Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
एक घण्टामै कण्डम पूराउन घरदैलो सेवा

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

रातको समय । प्रेमालापसँगै रतिक्रिडाको अपेक्षा तर सुरक्षित सम्भोगका लागि साधनको अभाव । यस्तो बेला कण्डम प्राप्त गर्नु भनेको सायद संसारमा सबैभन्दा ठूलो कुरा प्राप्त गरेजस्तै हुन्छ होला । तर रातको समयमा यसरी चाहेको बेलामा कसरी पाउने ? यो साधन कतैबाट वषिर्ने कुरा भएन । तर युएइको दुबइका बासिन्दाका लागि भने तँ चिता म पूराउँछु भनेजस्तै भएको छ ।

त्यहाँ यस्तो तिब्र कण्डम ढुवानी सेवा सुरु भएको छ जस अनुसार रातभरी जतिबेला चाहिएपनि अर्डर गरेको एक घण्टामै घरदैलोमा कण्डम आइपुग्नेछ ।

डुरेक्स नामक कण्डम उत्पादक कम्पनीले बजम्यान नामक कम्पनीसँग मिलेर यस्तो सेवा सुरु गरेको हो । यहीँ हप्ता सुरु भएको यो कण्डम ढुवानी सेवा अन्तरगत बेलुकीको चार बजेदेखि अर्को बिहानको चार बजेसम्म अर्थात् रातभरी नै दुबइको जुनसुकै ठाउँमा अर्डर बमोजिमको कण्डम एक घण्टाभित्र डेलिभरी गरिनेछ । प्रयोगकर्ताले अनलाइन र फोनमार्फत पनि कण्डम अर्डर गर्न सक्नेछन् ।

बजम्यान कम्पनीका प्रवक्ताका अनुसार अरु सहरमा पनि यस्तो कण्डम ढुवानी सेवा विस्तार गरिनेछ र सुरुमा कुन सहरमा सेवा विस्तार गर्ने भन्ने कुराको निधो फेसबुकबाट गरिनेछ । एसओएस कण्डम नामको फेसबुक पेजमा जुन सहरको नाममा बढि माग हुन्छ सोही सहरमा कण्डम ढुवानी सेवा विस्तार गरिने उनको भनाइ छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!