Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
कुकुरले नहेर्ने सिनेमा भनेपछि ऋतिकले पुछेनन् सलमानलाई

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

नायक सलमान खानले संचालन गर्दै आएको रियालिटी शो ‘बीग बोस’ अहिले सर्वाधिक चर्चामा छ । आफ्नो चलचित्रको प्रचारका लागि बलिउडका कलाकारहरु सलमानको यो शोको साहारा पनि लिइरहेका छन् । तर चलचित्र ‘क्रिस ३’ का नायक ऋतिक रोशनले भने सलमानको यो शोलाई वेवास्ता गरेका छन् । उनले ‘बीग बोस’लाई पाखा लगाउँदै कपिल शर्माले संचालन गरिरहेको कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’लाई महत्व दिएका छन् । हालै मात्र यो शोको छायांकन गरिएको छ । जहाँ ऋतिकले खुलेरै मस्ती गरेका थिए । ऋतिक रोशनले सलमान खानलाई महत्व नदिनुको कारण उनीहरु बिचको दुश्मनी हो ।

चलचित्र ‘गुजारिश’ प्रदर्शनको समयमा नायक सलमान खानले कुकुरले पनि हेर्दैन यो सिनेमा भनेर प्रतिक्रिया दिएपछि यसले व्यापक चर्चा पाएको थियो । सलमानको यो प्रतिक्रिया पश्चात चलचित्रका नायक ऋतिक रोशनको पारो चढेको थियो । यसपश्चात उनको र सलमान खान बिचको सम्बन्धमा लगभग विश्राम लागेको थियो ।

उनीहरु बिच आज पनि बोलचाल छैन । यसैले पनि ऋतिकले सलमानको चर्चित रियालिटी शो ‘बीग बोस’मा जाने ईच्छा नगरेका हुन् । तर यो शोमा चलचित्रका दुई नायिका कंगना रनावत र पि्रयंका चोपडमा भने पुगेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/10/130210/#sthash.Kil1UvET.dpuf
२०७० कार्तिक ६ गते १३:२९ मा प्रकाशित
 3196  1
 0

चलचित्रको पर्दामा खासै सफल हुन नसकेपछि बलिउड नायिका मल्लिका शेरावत यतिबेला टेलिभिजनमा खुम्चिएकी छिन् । उनले टेलिभिजन शो मार्फत नै आफ्नो लागि जीवनसाथी खोजिरहेकी छिन् । उनी ‘द ब्याचलर इन्डिया’ नाम शो संचालन गरेरै जीवनसाथी खोज्नमा व्यस्त छिन् । यो शोमा भारत तथा अन्य देशहरुबाट युवाहरु आएका छन् । मल्लिकाको मन जित्नका लागि उनीहरुले कुनै कसर बाँकी राखेका छैनन् ।mallika-sherawatतर मल्लिकाको यो शोले खासै दर्शक भने बटुल्न सकेको छैन । तर विभिन्न खालका विवादका कारण शो चर्चामा छ । हालै मात्र एक प्रतिस्पर्धीले मल्लिकालाई ‘वेश्या’ भनेपछि शोको सेटमा हंगामा भएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । आफ्नो हुनेवाला जीवनसाथी मल्लिकाको बारेमा केही भन्न आग्रह गर्दा एक प्रतिस्पर्धीले ‘वेश्या’ जस्तो लाग्ने बताएका थिए ।

यो कुरा सुन्न साथ मल्लिकाले छायांकन सेट नै छोडेकी थिइन् । कुरा निक्कै विवादित बनेपछि शो प्रशारण गर्दै आएको च्यानलले नै हस्तक्षेप गरेको थियो । मल्लिकालाई मनाउन ३ दिन लागेको बताइन्छ । मल्लिकालाई यस्तो प्रतिक्रिया दिने प्रतियोगिलाई शोबाट हटाइएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!