Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
भारतले १६ वर्षलाई सेक्सको लागि मान्यता दियो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

चैत्र २ - भारतमा सहमतिले कायम हुने युवतीको यौनसम्बन्धको उमेरलाई १८ बर्ष देखि झारेर १६ वर्ष कायम गर्ने मन्त्रिमण्डलले सहमति दिएको छ । वित्तमन्त्री पी चिदम्बरमको नेतृत्ववाला मन्त्रिमण्डल समूह -जीओएम) ले आफ्ना सदस्यबाट उठाइएका धेरैजसो आपत्तिहरूको उपेक्षा गरेको छ । उक्त समूहले तयार गरेको मस्यौदालाई स्वीकृतिका लागि मन्त्रिमण्डलसमक्ष प्रस्तुत गर्ने भएको छ । यो विधेयकमा महिलाको निजी जीवनमा चियाउने र पिछा गर्ने कार्यलाई गैरजमानती अपराधको श्रेणीमा राखिएको छ । यो बुँदामा विपक्षी दलले चर्को विरोध गरे पनि सरकारले उपेक्षा गरेको छ । यो समूहले 'यौन आक्रमण' को ठाउँमा 'बलात्कार' शब्दको प्रयोग गर्ने सहमति दिएको छ । तर, झूटो उजुरी दर्ता गर्नेविरुद्ध गरिएको सजायको मागलाई अस्वीकार गरिएको छ । यस दिशामा कानुनको दुरुपयोग हुन सक्ने विभिन्न दलका नेताहरूले आशंका व्यक्त गरेका छन् । मतभेदका कारण दुईपटक पारित हुन नसकेको यो विधेयकमा लालमोहर लाग्ने सम्भावना बढी छ । सरकारले दलको राय जान्न र सहमति बनाउन सर्वदलीय बैठकको पनि आह्वान गरेको छ ।

 

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!