Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
कोइरालाको साटो पाण्डेलाई प्रधानमन्त्रीमा प्रस्ताव

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

१५ पुस, काठमाडौं । नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालाको नाम सेलाउन थालेपछि अब नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेलाई प्रधानमन्त्री बनाउने चर्चा शुरु भएको छ ।
प्रधानमन्त्रीका लागि दलहरुवीच सहमति नभएपछि स्वतन्त्र व्यक्तिलाई चुनाबी सरकारको नेतृत्व दिनेबारे सत्तारुढ एमाओवादीका नेता एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै तर्फबाट पहलकदमी शुरु भएको हो । यसैक्रममा शनिबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशालनगर पुगेर डा. पाण्डेसँग कुराकानी गर्नुभएको छ ।
डा. पाण्डेलाई जिम्मेवारी लिन प्रधानमन्त्री भट्टराईले मनाइसकेको र यसबारे एमाओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल भइसकेको स्रोतको दाबी छ ।
०६२/०६३ को आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएका गणतन्त्रवादी डा. पाण्डे ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री हुनहुन्थ्यो ।
यसैवीच शनिबार बिहान एमाले अध्यक्ष झलनाथ खनालको डल्लुस्थित निवासमा पुगेर नागरिक अगुवा दमननाथ ढुंगाना र पद्मरत्न तुलाधरले ४५ मीनेट कुराकानी गर्नुभएको छ ।
सत्तारुढ गठबन्धनको केही दिनअघि सम्पन्न बैठकले बाबुरामको नेतृत्वमा सहमति नभए गठबन्धनभित्रैबाट विकल्प खोज्ने र त्यो पनि नभए स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनाबी सरकार बनाई निर्वाचनमा जाने निर्णय गरेको थियो ।
उता, राष्ट्रपतिका कानूनी सल्लाहकार सूर्य ढुंगेलले शनिबार साँझ अनलाइनखबरसँगको कुराकानीका क्रममा दलहरुवीच सहमति नभए स्वतन्त्र व्यक्तिको तेस्रो विकल्पमा पनि छलफल हुनसक्ने बताउनुभएको थियो । ‘दलहरुबीच पनि तेस्रो विकल्प, प्रधानन्यायाधीश लगायतबारे छलफल भइरहेको छ’- ढुंगेलको भनाइ थियो ।                                                                                                 -online khabar

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!