी रुपसमेत प्रदर्शन गरे । आफ्नो मर्यादासम्म बिर्सेर उनले नेपाल बसाइका क्रममा जे गरे, त्यो घरेलु राजनीतिप्रति सामान्य चासो राख्नेबाट पक्कै पनि लुकेको छैन । यी तिनै सुव्रत दास हुन्, जसले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) परित्याग गरी माओवादी प्रवेश गरेका मधेशी मूलका नेता रामकुमार शर्मालाई २०६७ साउन २० र २१ मा फोन गरी ज्यान मार्ने धम्की दिएका थिए ।
संविधानसभाका सभासद्समेत रहेका शर्मालाई त्यतिबेला धम्क्याइएको थियो, जति बेला माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल र काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री पदको अनिणिर्त दौडमा थिए ।
त्यसबेला ‘र’ का लागि नेपालस्थित मिसन प्रमुख थिए पिटर जेपी हनामन, जो २०६९ भदौमा कार्यकाल सकेर भारत फर्किसकेका छन् । उनीपछिको दोस्रो वरीयताका अधिकृत हुन्- सुव्रत दास । माथि उनले तत्कालीन सभासद् शर्मालाई धम्की दिएको बारे चर्चा गरियो । अब यस्तो तथ्यसँग साक्षात्कार गर्नुस्, जुन प्रकरण हत्याको उद्देश्यसँग सम्बन्धित थियो र त्यसको योजना बनाउनमा दासको प्रत्यक्ष संलग्नता थियो ।
केन्द्रीय कारागारमा थुनामा रहेका युनुस अन्सारीमाथि २०६७ फागुन २६ मा हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहारको योजनामा साथ लिने उद्देश्यले एक भारतीय अधिकारीले हत्या अपराधमा सोही कारागारमा रहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भेटेका थिए । हो, सुव्रत दास तिनै अधिकारी हुन् ।
२०६७ पुस १७ मा एक्लै शोभराजसँग भेटेका दासले भोलिपल्ट आफ्ना हाकिम अर्थात् ‘र’ का लागि नेपालस्थित मिसनका प्रमुख पिटर जेपी हनामनलाई लिएर भेट्न पुगेका थिए । यस्तो भेटको प्रबन्ध मिलाइदिनेमा मुलुकभित्रैका सुरक्षा र जेल प्रशासन अधिकारीहरु थिए । कुनै कूटनीति प्रक्रिया पूरा नगरी असान्दर्भिक व्यक्तिसँगको भेटघाट पक्कै पनि संशयपूर्ण थियो । त्यसैले नेपाली सुरक्षा अधिकारी तथा केन्द्रीय कारागारमा भएको गोली प्रहारको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले यसबारे विस्तृत खोजीसमेत गर्यो । यसबाट के खुल्यो भने, युनुसको हत्या गर्ने योजनामा दासको भूमिका महत्वपूर्ण थियो । आयोगले भनेको छ :
कन्सुलर सुव्रत दास कूटनीतिक प्रक्रिया पूरा नगरी नेपाली कारागारमा रहेका कैदीहरुलाई सोझै भेटघाट गर्न आएको देखिएको छ । उनले अन्तर्राष्ट्रिय रुपमै कुख्यात रहेका व्यक्तिलाई भेटघाट गर्न जानुपर्ने कारण देखिँदैन । अर्कोतर्फ भेटघाट गोप्य रुपमा गरिएको छ । निजले भेटघाट गरेपछि नेपालमा युनुस अन्सारीको हत्या गर्ने कार्यमा खटिएका व्यक्तिहरुको आवागमन बढ्दै गएको देखिन्छ । यस प्रकार घटनाका सन्दर्भहरुले निज सुव्रत दासले नेपाली प्रहरी प्रशासनलाई प्रभावमा पारेर युनुस अन्सारीलाई हत्या गर्न सघाउ पुग्ने वातावरण मिलाएको देखिन्छ ।
‘र’ का लागि नेपालस्थित अधिकारी दासलाई कूटनीतिक उन्मुक्ति सम्बन्धी नियमका कारण नेपालमा मुद्दा चलाई कारबाही गर्न सक्ने अवस्था थिएन । त्यसैले जाँचबुझ आयोग, २०६७ ले प्रतिवेदनको परिच्छेद ५ मा ‘दोषी किटान गरेको देहायका व्यक्तिहरुलाई देहाय बमोजिम सजाय सिफारिश गरिएको छ’ भन्दै ‘भारतीय दूतावासका कन्सुलर सुव्रत दासलाई पर्सना-नन-ग्राटा (नेपालमा रहनका लागि अयोग्य) घोषित गर्न’ नेपाल सरकारलाई सिफारिश गरेको छ ।
