Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
एमालेका कुहिएका पात माओवादीको टाउकामाः नेता ओली

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

पाँचथर, ७ जेठ । नेकपा एमालेका प्रभाव शाली नेता केपी शर्मा ओलीले एमालेका पहेला, र बिग्रन लागेका, कुहिएर झर्न लागेका पात झर्न नपाउदै एकिकृत माओवादीले टिपेर टाउकामा राखेर हिडेको बताउनुभएको छ । आठराई क्षेत्रको आमसभालाई सम्वोधन गर्न तेह्रथुमको सक्रान्ति पुगेका ओलीले आज विहान स्थानिय संचारकर्मी सित एमाले छोडेर गएका स्थायि कमिटि सदस्य राम चन्द्र झा र उर्मिला अर्याल प्रति सकेत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता ओलीले अहिले जस्तो जनतालाई थर्काएर हिडने रणनिति लिए एकिकृत माओवादीको हालत राजा ज्ञानेन्द्रको जस्तो हुने चेतावनी दिनुभयो । उहाँले वोलेको अधिकाश समय एकिकृत नेकपा माओवादीको विरोधमा खर्चदै उनले कडा रुपमा खोई प्रचन्ड पथ, खोई महान जनयुद्ध, खोई जन मुक्तिसेना भन्दै माओवादीले गरेको क्रान्ति प्रचन्डको प्रधानमन्त्री हुने कसरत र बाबुरामको प्रधानमन्त्री हुने कसरत मात्र भएको वताएका छन । उनले एकिकृत माओवादी तन्त्र, मन्त्र नभएको थोत्रो यन्त्र मात्र भएको उल्लेख गर्नुभयो ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

1 comments

यदि तपाईहरु आदिवाशी-जनजाती जो कोहिले पनि आ-आफ्नो ऐतिहासिक पहिचान सहितको संघियता, आत्मनिर्णय तथा स्वायतताको आधारमा संघिय संबिधान र सबैधानिक राज्य प्रशासनको समतामुलक विकेन्द्रीकरण संरचनाको व्यवस्था चाहनु भएको छ भने यो नेपाली कांग्रेस र एमाले जस्ता पार्टीहरुको पछी लागेर आश र भर पर्ने काम चाडो छाडे हुन्छ / किन भने बागमतीको नदीमा धेरै पानी बगिसक्यो तर नेपाली कांग्रेस र एमाले पार्टीको एकात्मक जातीय वाहुनवादी मानसिक चिन्तन प्रविर्धि भएको नेताहरुको दिमाग कहिले बिकाश र परिवर्तन भएन त्यस कारण उनीहरु पुरानो आफ्नो एकल जातीयवादी एकाधिकारको राज्य सत्ता र पुरानै सर्व-सत्तावादको कानून जतिसक्दो यथास्थितीमा कायम राख्न चाहन्छन / हाम्रो देशको पिछडिएको, हेपिएको,अन्याय तथा शोसन र दमन गरिएको वर्ग, जात, लिंग, महिला, दलितहरु छन् तिनीहरुको हक-अधिकारहरुको सम्बोधन र सुनिश्चित गर्न त कहाँ हो कहाँ बरु उल्टै कांग्रेस र एमाले पार्टीका शिर्स नेताहरुले आदिवाशी-जनजातीहरुलाई गलत राजनीतिक शिक्षा दिएर भ्रम सिर्जना गरिरहेका छ / किन भने त्यहाका आदिवाशी-जनजाती कार्यकर्ताहरु संघियता,गणतन्त्र,समावेशी,लोकतन्त्र,पहिचान,आत्मनिर्णयको अधिकार, स्वायत्तताको आधारमा संघिय संबिधान र सबैधानिक राज्य प्रशासन समतामुलक विकेन्द्रीकरण संरचनाको व्यवस्थाहरुको बारेमा जान्न र बुझ्न चाहनेहरुको धेरै संख्या कार्यकर्ताहरु छन् / तिनीहरुलाई अलमल-दोधारमा परिरहेका छन् / त्यसकारण यस्तो पाखण्डीहरुको समुह भएको कांग्रेस र एमाले पार्टीमा टासिएर बस्नुको कुनै औचित्य र फाइदा छैन / त्यसैले समयमै सोचा-बिचार गरेर पार्टी परित्याग गर्नु उचित हुने देखिएको छ / नत्र भने पछी पछुताउनु पर्ने समय अवस्य आउनेछ किन भने अहिले कांग्रेस र एमाले पार्टीले भन्ने गरेको संघियता त् यो आगामी आउदो निर्वाचनको लागि झोजा हामी जनताहरुलाई मागिखाने र धाटने - झुक्याउने राजनीतिक नारा मात्र हो ..............त्यसैले साबधान....................!

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!