Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
नायिका हुँ भनेर गर्ब गर्ने ठाउँ छैन

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

नेपाली सिने क्षेत्रमा पढेलेखेका र बौद्धिक कलाकारहरु नआएको आरोप लागिरहेको बेला पछिल्लो समयमा केही बौद्धिक कलाकारहरुको आगमन भइरहेको छ । यही भिडमा नायिका निशा अधिकारी पनि सिनेमा वुझेकी र वौद्धिक नायिकाका रुपमा चिनिन्छिन् । चलचित्रकर्मीहरुले सुरु गरेको आन्दोलनमा साथ दिन अनशनमा बसेको समयमा नायिका अधिकारीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :कसरी हेर्नुभएको छ चलचित्रकर्मीले गरेको आन्दोलनलाई ?

यदि माग पुरा भयो भने यो सिंगो सिनेमा क्षेत्रका लागि नै राम्रो हो । मलाई एकदमै खुसी लागेको छ किनकी, अहिले भएपनि सबै चलचित्रकर्मीहरु आफ्नै नेतृत्वमा नीति नियम हुनुपर्छ भनेर एकजुट हुनुभएको छ ।

आन्दोलन चलेको लामो समयपछि मात्र तपाई अनशनमा आउनुभयो नि, कहाँ हराउनुभएको थियो ?

म रौतहटमा शितलहरबाट पीडित नागरिकलाई कम्मल बाढ्न पुगेकी थिएँ । यसपछि चितवन महोत्सवमा पनि पुगे । तर पनि चलचित्र कलाकार संघको सह कोषाध्यक्ष भएका नाताले मैले सबै कुराको जानकारी लिइरहेकी थिएँ ।

के सरकारले चलचित्रकर्मीलाई उपेक्षा गरेको हो ?

मलाई सिनेमा क्षेत्रलाई मात्र सरकारले हेला र उपेक्षा गरेको छ जस्तो लाग्दैन । किनकी, यतिबेला सबै क्षेत्रमा सरकारको आखा गएको छैन । फेरि हामी सिनेमा क्षेत्रलाई हाक्न सक्ने विज्ञ व्यक्ति मागिरहेका छौं । मलाई त के लाग्छ भने, यदि हाम्रो क्षेत्रमा सरकाले विज्ञ मानिस पठायो भने सबै क्षेत्रले पनि विज्ञ मानिसको लागि आन्दोलन गर्न सक्छौ । अनि राजनीतिक दलका नेताहरुले कसरी आफ्ना कार्यकता भर्ती गर्न पाउलान् र हैन ? आफ्ना कार्यकता भर्ती गर्न नपाएपछि उहाहरुको राजनीति पनि चौपट हुन्छ, भोली चुनावमा उठ्दा आफ्नै कार्यकर्ताले साथ नदेलान् भन्ने डर होला, यसैले पनि सरकार र मन्त्री ज्यू डराउनुभएको होला । होइन भने आफैले लिखित हस्ताक्षर गरेको प्रतिबद्धता पुरा नगर्नु कतिसम्म लाजमर्दो कुरा हो भन्नुहोस त ।

बोर्डको अध्यक्ष बन्न प्रस्ताव आयो भने, के गर्नुहुन्छ ?

मैले अहिले सम्म यसको बारेमा कल्पना पनि गरेको छैन, र अझै १० बर्ष कल्पना गर्न पनि सक्दिन । किनकी, म यो क्षेत्रमा लागेको नै बल्ल ४ बर्ष भयो । म राम्रोसँग सबैलाई चिन्दा पनि चिन्दीन । फेरि लगाम हातमा लिएर घोडामाथि सुत्यो भने के हुन्छ, सबै भताभुङ्ग हुन्छ नि हैन । यसैले पनि हामी यो क्षेत्रमा विज्ञ र वुझेको मानिसको खोजीमा छौ, जुन क्षमता अहिले मसँग छैन । सिनेमा क्षेत्रको बारेमा वुझेको, नीति नियम बनाउन जान्ने र सिनेमा नगरीलाई आर्थिक रुपमा समेत सबल बनाउन सक्ने मानिस चाहिन्छ ।

सरकारले एक महिना आन्दोल गर्दा पनि सुनेन, अब कसरी अघि बढ्दा राम्रो होला ?

यो कसैको निजी स्वार्थका लागि गरिएको होइन । आफैले बिचार पुर्‍याउनुपर्ने ठाउँमा यति धेरै अनशन बसेर झकझकाउदा पनि सरकाले मान्दैन भने यो भन्दा दुखद र लाजमर्दो कुरा के हुन सक्छ । फेरि उहाँहरुले आश्वासन दिनु भएको छ, आश्वासन समेत दिएर पुरा नगर्नु भनेको सरकारले सिनेकर्मीलाई वेवास्ता गरेको हो । तर कलाकारको क्षमता र बोलिको प्रभाव कति सम्म हुन्छ भन्ने कुरा सरकारले अड्कल काट्न सकेको छैन ।

यो आन्दोलनमा सबै चलचित्रकर्मीले साथ दिएका छैनन् हो ?

हामी अहिले नै एकजुट भएर अघि बढ्न सकेनौ भने कहिले सक्दैनौ । विशेषगरी म नायिकाहरुलाई के भन्न चाहन्छु भने, हाम्रो समयमा नभए पनि आउने पिँढीले राम्रो नीति नियम पायो भने पक्कै पनि यो क्षेत्र सबैका लागि भविष्य बुन्ने राम्रो कर्मथलो हुनसक्ने थियो । नायिकाहरु यो क्षेत्रमा आउँदा पनि टाउको ठाडो बनाएर हिड्न सक्ने थिए । र कुनै पनि बुवा आमाले मेरो छोरी नायिका हो भनेर गर्बका साथ भन्न सक्ने थिए, यसैले सबैलाई आन्दोलनमा साथ दिन आग्रह गर्दछु ।

 

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!