Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
कस्तो कानून ? गर्भ खेर गएमा महिलालाई जेल

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

 
 दुनियाका कुनै कुनै देशमा निकै विचित्र तथा कठोर कानून हुन्छन् । कतिपय त अमानवीय नै हुन्छन् । मध्य अमेरिकी देश एल साल्भाडोरमा पनि एउटा यस्तै कठोर कानून रहेछ । त्यस देशमा गर्भ खेर गएमा महिलालाई जेल हालिन्छ । महिलाको गर्भ जुनसुकै कारणले खेर गएको भएपनि महिलाले जानीबुझी आफैले गर्भ तुहाएको आरोप लगाएर महिलालाई जेल सजायँ सुनाइने रहेछ । गर्भ तुहिएका महिलालाई भ्रुणहत्याको अभियोग लाग्ने गरेको छ ।

यस्तो अन्यायपूर्ण कानूनको सिकार धेरै महिला भएका छन् । समाचार अनुसार गएको अक्टोबर ३० तारेखमा एक १९ वर्षीया किशोरीले योनीबाट रक्तश्राव भएपछि अस्पतालमा जँचाउन जाँदा चिकित्सकहरुले उनको गर्भ खेर गएको जानकारी दिए । त्यसपछि उनलाई जन्मिनका लागि तयार भैसकेको भ्रुण तुहाएको अभियोग लगाएर मुद्दा दायर गरियो । बिचरा ती किशोरीको गर्भ आफै खेर गएको थियो र उनले अस्पतालमा धेरै दिन उपचार गराउनु पर्यो । तर उनीमाथि भ्रुणहत्याको आरोप लाग्यो र अदालतले उनलाई १० वर्षको सजाय सुनायो । उनले जानीजानी गर्भ तुहाएको फैसला अदालतले गरेको छ ।

स्मरण रहोस् एल साल्भाडोरका अलावा निकारागुवा, चिली, होन्डुरस तथा डोमिनिकन गणतन्त्र यस्ता पाँच देश हुन जहाँ गर्भपात सख्त रुपमा बनदेज छ र गर्भपात गर्ने महिलालाई कडा सजाय हुने गरेको छ । अधिकारकर्मीहरुले भने यस्तो कानूनले महिलाको प्रजनन अधिकारको हनन गरेको भन्दै कानून संसोध गर्न माग गरेका छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!