Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सेक्समा लोग्नेलाई सन्तुष्ट नपार्ने श्रीमतीलाई भोकै

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

सारा संसार भरि महिला हक र अधिकारका नारा, बहस र छलफल चलिरहेको बेला हाम्रै एशियाली मुलुक अफ्गानिस्तानमा यस्तो कानुन बनेको छ जसले महिलालाई पशु समान ठानेको छ । विश्वभरिका स्वाभिमानी मानिसहरुकालागि लज्जित बनाएको छ । आफ्नो लोग्ने सेक्सको मामिलामा श्रीमतीसित सन्तुष्ट नभए उसलाई भोकै राख्न पाइनेछ ।

बेलायतबाट प्रकाशित द गार्डियन दैनिकले एउटा रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा अफ्गानिस्तानको संसदले त्यस्तो कानुन बनाएर संसदबाट पास गर्ने अन्तिम तयारिमा रहेको जनाएको छ । यो कानुन पहिलेपनि ल्याइएको रहेछ । तर सारा विश्वभरि त्यसको तिब्र बिरोध भएपछि राष्ट्रपती हमिद कारजाईले त्यो कानुन पास नगराउने बताएका रहेछन् । तर अन्ततस् उक्त कानुन फेरि पास गर्न अन्तिम तयारि भैरहेको गार्डियनको रिपोर्टमा उल्लेख छ ।

त्यति मात्रै काहाँ हो र अब बन्न लागेको नयाँ कानुनले वालवालिकाको अभिभावकत्वको अधिकार पनि बाबु र हजुरबाबुमा रहने तर आमामा नरहने बनाएको छ । आफ्नै वालवालिकाको अभिभावकत्वकोलागि पनि अब आमाहरुले लोग्नेसित अनुमती लिनुपर्ने छ ।

अमेरिकाको एउटा मानव अधिकार अनुगमन गर्ने सस्थाले त त्यो कानुनलाई ‘बलात्कारीहरुलाई उसले बलात्कार गर्दा बगेको रगतकै मूल्य मात्रै तिरेर उम्कन सजिलो बनाइदिएको’ भन्ने टिप्पणी गरेको छ । पहिलेपनि अफ्गानिस्तानमा विवाहित महिलामाथि बलात्कार गर्न पाइने कानुन बनाइएको थियो । त्यति बेला विश्वभरि चर्को बिरोध र प्रदर्शनी भएका थिए ।



   

त्यहि कानुनको बिरोध गर्न गत अप्रिल महिनामा आयोजित एक अन्तर्राष्ट्रिय र्‍यालीमा बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउन र अमेरिकी राष्ट्रपती बाराक ओबामा समेत सामेल भएका थिए । तर उनीहरुको बिरोधकोपनि केहि लागेन ।

पहिले तिब्र बिरोध भएपनि भाषामा मात्रै केहि सुधार गरेर महिला बिरोधी अहिले फेरि पुरानै कानुन जस्ताको त्यस्तै ल्याइएको इस्लामिक महिला अधिकारवादी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुले बताएका छन् । अहिले पास गर्न लागेको कानुन कतिसम्म महिला बिरोधी छ भने त्यसमा स्पष्ठसँग लेखिएको छ “आफ्नो लोग्नेको उचित सेक्स सन्तुष्टिकालागि श्रीमती तयार हुनुपर्छ ।

विशेष परिस्थितिम बाहेक श्रीमतीलाई घर बाहिर निस्कने अधिकार हुने छैन लोग्नेको अनुमती बाहेक । माथिका कुरा पालना नगरिएमा श्रीमती लोग्नेप्रति अनाज्ञाकारी ठरिने छ”। अहिले यो कानुनका बिरुद्दमा निकै बहस र छलफल चलिरहेको छ । विश्वभरिका अधिकारवादीहरुले यो कानुन कुनैपनि हालतमा पास हुन दिन नहुने भन्दै चर्को बिरोध गरिरहेका छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!