Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
चीनको रोबोट रेष्टुरेन्ट, जहाँ रोबोटले टक्राउँछ खाना

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

विचित्र संसार मार्फत हामीले यो दुनियाका अनौठा र विचित्र होटलहरुका बारेमा समाचार सन्दर्भहरु प्रस्तुत गर्दै आएका छौँ । लिंगका मात्र परिकार पाइने होटल देखि लिएर छिर्दैमा सनक चढ्ने होटलका बारेमा पनि तपाइँले पढिसक्नुभएको छ । पूर्वमन्त्रीको कण्डम रेष्टुरेन्ट देखि तरुनीको नांगो जिउमा खाना पस्किने होटलको बारेमा पनि हामीले जानकारी दिइसकेका छौँ ।

विचित्र होटल श्रृंखलाको यो अर्को भागमा हामीले फेरी यस्तै अनौठो होटलको बारेमा जानकारी दिँदैछौँ । यद्यपि यो होटलमा चर्चा कमाउन कुनै त्यस्तो सेक्सको फर्मूला प्रयोग गरिएको छैन । यो होटल त आधुनिकता र प्रविधिको एक अनुपम उदाहरण हो ।

यसो कल्पना गर्नुहोस् त तपाइँ कुनै होटलमा खाना खान जानुभएको छ । जब तपाइँलाई खाना अर्डर लिन आउने र अर्डर मुताविकको खाना टक्राउन कुनै वेटर आउँदैन र रोबोटले खानाको अर्डर लिन्छ र खाना टक्राउँछ भने तपाइँलाई पहिलोचोटी झसँग हुनुहुन्छ होला । सायद म सपनामा छु की भन्ने लाग्छ होला र दोश्रो दुनियामा भएझैँ लाग्छ होला ।

तर रोबोटले खाना टक्राउने होटल खोज्न कुनै दोश्रो दुनियामा जानु पर्दैन । हाम्रै छिमेकी देश चिनमा यस्तो होटल खुलेको छ जहाँ रोबोट कर्मचारीहरु छन् । चीनको हार्बिनमा यस्तो होटेल खुलेको हो । उक्त होटेलमा रोबोटले पाहुनाहरुलाई सेवा गर्ने मात्र होइन मनोरञ्जन समेत दिन्छन् । होटलमा काम गर्ने ती रोबोट एकपक चार्ज गरेपछि ५ घण्टासम्म लगातार काम गर्न सक्छन् ।

होटेलको मुख्य ढोकामा एक रोबोट उभिएको हुन्छ । उसको हातमा लेखिएको छ, सुकाइफाइ रेष्टुरेन्ट । यो अत्याधुनिक सुकाइफाइ रेष्टुरेन्ट आजभोलि चीनमा निकै लोकप्रिय बनेको छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!