Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
एकैवर्ष तीनपटक दशैं मनाउन पाइने !

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

नयाँ वर्षको शुरुवातसँगै बैशाख ५ गते चैते दशैं मनाइँदैछ । तर, यो दशैं नयाँ सालको दशैं होइन, अहिले बिदा हुन लागेको ०६९ सालको चैते दशैं हो । ०६९ सालको मलमासले सबै चाडपर्वलाई पछाडि धकेल्दै लैजाँदा चैते दशैं ०७० सालको बैशाखमा पुगेको हो । सामान्यतया चैतमा पर्ने भएकाले योबेलाको दशैंलाई चैते दशैं भनिन्छ । यद्यपि यसवर्षको चैते दशैंचाहिँ बैशाखमा मनाईंदैछ ।
सामान्यतया वर्षमा दुईपटक दशैं मनाइन्छ । चैतमा चैते दशैं र असोजमा बडा दशैं । तर, आउनै लागेको २०७० सालमा चाहिँ तीनवटा दशैं परेको छ । ०७० सालका तीनवटा दशैंमध्ये बैसाख ५ गते पहिलो, असोज २८ गते दोस्रो र चैत्र २४ गते तेस्रोपटक दशैं मनाउन पाइने भएको छ ।
०६९ सालको चैते दशैं अर्को वर्षमा परेको भए पनि ०७० सालको चैते दशैंचाहिँ चैतमै परेको छ । बैशाख ५ गते यसवर्षको चैते दशैं मनाएपछि त्यसको एक वर्ष नपुग्दै ०७० सालको चैत २४ मा फेरि अर्को चैते दशैं परेको छ ।
यसवर्षको बडा दशैं कात्तिकमा मनाइए पनि ०७० सालमा भने अशोजमै दशैं परेको छ । असोज १९ गते घटस्थापना, २५ गते फूलपाती र २८ गते विजयादशमी अर्थात टीकाको साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । तर, कात्तिक शुरु भएपछि मात्रै दशैं सकिन्छ । नयाँ सालको पात्रोअनुसार कात्तिक १ गते कोजाग्रत पूणिर्मा पर्छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!