Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
१० वर्षमा देश धनी बनाउने दाहालको उद्‍घोष

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

हेटौंडा, माघ २१ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्षमा मुलुकलाई धनी देश बनाउने उद्‍घोष गरेका छन् ।

हेटौंडामा जारी महाधिवेशनमा कान्तिपुरसँग आइतबार कुरा गर्दै दाहालले आफ्नो दल अब उत्पादन वृद्धिमा केन्द्रित हुने बताए । '१० वर्षसम्ममा देश धनी बनाउँछौं,' उनले भने, 'मुलुक धनी नभएसम्म अरुबाट हेपिनुपर्छ ।'

महाधिवेशनपछि केन्द्रदेखि गाउँ ईकाईसम्म उत्पादनमा लाग्ने उल्लेख गरे । 'सानो कमिटीले थोरै गर्छ भने त्योभन्दा ठूला कमिटीले ठूलो उत्पादन गर्दछन्,' उनले भने, 'केन्द्रीय कमिटीले बढी उत्पादनमा लाग्छ ।' उत्पादनमा नलाग्ने कमिटी एमाओवादीको हुन नसक्ने दाहालको भनाइ थियो ।

दाहालले अबको १० वर्षसम्म एमाओवादी सत्तामा रहने उल्लेख गरे । 'अबको १० वर्षसम्म हामी कुनै न कुनैरुपमा सत्तामा नै रहनेछौं,' उनले भने ।

 

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!