Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
राजमार्ग छेउका वनक्षेत्रमा यौनधन्दा फस्टाउँदै

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


९ चैत, बर्दिवास । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने वनक्षेत्र यौन क्रियाकलापको उर्बर थलो बन्दै गएको छ । राजमार्गको बर्दिवासदेखि बाँके पुलसम्मको वनक्षेत्र यौन क्रियाकलापको उर्बर थलो बनेको आसपासका बासिन्दाले बताएका छन् । राजमार्गको जिल्लामा पर्ने वनक्षेत्रमा १०/१२ ठाउँमा विभिन्न खालका पसल र बस बिसौनी बढेसँगै यौन क्रियाकलापमा लिप्त हुने जोडीको आवागमन हृवात्तै बढेको नजिकको गाउँबस्तीका बासिन्दाको भनाइ छ ।

केही वर्ष पहिलेसम्म निर्जन देखिने वनक्षेत्रका १०/१२ ठाउँमा पसल स्थापनासँगै ब्यापारिक कारोबार क्रमशः बढेपछि जिल्लाको राजमार्ग छेउछाउको वनक्षेत्रमा जोडी युवायुवतीको आवागमन निक्कै बढेको छ । वनक्षेत्रका माईस्थान, वनपथ, लक्ष्मीनियाँ, गणन्ता, टुटेश्वरचोक, खयरमाराचोक, गौशालाचोक, मरहापुल र बाँकेलगायतका एकदर्जन जति ठाउँका बस बिसौनीमा अचेल दिनहूँ २५औं जोडी युवायुवती यौन क्रियाकलापकै लागि झर्ने गरेका त्यहाँ ब्यबसाय सञ्चालन गरेर बसेका साना ब्यापारी बताउँछन् । निर्जन वनक्षेत्रमा जोडी युवायुवतीको सघन आवागमनले त्यहाँ सञ्चालित व्यवसायले फस्टाउने मौका पाएको छ । दिनहुँ २५/३० जोडीमा आउने युवायुवती नै आफ्ना मुख्य ग्राहक रहेको वनपथमा किराना सामान र खाजाको पसल सञ्चालन गर्दै आएकी एक महिलाले जानकारी दिए । आफूले दिनहुँ तीन/चारसयको त कन्डममात्रै बेचेर कमाउने गरको उनको भनाइ छ ।

प्रेम, लहड र सौखमा डुबेर यौन क्रियाकलापका लागि वनक्षेत्र पुग्ने गरेका भर्खर २०/२२ टेकेका युवायुवतीसँगै जीवनको आधार नै यौन व्यवसाय बनाएका युवती र उनीहरुका ग्राहकको पनि यो क्षेत्र रोजाईको ठाउँ बनेको वनक्षेत्र नजिकका ग्रामीण जनता बताउँछन् । जिल्लाको बर्दिवास, गौशाला र छिमेकी जिल्ला सर्लाहीको लालबन्दी, नवलपुरलगायतका बजारक्षेत्रमा रकम तयतमन्ना गरी यौनधन्दा चलाउन वनक्षेत्र पस्ने युवती र त्यस्तासँग यौन प्यास मेटाउने युवा दैनिक ३०/३५ को हाराहारीमा देखिने गरेका वनक्षेत्रसँगै जोडिएको बेलगाछी बस्तीका रुद्रबहादुर किङ्रिङ्को भनाइ छ । यस्ता जोडीको खुल्ला यौन क्रियाकलापले वनमा घाँसदाउरा गर्ने र गोठालालाई असजिलो हुने गरेको वनक्षेत्र नजिकका ग्रामीण जनताको गुनासो छ । वनक्षेत्रमा बढ्दै गएको यौनक्रियाकलाप आपसी सहमतिमै हुने गरेको देखिए पनि यसले वनक्षेत्र नजिकका बस्तीबाट कामका लागि आउजाउ गर्नेहरुलाई अप्ठ्यारो लाग्नुका साथै आफ्नै गाउँघरका युवायुवतीमा बिकृति बढ्ने डर बढ्दै गएको माईस्थान-६ का पाका व्यक्ति ६० वषर्ीय मिर्चे रम्तेलले बताउनुभयो । वनक्षेत्र अभिभावकको नजरबाट टाढा हुने, हराभरा देखिने, चोकबजारको जस्तो चियोचर्चो नहुने, भ्रमणको झझल्को दिने र जङ्गलका झाडीमा मान्छेको आवागमन कम हुने भएकाले युवायुवती यौन प्यास मेटाउन वन पस्ने क्रम बढेको बर्दिवास क्षेत्रका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरुको अनुमान छ ।

