Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
आइमाइ देख्नै नहुने पनि सरकारी लेखापाल

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

रोल्पा। अध्यागमन विभागका कर्मचारीहरू युवती लुटपाट र बलात्कारमा काण्डमा मुछिएको घटना सेलाउन नपाउँदै रोल्पामा ठ्याक्कै त्यस्तै घटना घटेको छ। जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत लेखापाल पदमप्रसाद शाहीले होटेल सञ्चालिका रमिता घर्तीलाई यौनजन्य आपत्तिजनक क्रियाकलाप गरेको भन्दै स्थानीय होटेल

व्यवसायी संघले कारबाहीको माग गरपछि यो घटना बाहिर आएको हो। संघले सोमबार लिवाङ्गमा पत्रकार सम्मेलन गरेर लेखापाल शाहीको गलत क्रियाकलापको विरोध गर्दै कारबाहीको माग गरेको छ। ‘म जनताको सेवक हुँ,’ लेखापाल शाहीलाई उदृत गर्दै रमिताले भनिन्, ‘जे गरे पनि सबैले सहनु पर्छ भन्दै मलाई हातपात र यौन दुर्व्यवहार गरे।’ मदिराले मस्त मातेपछि लेखापाल शाहीले रमितालाई यौन दुर्व्यबहार गरेको संघको आरोप छ। रमिताले सदरमुकाम लिवाङ्गमा नास्ताको होटल व्यवसाय गर्दै आएकी छन्। शाही पनि विगत दुई वर्षदेखि जिल्ला प्रशासन कार्यालय रोल्पामा कार्यरत छन्। ‘मेरो श्रीमान तथा ससुरा बासँगै हुनुहुन्थ्यो,’ रमिताले भनिन्, ‘साँझ लोडसेडिङ भएका बेलामा मैनबत्ती निभाएर लेखापालले मलाई समाते। गुप्ताङ्गमा पनि समाते।’ ‘लेखापालले मेरो सुरुवाल तानिदिए,’ उनले भनिन्, ‘मैले नगर्नुस् सर भन्दा मानेन्, म प्रशासनमा काम गर्ने मान्छे। मैले जे गरे पनि हुन्छ।’ लेखापाल शाहीले रमितालाई जबर्जस्ती यौनदुर्व्यबहार गरे लगत्तै कसैलाई नभन्न धम्की दिएको पीडितको भनाई छ। लेखापाल शाहीले यस अघि पनि पटक/पटक मदिरा सेवन गरेर श्रीमानकै अगाडि यौनदुर्व्यवहार गर्ने गरेको आरोप रमिताको छ। लेखापाल शाहीले मादक पदार्थ सेवन गरेर आइतवार साँझ पनि आफूले खाना खाँदै आएको चतुर्भुज होटलकी मालिक्नीलाई पनि यौनदुर्व्यवहार गरेका थिए। संघका अध्यक्ष हरिबहादुर घर्तीले घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाहीको माग गरे। ‘यौन दुर्व्यबहार गर्ने लेखापाल शाहीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्छौं,’ उनले भने। लेखापाल शाहीलाई स्थानीय होटल व्यवसायीले लगाएको आरोपका सम्बन्धमा रोल्पा प्रशासनले केही प्रतिकृया दिएको छैन।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!