Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
एनआरएनको लगानीबाट ४२ मेगावाट बिजुली निकालिने

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

१२ माघ, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अग्रसरतामा गठित एनआरएन इन्भेष्टमेन्ट कम्पनीले नेपालमा दुईवटा जलबिद्युत परियोजनामा लगानी गर्न भएको छ । बुधबार काठमाण्डौंमा बसेको कम्पनीको बोर्ड बैठकले दुईवटा परियोजनाका लागि सैद्धान्तिक सहमति दिएको छ ।

तर, ती परियोजनाको लाइसेन्स लिएका कम्पनीको कानुनी तथा आर्थिक अबस्थाको अध्ययन गर्नुपर्ने भएकाले तत्कालका लागि त्यसको औपचारिक घोषणा गरिएको छैन । बोर्ड सम्बद्ध स्रोतले भन्यो-’अध्ययनका लागि टोली बनाइएको छ, टोलीको प्रतिबेदन आउनसाथ १५ दिनभित्र आधिकारिक घोषणा हुने छ ।’

स्रोतका अनुसार एउटा २७ मेगावाट र अर्को १५ मेगावाट क्षमतका परियोजनामा लगानी गर्ने निर्णय भएको छ । ती आयोजनका लाइसेन्स होल्डरसँग ‘नन डिस्क्लोजर एगि्रमेन्ट’ भएकाले औपचारिक घोषणा नहुँदासम्म परियोजनाका नाम सार्वजनिक नगरिने बताइएको छ ।गैरआवासीय नेपाली संघको आह्वानमा ६२ देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुले नेपालमा जलबिद्युत आयोजना बनाउने प्रयोजनका लागि हालै १ अर्ब रुपैयाँ संकलन गरेका छन् । एनआरएन इन्भेष्टमेन्ट कम्पनीको बहुमत सेयर रहने र परियोजनामा ७० प्रतिशत वैंकको लगानी रहने गरि एनआरएनले लगानी गर्दैछन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!