Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
माया, पैसा र सेक्सको ‘शीशा’

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

माया, पैसा र सेक्सका बिषयमा मानिसको आ आफ्नै धारणा हुनसक्छ । जिवनमा कसैका लागि माया, कसैका लागि पैसा या कसैका लागि सेक्स महत्वपुर्ण हुनसक्छ । यही बिषयालाई आधार बनाएर चलचित्र ‘शीशा’ को निर्माण हुने भएको छ ।

चलचित्रको बिहिबार देखि गीत रेकडिङ कार्य सुरु भएको छ ।चलचित्रमा लक्की सिटौलाको संगीत छ । ननस्पट क्रियशनको ब्यानरमा तयार हुन लागेको चलचित्रलाई आर.बी.के शरदले निर्देशन गर्न लागेका हुन् । ननस्पट क्रियशनको ब्यानरमा यसअघि ‘नैनारेशम’, ‘नाइट क्विन’ र ‘न बोले नी हाशी राख न’ निर्माण भैसकेको छ ।

चलचित्रका लागि केही नयाँ र केही पुराना कलाकारको खोजी भैरहेको निर्देशक शरदले अनलाइनखबरलाई बताए । माघको अन्तिम साताबाट छायांकनमा जान लागेको यो चलचित्रले सम्हाल्न सकेन भने जिवन शीशा जसरी फुट्छ भन्ने बिषयलाई मुख्य रुपमा उठान गर्ने छ । चलचित्रलाई महेश ढुंगेल र के नबराजले निर्माण गर्न लागेका हुन् ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!