भारतले नरूचाएको भनिएको एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार गठन भएको एक महिनालगत्तै ‘र’ का अधिकारीसमेतको संलग्नतामा उच्च सुरक्षा रहेको केन्द्रीय कारागारमा गोलीकाण्ड हुनु संयोग मात्र थिएन ।
अर्को संयोग के पनि थियो भने, युनुसमाथि गोली प्रहार हुनुभन्दा केही दिनअघि मात्र नेपाल लगायत छिमेकी मुलुक हेर्ने भारतीय गुप्तचर संस्था ‘र’ का स्पेसल सेक्रेटरी आलोक जोशी काठमाडौँ आएका थिए । २०६६ सालसम्म नेपालमै ‘र’ को स्टेसन प्रमुख रहेका जोशी नेपालमा एक साता बिताएर २०६७ फागुन २३ मा स्वदेश फर्केका थिए र फागुन २६ मा युनुसमाथि गोली प्रहार भएको थियो । नेपालमा रहँदा थुप्रै राजनीतिक भेटघाट गरेका जोशीले नयाँ दिल्ली र्फकनुअघि केही उच्च सुरक्षा अधिकृतलाई समेत भेटेका थिए ।
आयोगले आफ्नो प्रतिवेदन खनाल नेतृत्वको सरकारकै पालमा बुझाएको थियो । ‘र’ का अधिकारी दासलाई ‘पर्सना-नन-ग्राटा’ घोषित गर्दै देशनिकाला गर्ने आयोगको सिफारिश ‘राष्ट्रवादी’ भनिएको खनाल नेतृत्वको सरकारले नै लत्याएको अवस्थामा भारतीय सहयोगमै त्यसपछि बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारबाट कार्यान्वयन हुने आशा कसैलाई थिएन ।
तत्कालीन सभासद् शर्मालाई ज्यान मार्ने धम्की दिइएको सन्दर्भमा पनि तत्कालीन संसद्को मानव अधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दासलाई ‘पर्सना-नन-ग्राटा’ घोषणा गर्दै देशनिकाला गर्न सरकारलाई निर्देशन दिएको थियो । तर ‘कठपुतली’ को संज्ञा पाएको तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले, जो आफैँमा कामचलाउ भइसकेको थियो, पनि संसदीय समितिको आदेशलाई बेवास्ता गर्यो ।
निकट अतीतमा कुनै पनि कूटनीतिज्ञलाई ‘पर्सना-नन-ग्राटा’ घोषित गरी निकालिएको छैन । त्यो उदाहरण खोज्न एक दशकभन्दा अघिको इतिहास खोतल्नुपर्ने हुन्छ ।
२०५६ पुस २० मा नेपालस्थित पाकिस्तानी दूतावासका एक कर्मचारी वसिम सब्बुरलाई प्रहरीले नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न भन्दै पक्राउ गरेको थियो । नेपालस्थित कूटनीतिज्ञ कुनै अपराधमा संलग्न पाइएमा उसलाई पक्रनुको साटो सरकारी निर्णय गरेर देशनिकाला गर्ने प्रचलन तोडी सब्बुरलाई गैरकूटनीतिक व्यवहार गर्दै पक्राउ गरिएको थियो । त्यस क्रममा उनको निवासलाई २४ घण्टा घेरासमेत हालिएको थियो । तर लगत्तै उनलाई कूटनीतिज्ञको व्यवहार गर्दै ‘पर्सना-नन-ग्राटा’ घोषित गरी देशनिकाला गरियो । उनको गिरफ्तारी कूटनीतिक क्षेत्रमा त्यस बेला ठूलो बहसको विषय बनेको थियो । त्यो घटना तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भएको थियो । त्यसपछि भ्रमण केही समयका लागि स्थगित भयो ।
दुई मुलुकका सरकार प्रमुखबीच द्विपक्षीय वार्ताका क्रममा आफ्नो हात माथि पार्ने उद्देश्यले भारतीय इशारामै सब्बुरको गिरफ्तारी गराइएको जानकारहरुको भनाइ छ ।
जबजब नेपाल-भारत द्विपक्षीय शीर्ष वार्ता हुन लागेको हुन्छ वा कुनै उच्चपदस्थ नेपाली अधिकारी (प्रधानमन्त्री, गृह वा रक्षामन्त्री), नेताको भारत भ्रमण तय हुन्छ वा उच्चपदस्थ भारतीय अधिकारी, नेताको नेपाल आगमनको कार्यक्रम हुन्छ तबतब नेपालमा मुस्लिम समुदायको कुनै न कुनै ‘आतङ्ककारी’ विस्फोटक पदार्थसहित वा कुनै ‘तस्कर’ जाली नोटसहित पक्राउ पर्ने गरेका छन् ।
