Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
श्रीमतीको शवलाई १० वर्षम्म अँगालो मार्ने यी हुन् कलियुगका महादेव (फोटोफिचर सहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

स्वस्थानी व्रतकथामा महादेवले सतीदेवीको शवलाई काँधमा बोकेर संसार घुम्न हिँडेको कथा आउँछ । यो कथा सुन्दा पत्याउन गाह्रो पर्छ, किनकी चाहे जतिसुकै प्रिय मान्छे नै किन नहोस् मरेपछि उसको अन्त्यष्टि गर्नु निर्विकल्प बाटो हो, न की उसको शवलाई बोकेर वा सजाएर राख्नु । तर महादेव र सतीदेवीको त्यो अनौठो कथानकलाई सम्झाउने गरी एक व्यक्तिले आफ्नी श्रीमतीको शवलाई दश वर्षेखि आफ्नै साथमा राखेका छन् र रातमा सुत्दा श्रीमतीको शवलाई अँगालो मारेर सुत्ने गरेका छन्
आफ्नी श्रीमतीको शवलाई यसरी वर्षौँसम्म पनि सँगै राखेर, अँगालो मारेर प्रेमको अनौठो उदाहरण दिने व्यक्ति भियतनामका ले वेन हुन् । कुआंगा नेम प्रान्तका ती ५५ वर्षा पुरुषले आफ्नी श्रीमतीको शवलाई माटोले पोतेर माटाको गुडियाजस्तै बनाएका छन् र पलङमा सुताएका छन् ।

ती पुरुष मात्र होइन उनका छोराले पनि आफ्नी मृत आमाको शवलाई हरेक रात सुत्न जानुभन्दा पहिले अंकमाल गर्छन् । ती महिलाको मृत्यु सन् २००३ मा भएको थियो । श्रीमतीको मृत्युपछि ती पुरुषले आफ्नी श्रीमतीको शवलाई परम्परा अनुरुप नै चिहानमा गाडे । तर उनलाई श्रीमतीको यादले यति धेरै सतायो की केही समयपछि उनले श्रीमतीलाई गाडेको चिहान खोतले र श्रीमतीको कुहिएर बचेको अस्थिपञ्जर सहितको शवलाई बोकेर घर ल्याए । घर ल्याएपछि त्यसमा माटोले लपेटे अनी मान्छेको मर्ूर्ति जस्ता आकारमा ढाले ।

ती व्यक्तिले आफु एक सामान्य व्यक्ति रहेको र श्रीमतीको शवसँग सुत्दा कुनै डर महसुस नहुने बताउँछन् । विचरा ती पुरुष श्रीमतीको मायाले पिरोलेपछि चिहानबाट श्रीमतीको शव निकालेर १० वर्षेखि घरमा राखिरहेका छन् तर उनी कानूनको कठघरामा उभिनुपर्ने भएको छ । उनमाथि शवलाई घरमा राखेको आरोप छ । त्यहाँको कानून अनुसार मान्छेको शवलाई लामो समयसम्म घरमा राख्न पाइँदैन ।

उनले हरेक दिन बिहान आफ्नी श्रीमतीको शवलाई सफा गर्छन् । राम्रा राम्रा कपडा लगाइदिन्छन् । श्रीमतीले जिउँदो छँदासम्म राम्रा कपडा लगाउन नपाएको गुनासो छ उनको । त्यसैले एक दिनमै २ थरी राम्रा राम्रा कपडा लगाइदिन्छन् श्रीमतीको शवलाई । उनलाई मान्छेले यस्तो पागलपना नदेखाउन कैयौपटक सुझाव दिए । तर ती व्यक्ति मान्ने वाला छैनन् । आफ्नी श्रीमतीको मृत्यु भएपनि श्रीमतीको आत्मा नमरेको ठहर उनको छ ।



(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!