Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
अब गाई दुने पनि रोबट !!

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

अब किसानहरुले गाइले दुध दिएन भनेर चिन्ता मान्नुपर्ने छैन । गाइको दुध कल्चौँडाबाट कसरी झार्ने होला भनेर टाउको दुखाउनुपर्ने पनि छैन । अब गाइको थुनबाट दुध आफै झर्नेछ र गाइले दुध दिन कुनै आनाकानी गर्नेछैन ।

हो, नेदरल्याण्डको एक कम्पनीले यस्तो रोबोटको विकाश गरेको छ जसले गाइको थुनबाट सजिलै दुध झार्नेछ । तर मान्छेले लगाएर रोबोटले दुध दुहुने भने हैन, गाइको थुनबाट आफै दुध झर्नेछ । अनि रोबोट प्रयोग गरेर कसरी दुध झार्ने भन्ने कुरा मान्छेले भन्दा गाइले छिटो सिक्ने दाबी कम्पनीको रहेको छ ।

एस्ट्रोनट फोर नामको उक्त क्रान्तिकारी रोबोटको निर्माण कृषि र्फम लेलीले गरेको हो । यो रोबोट सामान्य किसानले पनि प्रयोग गर्न सक्ने निर्माताको दाबी रहेको छ ।

यो रोबोटले यस्तो सिद्धान्तमा काम गर्नेछ की गाइको दुध थुनबाट झार्ने कुरा मानिस वा रोबोट नियन्त्रण गर्ने नभै गाइ आफैले गर्नेछ । यो रोबोट प्रणालीलाई गाइले सजिलैसँग प्रयोग गर्नेछ । आइ फ्लो नामक पद्धति यसमा प्रयोग गरिएको छ । यस अन्तरगत गाइ सिधा भित्र र बाहिर हिड्नेछ, न की यताउति तथा पछाडि फर्किने । यो पद्धतिले उक्त रोबोटको प्रयोग कसरी गर्ने भन्ने कुरा गाइलाई सिकाउँछ साथै गाइमा तनाव घटाउँछ ।

यो प्रणाली अन्तरगत गाइ आफै स्वचालित दुध दुहिने स्टेशनमा जान्छ, उक्त रोबोटिक मिल्क स्टेशनमा गाइको दुध आफै दुहिन्छ र गाइले मन लागेको खानेकुरा खान पनि पाउँछ । हुनत गाइको थुनबाट आफै दुध झर्ने भने होइन । दुध दुहिनका लागि रोबोटिक मेसिन प्रयोग गरिएको हुन्छ । त्यसबाट गाइको थुनमा नलीसँग जोडिएका कप स्वचालित रुपमा जडान हुन्छन् । त्यसपछि गाइको थुनबाट झरेको दुध भाँडोमा संकलन हुन्छ । गाइको कल्चौँडामा दुध सकिएपछि ती कप आफै फुस्किन्छन् अनि गाइ पनि आफै त्यहाँबाट निस्केर बाहिर आउँछ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!