Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
दीपिकाको मुक्काले अस्पतालमा भर्ना भए साहरुख

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

बलिउड नायक साहरुख खान अन्ततः आफ्नो काधको अप्रेशनका लागि मुम्बइको लिलाबती अस्पतालमा भर्ना भएका छन् । उनको लिलाबती अस्पतालमा मंगलबार नै काधको सर्जरी गरिने छ । २ महिना अघि बहुप्रतिक्षित चलचित्र ‘चेन्नाई एक्सप्रेस’ को छायांकनको क्रममा साहरुखको काधमा असर परेको थियो । साहरुख ‘रा वन’को छायांकन देखि नै काधको चोटबाट ग्रस्त भएका हुन् । तर ‘चेन्नाई एक्सप्रेस’मा खतरनाक स्टन्ड गर्दा साहरुखको काधमा अझ असर परेको थियो । उनको निजी डाक्टरले पनि अप्रेशन गर्न आग्रह गरेका थिए । तर चलचित्रको छायांकन र आइपिएलका कारण साहरुखले अप्रेशनलाई पछाडी सारेका थिए ।

चलचित्र ‘चेन्नाई एक्सप्रेस’को छायांकनको अन्तिम दिन नायिका दीपिका पादुकोणसँग जिस्किने क्रममा साहरुखको काधमा अझ बढि असर परेको थियो । तर साहरुख आफ्नो सम्पुर्ण काम सकेर मात्र काधको अप्रेशन गर्न तयार भएका हुन् । उनी अब केही दिन लिलातबी अस्पतालमा नै आराम गर्नेछन् । यसपश्चात साहरुखले आफ्नै घरमा एक महिना आराम गर्ने भारतिय संचारमाध्यहरुले जनाएका छन् । आफ्नो पिताको अप्रेशन हुने भएपछि साहरुखका छोरा आर्यन मंगलबार लण्डनबाट मुम्बई आइपुगेका छन् । अहिले लिलावती अस्पतालमा साहरुख पत्नी गौरी, छोरी सुहाना, छोरा आर्यन छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!