Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
जमिनमुनी भेटियो करोडौंको सुन

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

५  माघ,  अष्ट्रेलिया ।अष्ट्रेलियामा एक व्यक्तिले जमीनमुनी साढे ५ किलो सुन भेट्टाएका छन् । भिक्टोरिया राज्यको बालाराट शहरमा एक व्यक्तिले मेटल डिटेक्टरको सहयोगमा ६० सेन्टिमिटर मुनी सुनको डल्लो भेट्टाएका हुन् ।

भेटिएको सुनको मूल्य ३ लाख १५ हजार डलर पर्छ । स्थानीय सुन विशेषज्ञका अनुसार दशकौंदेखि उक्त इलाकामा सुनको खोजी हुँदै आएको थियो । तर, यती ठूलो परिमाणमा भेटिएको यो पहिलो पटक हो । समाचारमा जनाइए अनुसार उक्त सुन भेट्टाउने व्यक्तिले अत्याधुनिक मेटल टिटेक्टरको प्रयोग गरेका थिए ।

संचारमाध्यमहरुले सुन भेटाउने ब्यक्तिको परिचय खुलाएका छैनन् । भेटाएको सुन देखाउँदै गरेको भिडियो युट्युवमा पोष्ट गरिएको जसलाई दुई दिनभित्र सवा दुई लाखले हेरिसकेका छन् । उनले भने- मैले दुई दशकदेखि सुनको खोजी गरिरहेको थिएँ, यो निकै खुसीको कुरा हो ।’

जमिन खनेर पैसा निकाल्न पाउनु निकै आश्चर्यको कुरा भएको यसले मानिसमा आशा जगाउने उनले बताए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!