Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बलात्कार रोक्ने ब्रा भारतमा बन्यो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


पछिल्ला दिनमा बलात्कारका घटना बढ्दो छ । नेपाल मात्र हैन, भारतदेखि ब्राजिलसम्म पनि यस्ता घटना भएको समाचार सर्बजनिक हुँदै आएको छ ।

यसका साथै त्यसमा जीपीएस सिस्टम छ, जसले यौन उत्पीडनको शिकार हुने महिलाको परिवार र प्रहरीलाई स्वतः फोन जान्छ । यो बस्त्रको पहिलो नमुना तयार भइसकेको छ ।
यसलाई ध्यानमा राख्दै भारतको चेन्नईका तीन इन्जिनियर छात्राले महिलालाई यौन उत्पीडनबाट बचाउने भित्री बस्त्र बनाएका छन् । यो लागाउने महिलाको अंगलाई छुँदा ३८०० किलोवाटको करेन्ट लाग्नेछ, तर, यसले ज्यान भने लिँदैन ।

चेन्नईको एसआरएम यूनिभर्सिटीका मनीषा मोहन, रिम्प त्रिपाठी र निलाद्री बसुले यसलाई बनाएका हुन् । उसका लागि उनीहरु गान्धियन योङ अवार्डका लागि समेत छानिएका छन् ।

मनीषाका अनुसार यस एन्टी रेप अण्डर गान्र्मेन्टमा एक प्रेशर सेन्सरलाई इलेक्टि्रक सर्किटलाई मिलाएर प्रयोग गरिएको छ, जसले करेन्ट निकाल्नेछ । अधिकांश बलात्कारका घटनामा महिलामाथि यौन उत्पीडनको सुरुवात उनीहरुको यौनअंग दबाएर हुने गरेको पाइन्छ । यो भित्री बस्त्रमा रहेको प्रेसर सीटमा सीमाभन्दा बढी प्रेशर भएपछि करेन्ट पैदा हुनेछ भने परिवारका सदस्य र पुलिसलाई फोन जान्छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!