Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
महिलाका पेन्टी चोर्ने रंगेहात पक्राउ, खल्ती र झोलाभरि पेन्टी नै पेन्टी

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

बेलायतको ब्रिस्टोलमा महिलाका भित्री वस्त्र चोरी गर्ने चोर रंगेहात पक्राउ परेका छन् । ५१ वर्षका कोलिन क्रेग्टनलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो । पक्राउपछि उनको जिउ तलासी लिँदा प्रहरीले उनको कोटको खल्तीभरि पेन्टी फेला पारेको थियो ।

स्थानीय एक अपार्टमेन्टमा रहेको महिलाको कोठामा रातको समयमा टर्च बालेर पुरुष छिरेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे । कोलिनले कोटको खल्तीभरि पेन्टी कोचेर त्यहाँबाट के बाहिर निस्किएका थिए, प्रहरी आएर च्वाप्पै समाइहाले । प्रहरीले उनको कोटको खल्तीबाट मात्र होइन उनले अरु ठाउँबाट चोरेर ल्याएका पेन्टी कोचेर राखेको एक झोला पनि बरामद गर्यो ।

कोलिन विरुद्ध प्रहरीले बि्रस्टोल क्राउन कोर्टमा मुद्दा दायर गरेको छ । अदालतमा बयानका लागि उपस्थित भएका कोलिनले आफ्नो चोरीको कसूरका विषयमा खुलस्त नबताएपछि कुनै यौनिक उद्देश्यका साथ पेन्टी चोरी नगरेको जिकिर गरे ।

समाचार अनुसार त्यो कोठामा बस्ने महिला त्यसदिन आफ्नो अर्को घरमा बस्न गएकी थिइन् । उनले ढोका लगाएको भएपनि झ्याल खुल्लै भएकाले सोही झ्यालबाट ती व्यक्ति पेन्टी चोर्न पसेका रहेछन् ।

अदालतका न्यायाधीशले ती पेन्टी चोरलाई तीन वर्षको निगरानीको फैसला सुनाएका छन् । अब उनले तिन वर्षसम्म कुनै यस्तै कसूर गरेमा कडा सजाय भोग्नुपर्छ । साथै उनले विभिन्न खाले यौन हिंसा सम्बन्धि चेतनामूलक कार्यक्रममा पनि अनिवार्य रुपमा सहभागिता जनाउनुपर्नेछ । अदालतमा न्यायाधीशको अगाडि कोलिनले आफु आफ्नो यस्तो कार्यका कारण निकै लज्जित भएको र अब कहिल्यै त्यसो नगर्ने बताए । उता चोरले पेन्टी चोरेपछि अचम्ममा परेकी महिलाले भने आफु यो घटनाबाट निकै डराएको र त्यो मान्छेले चोरीको दिनभन्दा अगाडि पनि आफुलाई रातको समयमा निगरानी गर्ने गरेको हुनसक्ने बताइन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!