Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
अब कुकुरलाई छुट्टी, मुसाले गर्नेछ अपराध अनुसन्धान

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

आपराधिक क्रियाकलापको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको हुन्छ । तर अब यस्ता तालिम प्राप्त कुकुरको विकल्प खडा भएको छ । वास्तवमा यी कुकुरलाई अब मुसाले विस्थापन गर्नेछन् ।

नेदरल्याण्डका वैज्ञानिकहरुले यस्ता तालिमप्राप्त मुसाको जमात तयार गरेका छन् जसले अपराध अनुसन्धानमा सहयोग पूराउन सक्छन् ।

यी मुसाहरुले गन्ध सुँघेर सम्बन्धित घटनाको विषयमा दशी फेला पार्न मद्दत गर्नेछन् जसका कारण अनुसन्धान अधिकारीहरु अपराधीको नजिक पुग्न सकून । यी पाँच थान जासूस मुसाको नाम म्याग्नम राखिएको छ । यी मुसाले एक प्रयोगशालामा आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । गोलाबारी भएको स्थानमा यी मुसालाई छाडेपछि यी मुसाले यो कुरा पत्ता लगाउनेछन् की आखिर बन्दुक कसले पड्काएको थियो र अहिले को सँग बन्दुक छ ?

यी तालिम प्राप्त मुसाले निकै राम्रोसँग यस्ता बन्दुकधारीलाई फेला पार्न सफल भएको र मुसाको त्यो तागत तालीमप्राप्त कुकुरको भन्दा बढि रहेको मुसाका प्रशिक्षक मनिक ह्यामसलेग बताउँछन् । मुसालाई कुकुरलाई जति तालिम दिनु नपर्ने र १० दिनमै पोख्त बनाउन सकिने उनको भनाइ छ । मुसाको त्यो क्षमता देखेर प्रहरी अधिकारीहरु पनि आश्चर्यमा परेका छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!