Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
ब्यायामबिनै तौल घटाउने यस्तो काइदा !

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

पछिल्लो समय बढ्दो मोटोपन धेरैका लागि टाउको दुखाईको विषय बनेको छ । व्यस्तताले जिम जाने वा नियमित व्यायाम गर्ने समय पनि मिलाउन हम्मेहम्मे हुन्छ । तर, अब चिन्ता नलिनुस् ।

अब कार्यालयमा उभिएर काम गर्दा पनि तपाईको वजन घट्ने भएको छ । चेस्टर विश्वविद्यालयका कसर विशेषज्ञ जोन बकलेका अनुसार हरेक दिन तीन घण्टा उभिएर काम गर्दा प्रतिवर्ष ३.६ किलोग्राम वजन घट्छ ।

दिनभर अपिसमा बसेर काम गर्नेहरुले आफ्नो कुर्सीलाई थन्याएर उभिएर काम गर्नु पर्ने उनको भनाई छ । उनका अनुसार ३ घण्टा उभिएर काम गर्दा शरीरबाट १ सय ४४ क्यालारी कम हुन्छ ।

उनी आफैं पनि यस्तो मेचको प्रयोग गर्छन्, जसमा उभिएर काम गर्न सक्छन् । उनी भन्छन्, यति लामो समयसम्म बस्न आवश्यक छैन् ।

चर्चित लेखक अर्नेस्ट हेमिङग्वे उभिएर लेख्न माहिर थिए । उनले सन् १९५० मा एक पत्रमा लेखेका थिए, लेख्दा वा यात्रा गर्दा तपाईको मोटोपन बढ्छ, दिमाग हैन । मलाई उभिएर लेख्न मनपर्छ ।’ अर्का लेखक भ्यादिमिर नाबोकोव पनि उभिएर लेख्न रुचाउँथे ।

पछिल्लो रिपोर्टहरुका अनुसार कार्यालयमा लामो समयसम्म बसेर काम गर्ने तथा आवश्यकताभन्दा बढी आराम गर्नेहरुमा स्वास्थ्यसवन्धी समस्या बढ्छ । लामो समयसम्म बसेर काम गर्दा मधुमेहको खतरा बढ्छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!