Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
एक्ला तरुनीको लागि भाडामा ब्वायफ्रेण्ड

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

केही कम्पनीहरुले दिने सेवा वा ल्याउने अफर पनि अचम्मका हुन्छन् । चीनको एउटा अनलाइन मार्फत वस्तु तथा सेवा बिक्रि गर्ने कम्पनीले यस्तै अनौठो सेवा सुरु गरेको छ । ताओबाओ डट कम नामको अनलाईन कम्पनीले एक्ला तरुनीका लागि भाडामा तन्नेरी खोजिदिने सेवा सुरु गरेको हो ।

घरमा बाउआमाले बिहेको कुरा गरेर कचकच गरिरहेको तर आफुलाई अहिल्यै बिहे गर्ने मन नभएका तरुनीहरुका लागि यो सेवा लक्षित छ । साथै ब्वायफ्रेण्ड पनि खोज्न नसकेको भनेर साथीहरुले होच्याउने खतरा टार्न चाहने कामकाजी ठिटीहरुका लागि पनि यो सेवा लाभदायी हुनेछ । आउँदो चिनिया नयाँ वर्षको समयमा जतिबेला त्यहाँ लगनको मौसम तथा पारिवारिक पुनर्मिलन हुन्छ त्यसबेला यो सेवा निकै चल्ने आशा कम्पनीका रहेको छ । त्यसबेला धेरै तरुनीहरुले आफुमार्फत भाडामा ब्वायफ्रेण्ड लिएर आफ्ना बाउ आमालाई आफ्नो केटा साथी रहेको देखाउँदै तत्कालको लागि बिहे टार्न सफल हुनेछन् ।

यसरी भाडामा लिइने तन्नेरीहरुलाई केटीहरुले आफुखुसी प्रयोग गर्न पाउनेछन् । भाडाका ठिटाहरु साहु तरुनीको नक्कली ब्वायफ्रेण्ड बनेर तरुनीले जसो भन्छे उसै गर्नुपर्नेछ, सँगै सपिड जानुपर्नेछ, खाना खानुपर्नेछ, युवतीका आफन्त, साथीभाई तथा बाउआमासँग भेटघाट गर्दै डिच्च दाँत देखाउनुपर्नेछ र तरुनीले चाहेको बेला चुम्बन पनि गर्नुपर्नेछ । यी भाडाका तन्नेरीहरुले यसरी दुइ दिनको प्रेमी बनेबापत मोटो रकम पाउनेछन् । यिनीहरुलाई घण्टाको आधारमा भाडामा लिने युवतीहरुले रकम भुक्तान गर्नुपर्नेछ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!