भारतीय गुप्तचर संस्था ‘र’ का नेपालस्थित एक उच्चपदस्थ अधिकारी नै युनुस हत्याको योजना बुन्ने कार्यमा संलग्न देखिनुुले राष्ट्रिय सुरक्षामाथि चुनौती त थपिदिएको छ नै, यसले मुलुकको सार्वभौम सत्तामाथि नै प्रश्न उठाएको छ । त्यसमाथि उनीविरूद्ध कारबाही गर्न सरकारले खुट्टा कमाएबाट राज्य कुन हदसम्म निरीह छ, सहजै अनुमान गर्न सकिन्छ । यो पहिलो घटना होइन जहाँ राज्य कमजोर देखिएको होस् । यस्ता प्रशस्त घटना छन्, जसमा राज्य पक्ष सबै कुरा थाहा पाएर पनि थाहा नपाएझै गरी बसेको छ ।
यस्ता गम्भीर प्रकृतिका घटनाको छानबीनका लागि गठन गरिएका आयोगप्रति राज्यका तर्फबाटै उदासीन र असहयोगी व्यवहार प्रदर्शित भएको छ ।सरकारले नै गठन गरेको आयोगलाई सरोकारवाला उच्चपदस्थ सरकारी अधिकृतले सहयोग नगरेको भन्दै एउटा जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा यसरी असन्तुष्टि व्यक्त गरेको छ ः
नेपाल सरकारको निर्णय अनुसार गठित आयोगलाई आवश्यक सहयोग पुर्याउने प्रारम्भिक जिम्मेवारी गृह मन्त्रालयको रहेकोमा मन्त्रालयबाट यस आयोगप्रति समुचित ध्यान पुर्याइएन । आयोगका पदाधिकारीहरुले टेलिफोन तथा भेटघाटमार्फत आयोगको अवस्था, कामकारबाहीबारे जानकारी गराउँदा पनि गृह मन्त्रालयबाट गरिएको व्यवहारले सहयोगको सट्टा आयोगलाई पूर्ण रुपमा उपेक्षा गरी मनोवैज्ञानिक रुपमा हतोत्साह पार्ने काम भयो । त्यसै गरी आयोगले सुनसरी जिल्लाको स्थलगत भ्रमणको क्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापालाई जानकारी गराउदा पनि कुनै प्रकारको सहयोग र सम्पर्क भएन, गरिएन ।
आयोगले काम गर्दा गृहमन्त्री विजयकुमार गच्छदार थिए । उपप्रधानमन्त्रीको समेत भूमिकामा रहेका उनको निर्वाचन क्षेत्र सुनसरी हो, जहाँका प्रमुख जिल्ला अधिकारीले सहयोग नगरेको आयोगको गुनासो छ । यसबाट पनि गच्छदारको झुकाव र प्रतिबद्धता कता छ भन्ने सङ्केत मिल्छ । सारमा कुरा के हो भने, राज्य (भारत) प्रायोजित अपराधका शृङ्खलामा मुलुकभित्रकै सुरक्षा निकाय मात्र होइन, उच्च तहको राजनीतिक नेतृत्वले पनि प्रत्यक्ष-अप्रत्यक्ष सहयोग/संरक्षण पुर्याइरहेको छ ।

जमीम हत्याभन्दा केहीअघि मात्रै २०६६ माघ ४ मा गृहमन्त्री भीम रावल आन्तरिक सुरक्षाका तीनवटै निकायका तत्कालीन प्रमुखहरु प्रहरीका रमेश चन्द ठकुरी, सशस्त्रका सनत बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका अशोकदेव भट्टलाई साथै लिएर भारत भ्रमणमा गएका थिए । त्यस बेला रावलले आफ्ना भारतीय समकक्षीका साथै भारतीय गुप्तचर संस्था ‘र’ का महफ्वपूर्ण पदाधिकारीसँग पनि भेट गरेका थिए । त्यस क्रममा भारतीय पक्षबाट जमिम, युनुस लगायतको नामै लिएर तिनले जाली नोट तस्करी जस्ता कतिपय भारतविरोधी गतिविधि गरिरहेको बारे ध्यानाकर्षण गराइएको थियो । उनीहरुले भनेका थिए, ‘यदि तपाईंहरु यस्ता गतिविधिको नियन्त्रण र त्यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न सक्नुहुन्न भने हामी आफै गर्छौं । सक्नुहुन्छ त्यसमा सहयोग गर्नुस्, नसके असहयोग नगर्नुस् ।’ त्यसपछिका घटनाक्रमले भारतीय पक्ष आफैँ कारबाहीमा ओर्लिएको देखाएका छन् । तत्कालीन गृहमन्त्री रावल उपर्युक्त तीन वटै सुरक्षा प्रमुखलाई लिएर चीन भ्रमणमा -२०६६ माघ २३-फागुन ३ सम्म) गएका थिए । त्यसैबीच २०६६ माघ २४ मा जमिम मारिए । पूर्वसहमति अनुरुप नै तत्कालीन गृहमन्त्री र सुरक्षा प्रमुखहरुलाई अप्ठ्यारामा नपार्नका लागि यस्तो समय रोजिएकोसमेत कतिपय जानकारको भनाइ छ ।
