बुढीका खातिर चीन र जापानको युद्ध
(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)
|
![]() |

गएको डिसेम्बरमा जापानकी १ सय १५ वर्षे महिलालाई विश्वकै सबैभन्दा बढी उमेरको मान्छेको उपाधि गिनिज बुकले दिएसँगै चीनकी एक महिलाले त्यसलाई चुनौति दिँदै आफु विश्वको सबैभन्दा बुढी महिला भएको दाबी गरेकी छिन् ।
गिनिज बुकले डिसेम्बरमा जापानकी १ सय १५ वर्षे जिरोएमोन किमुरालाई विश्वको सबैभन्दा जेठो मानिसको उपाधि दिएको थियो । त्यसलाई चुनौति दिँदै चिनकी लोउ मेजेनले आफु १ सय २७ वर्षकी भएकीले विश्वको जेठो मानिस आफु भएको दाबी गरेकी छिन् ।
समाचार अनुसार लोउले आफु १८८५ मा जन्मिएको दाबी गरेकी छिन् । चिनको बामा क्षेत्रकी लोउले यसको प्रमाण स्वरुप आफ्नो पूरानो परिचय पत्र प्रस्तुत गरेकी छिन् । तर सन् १९४९ मा चीनमा कम्युनिष्ट शासन आएपछि मात्र उनी बसेको क्षेत्रमा क्षेत्रको जन्मदर्ता सुरु भएकाले उनको एकिन जन्म कहिले भएको हो भन्ने बारेमा एकिन गर्न नसकिएको बताइएको छ ।
गिनिज बुकले यस विषयमा कुनै टिप्पणी भने गरिसकेको छैन । हेरौँ बुढी आइमाइको यो लडाइँमा चीनले जापानलाई पछार्न सक्छ की सक्दैन ?
|
|
![]() |
0 comments
Write Down Your Responses