Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
पत्रकारलाई धम्की दिने सुमिनाले माफी मागिन्

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

आखिरी माफी माग्नै पर्यो पत्रकारलाई धम्की दिने नायिका सुमिना घिमिरेले । समाचार लेखेकै आधारमा नायिका घिमिरेले अनलाइनखबर डटकमका पत्रकार विजय ‘आवाज’लाई ‘टाउको एकातिर र खुट्टा अर्कोतिर’ पुर्‍याउने भन्दै ज्यान मार्ने धम्की दिएकी थिइन् ।
सुमिनाले चलचित्र पत्रकार संघ र पत्रकार महासंघलाई वोधार्थ बनाउँदै विज्ञप्ती जारी गरी माफी मागेकी हुन् । विज्ञप्तीमा सुमिनाले भनेकी छिन्, ‘म र पत्रकार विजय आवाज बीच केही समय अघि भएको टेलिफोन संवादमा म बाट व्यक्त भएका भनाई नियतबश नभई आवेशमा भएकाले फिर्ता लिन चाहन्छु ।’ सुमिनाले विज्ञप्तीमा भनेकी छिन्, ‘ति शब्द मानविय स्वभाववश आवेश र भावनामा आएर व्यक्त भएकाले धम्कीको रुपमा नवुझिदिनु हुन सम्बन्धीत सबैमा अनुरोध गर्दछु ।’ उनले नेपाली पत्रकारिता क्षेत्रप्रति आफ्नो सदैव उच्च सम्मान रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

यसैबिच सुमिनाको विज्ञप्तीलाई चलचित्र पत्रकार संघले स्वागत गरेको छ । संघका महासचिव लक्ष्मण सुवेदीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा कुनै पनि कलाकार र चलचित्रकर्मी तथा पत्रकार विचको सम्बन्ध सुमधुर रहने तथा चलचित्र पत्रकारिता जगतको सम्मान र मर्यादामा ख्याल राख्ने विश्वास संघले लिएको छ ।’

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!