अब भ्यागुताको दाम ३० रुपैयाँ !
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
२७ जेठ, विराटनगर । विराटनगरमा विज्ञान पढाइ हुने क्याम्पसका प्रयोगशाला गत बर्ष भ्यागुतो अभावमा प्रभावित भए । तीन चारजना विद्यार्थीले एउटै भ्यागुतो चिरफार गर्नुपर्यो । नियमअनुसार एक विद्यार्थीले बर्षभरिमा ६ वटा भ्यागुतो अनिवार्य रुपमा चिरफार गर्नुपर्छ । तर विगत केही बर्षयता तराईका जिल्लामा भ्यागुतो अभाव हुन थालेपछि यसको मुल्य आकासिएको छ ।
अब तपाईलाई अचम्म लाग्न सक्छ, पहिले वर्षायाममा आफ्नै आँगनवरिपरि पाइने भ्यागुतोको दाम कति होला ? यस विषयमा तराईका क्याम्पसमा लामो समयदेखि अध्यापन गराउँदै आएका प्राध्यापकको आआफ्नै अनुभव
‘भ्यागुतो नै पाइदैन,’ शिक्षादीप कलेजका प्राध्यापक सोमप्रसाद निरौला भन्छन्, ‘पहिले १० रुपैयाँमा पाइने भ्यागुतोको मूल्य अहिले ३० पुगेको छ ।’ पाँच सय विद्यार्थी विज्ञान विषय अध्ययनरत उक्त कलेजमा एउटै भ्यागुतो तीनचारजनाले चिरफार गरेर परीक्षण गर्नुपर्ने अवस्था छ । धेरै जनाले एउटै भ्यागुतो परीक्षण गर्नुपर्दा अंगप्रत्यंगबारे अध्ययन गर्न गाह्रो परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
विज्ञानशास्त्रका ज्ञाताका अनुसार बढ्दो सहरीकरणसँगै विराटनगरमा भ्यागुतो लोप हुन थालेको छ । पोखरी तथा जलाशय प्लटिङ गरेर बिक्रीवितरण हुन थालेपछि भ्यागुतोको प्राकृतिक वासस्थान विनास हुँदै गएको उनीहरुको बुझाइ छ ।
होला । तर एउटा भ्यागुतोको अधिकतम मूल्य ३० रुपैयाँ पुगेकोमा पनि उनीहरु सबैको सहमति छ ।अब तपाईलाई अचम्म लाग्न सक्छ, पहिले वर्षायाममा आफ्नै आँगनवरिपरि पाइने भ्यागुतोको दाम कति होला ? यस विषयमा तराईका क्याम्पसमा लामो समयदेखि अध्यापन गराउँदै आएका प्राध्यापकको आआफ्नै अनुभव
‘भ्यागुतो नै पाइदैन,’ शिक्षादीप कलेजका प्राध्यापक सोमप्रसाद निरौला भन्छन्, ‘पहिले १० रुपैयाँमा पाइने भ्यागुतोको मूल्य अहिले ३० पुगेको छ ।’ पाँच सय विद्यार्थी विज्ञान विषय अध्ययनरत उक्त कलेजमा एउटै भ्यागुतो तीनचारजनाले चिरफार गरेर परीक्षण गर्नुपर्ने अवस्था छ । धेरै जनाले एउटै भ्यागुतो परीक्षण गर्नुपर्दा अंगप्रत्यंगबारे अध्ययन गर्न गाह्रो परेको विद्यार्थीको गुनासो रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
विज्ञानशास्त्रका ज्ञाताका अनुसार बढ्दो सहरीकरणसँगै विराटनगरमा भ्यागुतो लोप हुन थालेको छ । पोखरी तथा जलाशय प्लटिङ गरेर बिक्रीवितरण हुन थालेपछि भ्यागुतोको प्राकृतिक वासस्थान विनास हुँदै गएको उनीहरुको बुझाइ छ ।
|
|
0 comments
Write Down Your Responses