Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सेक्स केन्द्रित सिनेमा ‘साँघुरो’लाई सबैले हेर्न पाउने ( with video)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

विश्वमा सेक्स सबैतिर बिक्छ । तर यसको दुरुपयोग गरियो भने नराम्रो परिणाम पनि निस्कन्छ । पछिल्लो समय नेपाली सिनेमा माथी सेन्सरको आँखा कडा रुपमा लाग्दै आएको छ । अधिकांश सिनेमा सेन्सर झमेलामा परिरहेका छन् ।तर यौन कुण्ठालाई मुख्य बिषय बनाएको चलचित्र ‘साँघुरो’ ले भने सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । जोयस पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमालाई अब सबै बर्गका दर्शकले हेर्न पाउँने भएका छन् ।

यसैबिच चलचित्र ‘साँघुरो’ ले आफ्नो प्रदर्शन मिति दुई साता पछि सारेको छ । दयाहाङ राई, दिया माश्के, सुशांक मैनालीले अभिनय गरेको यो सिनेमाले एउटा सानो कोठाभित्र हुने यौन कुण्ठालाई कलात्मक ढंगले देखाउन खोजेको छ ।

चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएसँगै यसको बिषयवस्तुका बारेमा अहिले कौतुहलता छाएको छ । सामान्य भन्दा सामान्य दृश्यमा समेत सेन्सरले झमेला झिकिरहेको समयमा ‘साँघुरो’ ले युनिभर्सल सर्टिफिकेट पाउनु आफैमा अचम्म लाग्दो बिषय बनेको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

,

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!