Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल प्रहरीले छुटायो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

२१ माघ, काठमाडौं । अपहरणमा परेका नेपाली व्यवसायी गंगाविसन राठीको भारतमा शव भेटिएको घटना लगत्तै अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल प्रहरीले मुक्त गराएको छ । बुधबार अपहरणमा परेका भारत मोतीहारीका राकेश रञ्जन सिंहलाई बारा प्रहरीले आइतबार बिहान बाराको पथरहट्टीबाट अपहरणमुक्त गराएको हो ।

स्थानीय एक घरमा बन्धक बनाएर राखेको अवस्थामा सिंहलाई अपहरणमुक्त गराइएको बारा प्रहरीले जनाएको छ । ज्वाइन्ट अपरेशन अन्तर्गत परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सिंहलाई उद्दार गरेको हो ।

अपहरणमा संलग्न बारा पथरहटटीका ७० वषिर्य जनक सहनी, २३ वषिर्य पन्चलाल सहनी, पर्सा मसीहानीका ३३ वषिर्य शेषनाथ राउत कुर्मी र भारत रक्सौलका दिनानाथ दास तत्वा पक्राउ परेका छन् । प्रहरीले घटनास्थलबाट हतियार र मोटरसाइकल समेत बरामद गरेको छ ।

स्मरणरहोस पुस २७ गतेदेखि बेपत्ता नेपाली व्यवसायी गंगाविसन राठीको शव भारतको पश्चिम बंगालमा शनिबार भेटिएको थियो । राठीको अपहरणमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिक यसअघि नै पक्राउ परेका छन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!