Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
साउदीमा १७ नेपाली चेलीको बिचल्ली, मालिकले गरे शारीरिक शोषण

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

२ जेठ, ०७०  वैदेशिक रोजगारीका लागि साउदी अरेयिबा पुर्‍याइएका १७ जना नेपाली चेली घरमालिकको चरम शारीरिक शोषण तथा मानसिक यातना सहन नसकेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।

दूतावासका द्वितीय सचिव सागरप्रसाद फुँयालले पत्र पठाएकै दिन परराष्ट्रले पनि गृह मन्त्रालयलाई उक्त गैरकानुनी गतिविधिमा संलग्न भएका दलाललाई पक्राउ गरी कारबाही गर्न अनुरोध गरी कारबाही गर्न अनुरोध गरेको छ । परराष्ट्रका नायब महापाल हेमलाल शर्मा भट्टराईले गृहलाई लेखेको पत्रको बोधार्थ श्रम तथा रोजगार मन्त्रालयलाई पनि दिइएको छ ।
साउदीस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा रोजगारीका लागि भन्दै लगिएका ती चेली घरमालिकको कठोर यातना र चरम शारीरिक शोषणमा परेका हुन् । दूतावासले मन्त्रालयलाई गत वैशाख २६ गते ती चेलीको नाम, ठेगाना, विवरण, उनीहरुलाई साउदी पुर्‍याउने म्यानपावर कम्पनीका दलाल र सम्पर्क फोन नम्बर उल्लेख गरी कारबाहीका लागि फ्याक्समार्फत पत्र पठाएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!