यता लामो समयको प्रयत्नले पहिचान गरिएपछि सम्पर्क हुन सकेकी एक २५ बर्षीया यौन व्यवसायी महिलाले भने सामाजिक लोकलाजको मर्यादा पालन गर्न, अनावश्यक मान्छेको सम्पर्कबाट टाढा हुन र बजारक्षेत्रमा सित्तैमा जिउ सुम्पनु पर्ने सुरक्षाकर्मीको हेपाहा व्यवहारबाट बच्न वनक्षेत्रलाई कर्मथलो बनाएको प्रतिक्रिया दिएकी छन् । यता वनक्षेत्रमा हुने यौनक्रियाकलापका सहभागी जोडीमध्ये धेरैजसो जोडी भने कन्डमको प्रयोगमा बेखबर देखिएकाले यौनजन्य रोगको सङ्क्रमण बढ्न सक्ने खतरा रहेको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजनाको कार्यालय बर्दिवासले जनाएको छ । त्यस्ता जोडीमध्ये केहीलाई कन्डमको प्रयोगका लागि अभिप्रेरित गरेपछि उनीहरुको बानीमा सुधार देखिएपनि कयौं जोडी अहिलेपनि साधनबिना नै शारीरिक सम्बन्ध गाँसी रहेकाले उनीहरु एचआइभी र यौनजन्य रोगको चपेटामा पर्नसक्ने सम्भावना रहेको परियोजनाका प्रबन्धक धिरज पौडेलको भनाइ छ ।

वनक्षेत्रमा पुग्ने गरेका प्रेमीजोडी स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घसंस्थाका प्रतिनिधिसँग कन्डमको कुरा गर्न लाज मान्ने गरेका पाइएको छ । यौन व्यवसाय नै अँगालेका यौनकर्मी महिलाहरु स्वास्थ्य सचेतनामा सजग पाइएका भएपनि ग्राहकले कन्डमको प्रयोगमा अनिच्छा देखाउँदा कन्डमको प्रयोगबिना नै शारीरिक सम्बन्ध बनाउन बाध्य हुने गरेको उनीहरुले बताउने गरेका स्वास्थ्यक्षेत्रमा कार्यरत सामाजिक सङ्घ संस्थाका स्वास्थ्यकर्मी बताउँछन् । वनक्षेत्रमा सानोतिनो किराना एवम् खाजा, चिया पसल सञ्चालन गरेका साना व्यापारीहरु आम युवायुवतीको गन्तव्यलाई व्यवस्थित र थप आकर्षणयुक्त बनाउन सके वनक्षेत्रको सुरक्षा र आफ्नो कमाइधमाइ अलि बढ्ने आश पालेर बसेका छन् । जिल्लाका हराभरा वनक्षेत्रमा घुमघामको उद्देश्यले हुने आवागमन राम्रो भएर यसले आन्तरिक पर्यटनको वृद्घमिा सहयोग पुर्‍याए पनि सो क्षेत्रमा फस्टाउँदो यौन क्रियाकलापबाट सामाजिक मर्यादा नाघ्न दिन नहुने स्थानीय बुद्घजिीवीको मत रहेको छ । यता जिल्लास्थित प्रहरी र प्रशासनले भने यस्ता खालका कुनै गुनासो आफूहरु समक्ष नआएको जनाएको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!