Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
यसरी हँसाए युएईमा धुर्मुश र सुन्तलीले (फोटो फिचरसहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


अबुधाबी । तमु जातिको महानर्पव सप्री ल्होसार तमु समाज युएइले भव्यताका साथ मनाएको छ । शुक्रवार अबुधावीस्थित इन्डियन इस्लामिक सेन्टरमा जातीय पोशाक , जातीय झाक्री तथा जातीय संस्कृतिक पहिचान दर्शाउने कार्यक्रम आयोजना गरी मनाएको हो ।  कार्यक्रममा तमु जातिको पहिचानको रुपमा रहेको जातीय  झाक्री , सोरठी तथा तमु जातीय नृत्य, भेषभुषा प्रतियोगिता एबम् सप्रर्बगमा प्रवेश गरेका तमुहरुलाई धर्म गुरु खुसिलाल गुरुङले र्धामिक परम्परा अनुशार आर्शिबाद दिएर नेपाली तमु जतिको धार्मिक, जातीय, साँस्कृतिक पराम्परा अनुशारको कार्यक्रम गरिएको आयोजकले बताएको छ ।

तमु जातिको महानर्पव तमु ल्होसार पौष १५ गते मनाउने परम्परा भएपनि बिदेशी भूमिमा समय अनुकुलता कारण पौष २७ गते मनाइएको कार्यक्रममा राष्टिय कलाकारहरु नेपालि हास्य ब्यंग दम्पति जोडी सिताराम कटेल र कुन्झना घिमिरे , नृत्य निर्देशक धर्मराज गुरुङ तथा चर्चित नृत्यगना पूणिर्मा श्रेष्ठको साथमा स्थानीय नेपाली कलाकारहरुको धमाका प्रस्तुतिले हलमा खचाखच दर्शकले सप्ह्री ल्होसार २०१३ बिशेष मनोरन्जन लिएका थिए ।

तमु सप्ह्री ल्होसार बिशेष कार्यक्रमको प्रमुख अतिथि युएईका लागि नेपाली दूताबासका महामहिम राजदूत धनञ्जय झाले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे पछि तमु कलाकारहरुले सुभकामना आयो ल्होसार…… स्वागत गीत र्माफत सांगीतिक कार्यक्रम आरम्भ गरे । तमु संगित र्माफत कलाकार दम्पति अमृत तथा पवित्र तमुले स्वागत नित्य गरिएको कार्यक्रममा अधिकांस स्थानीय कलाकारले तमु गीत संगीतमा आफ्नु प्रस्तुती देखाएका थिए ।अतिथि कलाकार धर्मराज गुरुङ तथा पूणिर्मा श्रेष्ठले कौडा नृत्य, लोकनृत्य, तमु संस्कृतिक युगल आधा र्दजन गीतमा आफ्नु प्रस्तुती देखाएर युएईका दर्शकलाई सांगीतिक आनन्द दिए ।

हास्य टेलि श्रृंखला मेरी बास्सैका कलाकार सिताराम कटेल र कुन्झना घिमिरेले चर्चित पात्र धुर्मुश-सुन्तलीको भूमिकामा समय सामाहिक देशको राजनीति, शान्ति, संबिधान, नेता विकृतिलाई प्रहसन सच्चा नागरिक मार्फत चोटिलो व्यंग्य गरेका थिए ।गुन्झमान गुरुङ ,पवित्र गुरुङ र प्रकृति गुरुङको संचालनमा भएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष डिआर गुरुङको गरेका थिए । online khabar

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!