Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
ज्ञानेन्द्रलाई स्वागत गर्न सिमरामा विशेष तयारी

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

१९ माघ, बारा । पूर्वरानी कोमल शाहको जन्मदिन मनाउन सिमरा जाने तयारीमा रहेका पूर्वराजारानीको स्वागतका लागि सिमरामा विशेष तयारी सुरु भएको छ । आगामी फागुण सात गते पूर्वरानी कोमल शाहको जन्मदिन रहेको छ ।

आफ्ना बाल्यकालका साथी तथा नातेदार प्रभू शमशेरले व्यवस्थापन गरेको सिमरामा रहेको प्रभुवासा पूर्वराजारानी एक महिनासम्म बस्ने कार्यक्रम तय भएको छ । जसका लागि भवनको सफा सुग्घर लगायतका काम जारी रहेको नयाँ पत्रिकाले समाचार छापेको छ ।

पूर्वराजाको दम्पत्ती आगमी माघ २५ गते सिमरा जाने कार्यक्रम रहेको परिवार स्रोतले जनाएको छ । एक महिना बसाईका क्रममा उनीहरुले बाराको धार्मिक स्थलको भ्रमण गर्नुका साथै राजनीतिक भेटवार्तालाई पनि जारी राख्ने तयारी रहेको छ । आफ्नो भ्रमणका बारेमा सञ्चारमाध्यमलाई भने कुनै किसिमको जानकारी नदिन निर्देशन दिइएको छ ।

एक महिनाको बसाईका लागि सिमरा जाने दम्पत्तीको सुरक्षाका लागी सशस्त्र प्रहरीबलको एक दस्ता नागार्जुनबाट सिमरा जाँदै जाने भएको छ भने, पूर्वराजारानीका लागि तयार पारेको कोठामा डिसहोम पनि जडान गरिउको छ । प्रभुवासमा अहिले कोही नवस्ने भएकाले जीर्ण बन्दै गएको घरलाई पूर्व राजा दम्पत्तीकै लागि पुर्ननिर्माण सुरु गरिएको हो ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!