अर्को संयोग के थियो भने, त्यस बेला मुस्लिम समुदायकै मोहम्मद रिजवान अन्सारी गृह राज्यमन्त्री थिए । तर गृहमन्त्री रावल गृहको कार्यभार उनलाई नभई तत्कालीन रक्षामन्त्री विद्या भण्डारीलाई दिएर भारत भ्रमणमा निक्लेका थिए । घटनाक्रम यसरी विकसित भयो, एक महीना नबित्दै गृह राज्यमन्त्री अन्सारीले राजीनामा दिनुपर्यो । बाहिरी रुपमा गृहमन्त्री रावलसँगको व्यक्तिगत टकरावका कारण गृह राज्यमन्त्री अन्सारीले राजीनामा गर्नुपरेको देखिए पनि त्यसको भित्री कारण भने जमिम हत्यामा उनले दिएको अभिव्यक्ति र प्रदर्शन गरेको व्यवहार प्रमुख कारण थियो । जमिमको हत्यालाई उनले ‘अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आडमा आपराधिक गिरोहबाट गराइएको’ जनाउदै ‘हत्यारा कसको इशारामा परिचालित थिए, छिट्टै सार्वजनिक गर्ने’ बताएका थिए । त्यति मात्र होइन, मुस्लिम समुदायकै हुनुका नाताले उनले जमिमको शवलाई काँधसमेत दिए । यसबाट चिढिएको भारतीय पक्षले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालमाथि गृह राज्यमन्त्री अन्सारीलाई हटाउन दबाव दिएको थियो । प्रधानमन्त्रीले नै राजीनामा मागिसकेपछि अन्सारीसँग अर्को विकल्प थिएन र २०६६ फागुन २६ मा राजीनामा दिए । राजीनामा नदिएको भए प्रधानमन्त्रीले उनलाई बरखास्त गर्ने पक्कापक्की थियो ।यस्ता गम्भीर प्रकृतिका घटनाको छानबीनका लागि गठन गरिएका आयोगप्रति राज्यका तर्फबाटै उदासीन र असहयोगी व्यवहार प्रदर्शित भएको छ ।सरकारले नै गठन गरेको आयोगलाई सरोकारवाला उच्चपदस्थ सरकारी अधिकृतले सहयोग नगरेको भन्दै एउटा जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा यसरी असन्तुष्टि व्यक्त गरेको छ ः
नेपाल सरकारको निर्णय अनुसार गठित आयोगलाई आवश्यक सहयोग पुर्याउने प्रारम्भिक जिम्मेवारी गृह मन्त्रालयको रहेकोमा मन्त्रालयबाट यस आयोगप्रति समुचित ध्यान पुर्याइएन । आयोगका पदाधिकारीहरुले टेलिफोन तथा भेटघाटमार्फत आयोगको अवस्था, कामकारबाहीबारे जानकारी गराउँदा पनि गृह मन्त्रालयबाट गरिएको व्यवहारले सहयोगको सट्टा आयोगलाई पूर्ण रुपमा उपेक्षा गरी मनोवैज्ञानिक रुपमा हतोत्साह पार्ने काम भयो । त्यसै गरी आयोगले सुनसरी जिल्लाको स्थलगत भ्रमणको क्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापालाई जानकारी गराउदा पनि कुनै प्रकारको सहयोग र सम्पर्क भएन, गरिएन ।
आयोगले काम गर्दा गृहमन्त्री विजयकुमार गच्छदार थिए । उपप्रधानमन्त्रीको समेत भूमिकामा रहेका उनको निर्वाचन क्षेत्र सुनसरी हो, जहाँका प्रमुख जिल्ला अधिकारीले सहयोग नगरेको आयोगको गुनासो छ । यसबाट पनि गच्छदारको झुकाव र प्रतिबद्धता कता छ भन्ने सङ्केत मिल्छ । सारमा कुरा के हो भने, राज्य (भारत) प्रायोजित अपराधका शृङ्खलामा मुलुकभित्रकै सुरक्षा निकाय मात्र होइन, उच्च तहको राजनीतिक नेतृत्वले पनि प्रत्यक्ष-अप्रत्यक्ष सहयोग/संरक्षण पुर्याइरहेको छ ।
(अधिकारीको हालै प्रकाशित चक्रब्यूहमा चन्द्र सूर्य पुस्तकको सम्पादित एक अंश)