Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
यौनकर्मीहरू प्रेमी बनेर धन्दा चलाउँदै फसाउने क्रम बढ्दो…..

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

तपाईँ पुरूष हुनुहुन्छ र प्रेमको बहानामा एक भन्दा बढी महिलासँग यौनसम्पर्क राखिरहनु भएको छ, नठान्नुस् मैले मात्र प्रेमिकालाई ढाँटिरहेको छु। कहिले सापटी र सपिङ्गको बहानामा आर्थिक फाइदा लिइरहने त्यस्ता महिला यौनकर्मी पनि हुनसक्छिन्। स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रले गरेको सर्वेक्षणले थुपै यूवती एवं अधवैसे महिला एकभन्दा बढी पुरूषसँग प्रेमीकाको रूपमा यौन व्यवसाय चलाइरहेका छन्। ‘अधिकांश यौनकर्मीहरू कुनै हिसाबले नजिकिन्छन् र यौन साथी बन्छन् र विभिन्न बहानामा पैसा लिन्छन्,’ केन्द्रका निर्देशक डा.कृष्णकुमार राईले भने। प्रहरीले सक्रियता देखाउने नाममा यौनकर्मीका अखडामा छापा मार्ने र आर्थिक र शारीरिक शोषण गर्ने भएपछि उनी आफूलाई नाम चलेका अफिसा स्टाफ एवं कुनै कलेजको विद्यार्थी भन्छन्। ‘यौन पेशा गरेको भन्न आधारमा मात्रै होइन्, कण्डम बोकेको भरमा समेत प्रहरीले समात्ने गर्छ ‘ राई भन्छन्।

राईका अनुसार यौन रोग नियन्त्रणका दृष्टिले यौनकर्म नियन्त्रण गर्न प्रहरीको यो प्रयासले नकारात्मक असर पारिरहेका छ। ‘एचआइभी तथा यौन रोग नियन्त्रणका लागि स्वास्थ्य मातहतका निकाय निशुल्क कण्डम बाँड्छन्’ राई भन्छन्, ‘त्यही कण्डम बोकेको आधारमा प्रहरी समात्छ, त्यसैले अधिकांश यौनकर्मीले यो बाटो रोजेका हुन्।’ यौनकर्मीका क्षेत्रमा काम गर्ने संस्था जागृतिकी कार्यक्रम व्यवस्थापक श्रुति कार्कीका अनुसार यौनकर्मी महिलाले पहिचान खुलाएमा धेरै दुःख पाउने भएकोले पनि उनीहरू छलछाम गर्न हैन कतिपय धेरै अवस्थामा असुरक्षित यौनसम्पर्कका लागि वाध्य हुन्छन्। ‘हामीसँग यौनकर्मी दिदी बहिनीहरूले भने अनुसार प्रहरीले लग्यो भने, पैसा नदिइ यौनसम्पर्क पनि राख्छ, भएको पैसा पनि लिन्छ र केही दिन हिरासतमा समेत राख्छन ‘ कार्कीले भनिन्।

निर्देशक राईका सर्वेक्षणका क्रममा यौनकर्मी महिलाले बताएअनुसार प्रहरीले समेत उनीहरूसित कण्डम बिना यौनसम्पर्क राख्छन्। जागृतीको तथ्यांक अनुसार काठमाडौंमा मात्र पचास हजारको हाराहारीमा यौनकर्मी महिला र चार लाख भन्दा बढी यौनकर्मी महिलाका पुरुष ग्राहक छन्। ग्राहकको तुलनामा महिला यौनकर्मीको संख्या न्युन रहेकाले एकजना महिलाले छ सात जना पुरुषसँग यौनसम्पर्क राख्नु पर्ने अवस्था छ। ‘फरक फरक पुरूषसँग जाँदा उनीहरू पहिचान फरक बनेको हुन्छ।’ राईले भने, ‘इमेल, इन्टरनेट, सहरी व्यापारिक केन्द्र, मलको अवधारणाले उनीहरू ग्राहक खोज्न सजिलो भएको छ।

यसरी छद्म परिचय बोकेका महिलाले प्रेमको नाटक गरेरै व्यापार गरिरहेका हुन्छन्। यस्ता महिलाले एक हप्तामा ४० जनासँगसम्म यौन सम्पर्क राख्ने गरेको पाइएको राइले बताए। उनीहरूको जीवनशैली समेत हाइफाई हुने गरेको विज्ञहरू बताउँछन्। ‘अधिकांश यौनकर्मीलाई विना कण्डम यौनसम्पर्क राख्न हुदैन् भन्ने कुरा राम्ररी थाहा छ ‘ तर पहिचान खुलाउँन र म यौनकर्मी हुँ भन्न सक्दैनन्।’ राई कानूनी रूपमा खुल्ला नगरेपनि सार्वजनिक ठाउँमा समाजिक व्यवस्था नविगारेसम्म प्रहरी मौन बस्नुपर्छ। बोकेर हिड्न नपाइने भएपछि भनेको समयमा उपलब्धता नहुने र जसले गर्दा असुक्षित यौनसम्पर्क गर्नुपरेको सर्वेक्षण्का क्रममा यौनकर्मीहरूले बताउँने गरेका छन्। सर्वेक्षणले पहिचान खुलाएर हिड्ने यौनकर्मी महिलाका अनुसार कण्डम लगाउँन नमान्नेमा अधवैशे अधिक रहेको समेत देखाएको छ। सर्वेक्षणले काठमाडौका ५१ प्रतिशत यौनकर्मी महिलाले मात्रै यौनसम्पर्कको समयमा कण्डम लगाउँने गरेको देखाएको छ।

जनस्वास्थ्यको सिद्धान्त अनुसार स्वास्थ्य समस्य समाधानका लागि यौन रोग नियन्त्रणको लागि यौन व्यावसाय व्वस्थित गर्नुको विकल्प नभएको एड्स तथा यौन रोग नियन्त्रण बोर्डका उपाध्यक्ष डा.श्यामसुन्दर मिश्रको भनाई छ। द्धन्द्ध, सहरी बेरोजगारी, लैहलैइ जस्ता कारणले यौन व्यावसाय बढीरहेको छ। ‘थाइल्याण्डमा राष्ट्रिय आयको ६ प्रतिशत यौन व्यवसायले ओगट्छ ।’ डा.मिश्रले भने, त्यहाँ यौनकर्मी हो र कण्डम बोक्दैन् भने समात्छ हामी बोके समातिन्छ।’ उनले भने। यसले रोग नियन्त्रणमा अवरोध गरेको उनी बताउँछन्। यौन व्यवसायलाई कानूनी मान्यता नपाउदासम्म एचआईभीको संक्रमण नघटने यौनकर्मिहरुको दावी छ।

केन्द्रका अनुसार यौनरोग संक्रमित मध्ये ७५ प्रतिशत भन्दा बढी असुरक्षित यौन सम्पर्कका कारण भएको छ। एचआईभी र एड्सको क्षेत्रमा कार्यरत संस्थाहरुको आकडा अनुसार काठमाडौंमा करिव एक हजारभन्दा बढी महिला यौनकर्मी भारतका बिभिन्न सहरमा यौनपेसामा संलग्न भएर फर्केका हुन्। उनीहरु मध्ये अधिकांश एचआईभी संक्रमित छन। एचआईभी संक्रमित यौनकर्मीसँग उनीहरुले कण्डम लगाएर मात्र सम्पर्क राख्न चाहादाँ चाहादै पनि यस्ता अवरोधले रोगको खतरा बढाइरहेको छ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!