Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
मिस पूर्वाञ्चल फागुनमा हुने

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

पूर्वाञ्चल क्षेत्रका युवतीहरुको सौन्दर्य प्रस्फुटन गराउन हरेक वर्ष आयोजना हुादै आएको मिस पूर्वाञ्चलको चौथो सास्करण आगामी फागुन १२ गते धरानमा हुने भएको छ । पूर्वका विभिन्न शहरमा अडिसन गराएर फाइनल फागुन १२ गते हुने प्रतियोगिताका इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले जानकारी दिए । मिस पुर्वाञ्चल २०१३ का लागि धरान, इटहरी, दमक, बिर्तामोड र विराटनगरमा अडिसन आयोजना गरिने भएको छ ।

अडिसनबाट छानिएका युवतीहरुलाई एक महिना व्यक्तित्व विकास, र्‍याम्प वक, सौन्दर्य, फेसन, इतिहास, पर्यटनलगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । उनीहरुलाई ट्राफिक सचेतना, सामाजिक कार्य, रक्तदान, सफाइलगायत सामाजिक कार्यमा सहभागी गराइने क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमालले बताए ।

हाइट इभेन्ट र सिल्भर इन्टरटेनमेन्ट धरानको आयोजनामा हुने प्रतियोगिताबाट ‘मिस पूर्वाञ्चल २०१३’ सागै फस्र्ट रनर अप, सेकेण्ड रनर अपलगायत फोटोजेनिक, पर्सनालिटी, स्माइल, ब्युटीफुल कम्प्लेक्सन, भ्युअर्स च्वाइसलगायतका विधामा समेत पुरस्कृत गरिने इभेन्ट म्यानेजर श्रेष्ठले जनाए ।

मिस पूर्वाञ्चल विजेतालाई स्कुटीसागै कलेजमा छात्रवृत्तिको व्यवस्था गरिएको आयोजकले जनाएको छ । फस्र्ट र सेकेण्ड रनर अपलगायत अन्य टाइटल विजेतालाई नगद पुरस्कार व्यवस्था गरिएको छ । धधध।ाबअभदययप। अयmरुष्ककउगचधबलअजब ि बाट डाउनलोड गरी आवेदन भर्न खुल्ला गरिएको रिमालले जानकारी दिए ।

हालसम्म २०१० मा सविना सुब्बा, २०११ मा प्रतिभा श्रेष्ठ र २०१२ मा अस्मिता गुरुङले मिस पूर्वाञ्चलको उपाधि हात पारिसकेका छन् । मिस पूर्वाञ्चल उपाधि जित्नेले मिस नेपालमा सहभागी हुन पाउनेछ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!