Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
यू-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


सेमिफाइनलमा युएईसँग ७६ रनले पराजित
२७ वैशाख, काठमाडौं । नेपाल एसीसी यू-१९ एलिट कपको सेमिफाइनलबाटै बाहिरिएको छ । यससँगै नेपालको यू-१९ विश्वकप खेल्ने सम्भावना सकिएको छ ।

आयोजकको हैसियतमा युएईले विश्वकप खेल्ने भएकाले फाइनलमा पुगेसँगै अफगानिस्तानले अर्को वर्ष हुने आइसिसी यु १९ विश्वकप क्रिकेट खेल्न पाउने भएको छ । नेपालले भने अब तेस्रो स्थानका लागि मलेशियासँग खेल्नेछ ।

शुक्रबार मलेशियामा भएको सेमिफाइनलमा नेपाल युएईसँग ७६ रनले पराजित भयो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेपनि सेमिफाइनलमा युएईसविरुद्ध व्याटिङ र बलिङ दुबै नचल्दा नेपालको विश्पकप खेल्ने सपना अधुरै रहृयो ।

युएईले प्रस्तुत गरेको २ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि हरिशंकर साहले ५२ र कप्तान भुवन कार्कीले ४१ रन जोड्नु बाहेक अन्य व्याट्सम्यान चलेनन् ।

निर्मल थापाले २३, अभिनाश कर्णले १९ र अमित श्रेष्ठले १२ रन जोड्दा पवन श्रेष्ठ, ८, प्रेम तामाङ ६, सुसान्त भारी ४, योग्यमान कुमाल ४ र विभत्सु थापा ३ रनमा आउट भए । ओपनर निश्चल पाण्डे पहिलो विकेटका रुपमा शुन्य रनमै पेभेलियन फर्किएका थिए । नेपाललाई सस्तैमा समेट्ने क्रममा डन डिसुजाले ४ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७१ रन बनाएको थियो । ३२ रन जोड्दा ३ विकेट गुमाइसकेको उसको पारी मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए ।

शोराइ चोपडा र डन डिसुजाले चौथो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरे । चोपरा १ सय १४ रनमा आृउट भए भने डिसुजाले ५८ रन बनाए । नेपालका अभिनाश कर्णले ३ विकेट लिए ।

अर्को सेमिफाइनलमा अफगानिस्तानले मलेशियालाई १ सय ४० रनले पराजित गरेको छ । ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३३ रन बनाएको अफगानिस्तानले मलेसियालाई मात्र ९३ रनमा अलआउट गरेको थियो ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!