Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
रकेट र अन्तरिक्षसम्बन्धी केही चाखलाग्दा कुरा

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


-क) रकेट के हो ?
हुत्याउने विष्फोटक पदार्थ आफैँमा रहेको क्षेप्यास्त्र, अर्थात् अन्तरिक्षमा प्रक्षेपण गरिने यानलाई रकेट भनिन्छ ।

-ख) पहिलो रकेट कसले बनायो ?
करिब १,००० वर्षअघि चिनियाँहरूले पहिलो रकेट बनाए तर तिनीहरू आतसवाजी जस्तामात्रै थिए । गल्पाउडरले चल्ने ती आतसवाजी जस्ता रकेटहरू टोकरीमा राखेर पड्काइन्थ्यो ।

-ग) पहिलो तरल-इन्धनले चल्ने रकेट कहिले
उड्यो ?
सन् १९२६ मा अमेरिकी नागरिक रोबर्ट गोडार्डले ३.५ मिटर लामो रकेट उडाएका थिए । त्यो यान दुईतले घरको उचाइ बराबर मात्रै उड्न सक्ने र ५६ मिटर पर पुगेर ओल्र्यो । उडानको अवधि केबल २.५ सेकेन्ड मात्रै थियो ।

-घ) युद्धका लागि चाहिने रकेट कसले बनायो ?
वेर्नहर भन ब्राउनले ख्द्द नामको रकेट मिसाइल आविष्कार गरेका थिए । जुन जर्मनरहरूले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए । त्यस युद्धपछि ब्राउन अमेरिकन स्पेस प्रोग्रामलाई सघाउन अमेरिका गए ।

-ङ) किन चाहिन्छ त मानिसलाई रकेट ?
रकेटहरू अन्तरिक्ष यात्राका लागि नभई नहुने कुरा हो । उपग्रह, अन्तरिक्षयान प्रक्षेपण गर्न रकेट आवश्यक पर्छ । अन्तरिक्ष भट्टीहरू निर्माण गर्न आवश्यक पर्ने सामग्रीहरू रकेटकै सहायताले पुर्‍याइन्छ । युरोपियन एरियन रकेटले ४.६ टन बराबरको भार बहन गर्न सक्थ्यो ।

-च) रकेट कति छिटो जान सक्छ ?
पृथ्वीको गुरुत्वक्षेत्रबाट बाहिरिन रकेटले ४०,००० कि.मि. प्रतिघण्टाको दरले जानुपर्छ । अन्तरिक्षमा पुगेपछि रकेट २९,००० कि.मि. प्रतिघण्टाका गतिमा कक्षमा ओर्लन्छ ।

-छ) रकेटहरू किन टुक्रा-टुक्रा भएर
खस्छन् ?
रकेटहरू खण्डखण्डमा निर्माण गरिन्छन् । सामान्यतया रकेटमा ३ खण्डहरू हुन्छन् जुन इन्धन रकेट इन्जिनबाट बनेका हुन्छन् । प्रत्येक खण्डहरू काम पूरा भइसकेपछि खस्ने गर्छन् । गह्रौँ रकेट अन्तरिक्षमा प्रक्षेपण गर्न ठूलो शक्तिको आवश्यकता पर्दछ ।

-ज) अन्तरिक्षमा हिँड्ने पहिलो व्यक्ति को
थियो ?
अलेक्सेई लियोनोभ नाम गरेका रसियन अन्तरिक्षयात्री सन् १९६५ को मार्च १८ तारिखका दिन दस मिनेटसम्म अन्तरिक्षमा हिँड्न सफल भएका थिए ।

-झ) पहिलो महिला अन्तरिक्षयात्री को
थिइन् ?
अन्तरिक्षमा पाइला राख्ने पहिलो महिला अन्तरिक्षयात्री रसियन भ्यालिन्टिना तेरेस्कोभा थिइन् । उनले सन् १९६३ मा भोस्टोक -६, नामक यानमा ३ दिन लामो यात्रा तय गरिन् ।

-ञ) अन्तरिक्ष यात्रीहरूले “स्पेससुट”
-क्उबअभकगष्तक) किन लगाउँछन् ?
स्पेससुटले कवचको काम गर्छ । यसले अन्तरिक्षमा अन्तरिक्षयात्रीहरूको रगत उम्लनबाट जोगाउँछ साथै सूर्यका खतरनाक किरणहरूलाई परावर्तित गरिदिन्छ । तिनीहरू अक्सिजन आपूर्ति गर्ने, ब्याट्री र चिसो पार्ने प्रणालीसमेत भएको विशेषखालको झोलामा राखिएका हुन्छन् । अन्तरिक्षयात्रीहरूले हरबखत स्पेस सुट लगाउँदैनन् । केवल यान प्रक्षेपण हुने बेलामा र ओर्लने बेलामा मात्रै लगाउँछन् । बाँकी समय तिनीहरू ‘हाफ पाइन्ट’ र ‘टी सर्ट’ लगाउँछन् ।

-ट) स्पेससुट लगाएर कसरी शौचालय जाने त ?
यान प्रक्षेपण गरिने बेलामा अन्तरिक्षयात्रीहरूले पिसाब फेर्नुपर्ने हुन्छ । महिलाहरूले स्पेससुटभित्र पिसाब सोस्ने खालको टालो लगाउने गर्छन् र पुरुषहरूले भने विशेष खालको नली आकारको बाहुलाजस्तो कपडा लगाउँछन् । जसले सुटभित्रको पिसाब जम्मा गर्ने थैलोसम्म पिसाब पुर्‍याउँछ ।

-ठ) अन्तरिक्षयात्री के खान्छन् त ?
अन्तरिक्षयात्रीहरू अन्तरिक्षमा रहँदा क्यानमा राखिएका फलफूल, बिस्कुट र मिठाइ खान्छन् ।

-ड) अन्तरिक्षमा खानेकुराहरू किन झुण्डिँदैनन् त ?
अन्तरिक्षमा सबै कुराहरू झुण्डिने गर्छन् । त्यसकारण अन्तरिक्षयात्रीको कपडामा टाँसिएका भाँडामा खानेकुरा राखिन्छन् । पेय पदार्थहरूचाहिँ बिर्को लगाइएका कपमा राखेर छ्वाली आकारको पाइपको सहायताले पिइन्छ ।

-ढ) अन्तरिक्षयात्रीहरू अन्तरिक्षमा रहँदा कसरी नुहाउँछन् त ?
अन्तरिक्षमा नुहाउनका लागि छुट्टै कोठा हुँदैन । नुहाउनका लागि उनीहरू रङ्गहीन स्याम्पु प्रयोग गर्छन् र चिसो रुमालले शरीर पुस्छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!