Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
८ वर्षको बेहुला, ६१ वर्षे बेहुली

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

हामी सबैले ७० वर्षका शिवशर्माले (शिवजी) ७ वर्षकी गोमालाई बिहे गरेको कथा स्वस्थानीमा सुन्न पाइन्छ । यस्तो अनमेल विवाहमा निकै पाको उमेरको लोग्ने मान्छेले निकै कम उमेरकी बेहुली बिहे गर्छ । कम उमेरको पुरुषले निकै धेरै उमेरकी महिलासँग बिहे गरेको खासै सुनिएको छैन । दुइ चार, दश बाह्र वर्षको अन्तर भनेको सामान्य नै हो । तर एक जना ८ वर्षका बालकले ६१ वर्षे महिलासँग बिहे गरेका छन् । दक्षिण अफ्रीकाका स्वाने क्षेत्रमा बस्ने ८ वर्षका स्कुले विद्यार्थी सानेल मासिलेलाले ५ सन्तानकी आमा ६१ वर्षकी हेलेन शाबांगुसँग बिहे गरेका हुन् । झण्डै एक सय जना पाहुना उपस्थित बिहे समारोहमा यी दुलाहा दुलहीले एक अर्कालाई औँठी लगाइदिए, अँगालो मारे र चुम्बन खाए । उक्त समारोहमा बेहुलीका पाँच जना सन्तान तथा भुपु लोग्ने समेत उपस्थित थिए । यी बालक र वृद्धाबीच बिहे त भयो । तर अनौठो के भने यिनीहरुको विवाह केवल औपचारिकताका लागि मात्र भयो । न त यिनीहरुबीच कुनै विवाहको कानूनी प्रमाणपत्रमा हस्ताक्षर भयो, न त यिनीहरु बिहेपछि सँगै बस्न थाले । समाचार अनुसार ती ८ वर्षे बालकले आफ्ना हजुरबुवाको इच्छा वृद्धासँग बिहे गरेका हुन् । जीवनको अन्तिम अबस्ता भयका ती बालकका हजुरबुवाले आफु मर्नुअघि सोही महिलासँग नातिको बिहे भएको हेर्न चाहेको इच्छा जाहेर गरेका थिए । त्यसैले दुबैजनाका बुवाआमाले विवाह केवल औपचारिकता मात्र रहेको र कानूनी रुपमा विवाह नगरिएको बताएका छन् । आफुभन्दा ५३ वर्ष जेठीसँग बिहे गरेका मासिलेलाले आफु शाबांगुलाई बिहे गर्दा खुसी रहेको बताए तर आफुले फेरि आफ्नै उमेरकी अर्की केटीसँग फेरी बिहे गर्ने बताए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!