Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सचिवलाई निकालेर राष्ट्रपतिले दिल्लीमा के साउती गरे ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

भारतको औपचारिक भ्रमणमा गएका बेला हाम्रा मुलुकका राष्ट्रपतिले कुटनीतिक मर्यादा र मुलुकको इज्यतलाई नै दाउमा राख्ने काम गरेको बिस्तारै खुल्न थालेको छ ।
पोर्टोकल मिचेर भारतीय प्रधानमन्त्रीको निवासमा पुगेर भात खाने, भारतीय बिदेश सचिवलाई चार दिनमै पाँचपटक भेट्ने, पराई मुलुकमा गएर आफ्नै देशका प्रधानमन्त्रीविरुद्ध चुक्ली लगाएको समाचार सार्वजनिक भएलगत्तै उनको अर्को कर्तुत पनि सार्वजनिक भएको छ ।
भारतीय गुप्तचर निकाय ‘र’ लगायतका संस्था चलाउने प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननसँगको भेटमा राष्ट्रपतिले डेलिगेसन टोलीमा रहेका परराष्ट्र सचिव दुर्गाप्रसाद भट्टराइलाई बाहिर निकालेको खवर बुधबारको जनआस्था साप्ताहिकले छापेको छ । मेननसँग के त्यस्तो गम्भीर सल्लाह गर्नु थियो र उनी एक्लै भेटमा बसे भन्ने प्रश्न अहिले उब्जिएको छ । जवकि मेनन एक्लै थिएनन, उनको तर्फबाट सात-आठ जना वैठकमा सहभागी थिए ।
बाणिज्य सचिव आनन्द शर्मा, गृहसचिव सुशीलकुमार सिन्देलगायतसँग भेट्दा पनि उनले नेपाली डिप्लोम्याटहरुलाई बाहिर निकालेर एक्लै कुरा गरेका थिए । तर भारतीय पक्षबाट भने गुप्तचर निकाय प्रमुखहरु सहभागी थिए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!