Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
'युवतीलाई टाढैबाट हेर्दा मजा’ राजेश दाई ले भनेको

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

उमेर छिप्पिदै गएपनि नायक राजेश हमालको जोश र जागर भने घटेको छैन । अझै पनि चलचित्रमा हमालले आफ्नो चर्चालाई सेलाउन दिएका छैनन् । पछिल्ला केही बर्षयता चलचित्रको पर्दामा हमाल झनै रोमान्टिक देखिन थालेका छन् । राजेश हमालले केही चलचित्रमा उत्तेजक बेडसिन र चुम्बन समेत दिएका छन् । उनै नायक हमाल सोमबार बेलुकी आफैले अभिनय गरेको चलचित्र ‘किन किन’ हेर्दै गर्दाको समयमा भेटिए । चलचित्रमा हमालले नायिका अरुणिमा लामासँग खुलेरै उत्तेजक दृश्य दिएका छन् । सिनेमामा आफ्नै रोमान्टिक दृश्य हेर्दै गर्दा हमाल पनि मुडमा देखिएका थिए । उनले भने, ‘चलचित्रमा मैले अरुणिमा जी सँग उत्तेजक दृश्य दिएको देखिन्छ, तर मैले चुम्बन पनि गरेको छैन ।’युवतीको बिषयमा हमालको वुझाई पनि फेरिन थालेको छ । उसो त मधु भट्टराइसँग प्रेमसम्बन्धमा रहेका हमाल युवतीको बिषयमा फरक मत राख्न थालेका छन् । हमालले भने, ‘वास्तवमा युवतीलाई टाढै बाट हेर्दा मझा आउँछ ।’ आखिर किन यस्तो लाग्यो त उनलाई भने, ‘जुन खालको सुन्दरता र उत्सुकता युवतीलाई हेर्दा हुन्छ, त्यो नजिक भएपछि हराउँछ ।’

त्यसो भए यही वुझाइका कारण अहिलेसम्म बिहे नगर्नु भएको हो त भन्ने अनलाइनखबरको प्रश्नमा हमालले भने, ‘बिहे भनेको त समयले जुराउने कुरा हो । तर मलाई युवतीलाई टाढै बाट हेर्दा रमाइलो लाग्छ’, उनले थपे ।मुडमा देखिएका हमालले पछिल्लो समय आफूले चलचित्रमा केही हट दृश्य दिनुको रहस्य पनि खुलाए । कलाकार भैसकेपछि समय अनुसार चल्नु पर्छ । अहिले दर्शकले पनि चलचित्रमा नायक र नायिकालाई यस्तै रुपमा देख्न चाहन्छन् । उनले आफ्ने भूमिका मात्र परिवर्तन भएको भन्दै पर्दा बाहिरको राजेश हमाल परिवर्तित नभएको खुलाए । केही समयमै भारत भ्रमणमा जान लागेका राजेश हमाललाई आफू झनै जवान हुँदै गएको भान हुन थालेको छ । जवान हुनुको कारणबारे हमालले रमाइलो शैलीमा भने, ‘बल्ल त जवानी चढ्न थालेको छ ।’

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!