Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
बिहे गर्न हलो जोत्नै पर्ने ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

ओखलढुंगाको पात्ले २ कात्तिकेकी फुली शेर्पा तीन बर्षदेखि खेत बारीमा हलो जोतिरहकी छिन् । पर्यटकको सहयोगी बनेर पति हिमाल गइरहने हुँदा घर र खेतीपातीको सबै जिम्मेवारी बोकेकी फुली भन्छिन्, ‘हलो जोतिदिने कोही नपाइर्एपछि आफैंले जोत्ने थालेकी हुँ ।’

यो गाउँका अधिकांश पुरुषहरु फुलीका पति जस्तै कमाउन हिमालतिर जान्छन भने जिल्लाका अरु गाविसका युवा पनि विदेश । जसका कारण पुरुषको जिम्मेवारी मानिने घर बाहिरको काम पनि महिलाको काँधमा आएको छ । यो परिवर्तनले यहाँ विवाहका लागि घर बाहिरको काम जानेको केटी खोजिने मान्यता विकास हुँदैछ । फुली भन्छिन, ‘खेतीपाती सम्हाल्न सक्ने केटीलाई केटा पाउन सजिलो छ, केटा विदेश जाने भएपछि हलो जोत्न सक्ने केटी चाहिने नै भयो ।’

आइतबार प्रकाशित हिमाल साप्ताहिकका अनुसार कामकाजी उमेरका पुरुष गाउँमा नहुँदा खेतबारी बाँझो हुने क्रम बढेको छ । जिल्लाको कुल खेतीयोग्य ५९ हजार हेक्टर जमिनमध्ये २५ हजार हेक्टरमा मात्र खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत राजेश्वर सिलवाल बताउँछन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!