अब आयो पुरुषका लागि कण्डमको विकल्प
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
महिलाहरुका
लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य विधिहरु समेत उपलब्ध छन् । तर पुरुषहरुको
हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध
छ, अहिलेसम्म ।
तर वैज्ञानिकहरुले
पुरुषहरुका लागि पनि गर्भनिरोधको एक नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ
नाम दिइएको उक्त प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड विधिद्वारा
शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन अहिले वैज्ञानिकहरुले
अन्तिम अनुसन्धानमा जुटिरहेका बताइएको छ ।
के हो स्पर्म
ज्यापिङ ?
शोधका क्रममा
जब हल्का मात्रामा अल्ट्रासाउण्ड भाले मुसाको अण्डकोषमा ठोक्काइयो तब उक्त मुसाको अण्डकोषले
शुक्रकिट उत्पादन गर्न छाडेको पाइयो । यद्यपि अल्ट्रासाउण्ड मार्फत मानिसको अण्डकोषमा
विकिरण पठाउँदा त्यसले शुक्रकिटको उत्पादन पूरै त रोक्दैन तथापि शुक्रकिटको उत्पादन
घट्ने तथा उत्पादित शुक्रकिटहरुमध्ये पनि धेरै बाँझो अर्थात् डिम्बसँग निशेषच गर्न
नसक्ने हुन्छन् । यस्तोमा पुरुषले सम्भोग गर्दा पनि गर्भ रहने सम्भावना निकै कम हुन्छ
। पुरुषले यस्तो बाँझोपन हटाएर पहिलेकै अवस्थामा फर्किन एक विशेष सुइ लिनुपर्छ ।
कसरी गरिन्छ
?
यस विधिमा पुरुषको
विर्यबाहिनी नली -भास डिफेरेन्स) मा अल्ट्रासाउण्डको माध्यमद्वारा विकिरणयुक्त रसायन
पठाइन्छ, जसले उक्त नलीमा शुक्रकिटको प्रवाह रोक्दछ
। यसलाई पुरुषहरुले गर्भनिरोध विधिको एक प्राकृतिक तरिकाको रुपमा अपनाउन सक्छन् ।
वैज्ञानिकहरुले
अहिलेसम्मको परीक्षणका क्रममा यो विधिका कुनै पनि साइड इफेक्ट फेला नपरेको भन्दै अब
छिटै यसलाई आधिकारिक रुपमा प्रयोग ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।
|
|
0 comments
Write Down Your Responses