Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
आन्दोलनकारीलाई प्रचण्डले भने-’दैलेखका गुण्डाहरु’

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

१० माघ, काठमाडौं । सरकारविरुद्ध विपक्षी दलहरुको अवरोधका बीच एकीकृत नेकपा माओवादी दैलेखको जिल्ला सम्मेलन सुरु भएको छ ।

सभामा सहभागी हुन गएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई रोक्ने प्रयास स्वरुप दैलेख बन्द आहृवान गरेका विपक्षी दलहरुले उद्घाटन समारोहका लागि बनाइएको मञ्चमा नै आक्रमण गरेपछि केहीबेर सभा अवरुद्ध भएको थियो । उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बोल्ने क्रममा विपक्षी कार्यकर्ताले मञ्चमा नै ढुंगामुढा गरेका थिए । त्यसपछि सुरक्षा घेराका बीचमा पुनः सभा सुरु गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैलेखमा आन्दोलनरत् विपक्षी दलहरुलाई ‘गुण्डा’को संज्ञा दिनुभयो । उहाँले भन्नुभयो-’दैलेखका गुण्डाहरुले सभामा ढुंगा हानेर हामी तीन नेतालाई थप एक बनाइदिएकोमा धन्यवाद ।’

प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टराई विदेशी डलरको खेती गर्नेहरुले शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री भट्टराईले गुण्डाहरुले आफ्नो पार्टीको सभा बिथोल्न खोजेको भन्दै जनताले तह लगाउने चेतावनी दिनुभयो ।

डीआइजीसहित ५० घाइते

सभामा अवरोध गर्न खोज्ने विपक्षी कार्यकर्ता र प्रहरीबीच पटक-पटक झडप भएको थियो । झडपका क्रममा डीआइजी टोपेन्द्रध्वज हमालसहितका ५० जनाभन्दा बढी घाइते भएका छन् । घाइते हुनेमा एमाले जिल्ला अध्यक्ष अमरबहादुर थापा, कांग्रेस सभापतिसहितका आन्दोलनकारी घाइते भएका छन् । प्रदर्शनकारीहरूले गणेशचोकमा रहेको  माओवादी कार्यालयमा आगजनी गरेका छन् ।

पत्रिकाको कार्यालयमा तोडफोड

विपक्षी दलहरुको आन्दोलनलाई साथ दिएको भन्दै एमाओवादीका कार्यकर्ताले हाम्रो तेस्रो आँखा दैनिकको कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले कम्प्युटर, टेबल, कुर्सी र सिसा तोडेका हुन् । यसअघि बिहान वाइसीएलका कार्यकर्ताले १० पत्रकारलाई डेकेन्द्रकै हालत बनाउने धम्की दिएको उनीहरुले बताए ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!