Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
मोटेलाई जहाजमा आपत्, दुइ सिटको टिकट काट्दा पनि सुख भएन

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

बेलायतको लण्डनमा एक मोटे मानिसलाई आफ्नो मोटाइको कारण हवाइजहाजमा दुइवटा सिटका लागि टिकट काट्नुपर्यो । तर विचरा ती मोटेलाई दुइ टिकट काटेपनि सुख भएन ।

उनले दुइ सिटका लागि टिकट त काटे तर ती दुइ सिट बेग्लाबेग्लै स्थानका थिए । उनलाई एकै ठाउँका दुइ सिट चाहिनेमा अगाडि र पछाडिका दुइ टिकट परेपछि उनको पैसा सित्तैमा गयो नै उनको यात्रा पनि निकै कष्टप्रद भयो ।

समाचार अनुसार लेस प्राइस नामका ती व्यक्तिको वजन २३५ किलो थियो । लेसका अनुसार उनले जुन वायुसेवाको जहाजमा यात्रा गरे त्यसमा एक टिकटमा यात्रा गर्ने मान्छेको अधिकतम तौल १२७ किलो हुनुपर्ने नियम थियो । उनको तौल त्यसभन्दा निकै बढि रहेकाले उनले दुइवटा टिकट काट्नुपर्यो । उनले दुइवटा टिकट काटे । तर दुर्भाग्यवस टिकट काउन्टरबाट उनलाई अगाडि र पछाडिका गरि २ वटा सिटका टिकट दिइयो ।

आफुलाई दुइवटा टिकट काट्नुपरेको नभै दुइ अलग अलग सिटका टिकट काटिदिएकोमा दुख लागेको उनको भनाइ छ । उनको एउटा सिट १७ नम्बरको थियो भने अर्को १९ नम्बरको । लण्डनबाट आयरल्याण्ड जाँदा र आयरल्याण्डबाट आफ्नो घर लण्डन फर्किँदा दुबैचोटी उनलाई फरक फरक सिटको टिकट काटिएको उनको भनाइ छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!