Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
लालु यादवमाथिका चर्चित चुट्किला

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

भारतका राजनीतिज्ञ लालु यादव धेरै कारणले चर्चित छन् । आफ्नो मौलिक स्वभाव, बोली र व्यवहारले गर्दा भारतीय राजनीतिमा उनको बेग्लै पहिचान छ । तिनै यादवले अहिले भ्रष्टाचार प्रकरणमा मुछिएर पाँच वर्षको जेल सजाय पाएका छन् ।
लालुमाथि बनेका थुप्रै ठट्टा भारतमा मात्र होइन, नेपालमा पनि चर्चित छन् । त्यस्तै केही ठट्टा यहाँ रमाइलोका लागि प्रस्तुत गरिएको छ ।

स्वर्गमा रावरी
रावरी देवी मरेर स्वर्ग (†) मा पुगिछन् । जब उनी यमराजको अगाडि उभिइन्, आफ्नो सामुन्नेको पर्खालमा थुप्रै भित्तेघडी देखिन् ?
‘यी कस्ता घडी हुन् सर ?’ उनले यमराजलाई सोधिन् ।
यमराजले बयान गरे, ‘यी विशेष किसिमको शक्ति भएका भित्तेघडी हुन् । पृथ्वीका हरेक मानिसको यस्तो घडी यहाँ बनेको हुन्छ । जसले आफ्नो जीवनमा जतिचोटि झुट बोलेको छ त्यतिचोटि नै उसको घडीको सुई घुम्छ ।’
त्यसपछि स्थिर अवस्थामा रहेको एउटा घडी देखाउँदै रावरीले सोधिन्, ‘त्यो कसको घडी हो सर ?’
‘गौतम बुद्धको,’ यमराजले भने, ‘यो घडीको सुई एकचोटि पनि घुमेको छैन, किनकि बुद्धले आफ्नो जीवनमा कहिल्यै झुट बोलेनन् ।’
‘अनि यो नि ?’ अर्को घडी देखाएर रावरीले सोधिन् । यमराजले जवाफ दिए, ‘यो अब्राहम लिंकनको । उनले जीवनमा दुईपटक झुट बोलेका थिए । त्यसैले यो घडीको सुई पनि अहिलेसम्म दुईचोटि मात्रै घुमेको छ ।’
त्यसपछि रावरीलाई कौतूहल लागेर सोधिन्, ‘त्यसो भए मेरा स्वामी लालु यादवको घडीचाहिँ कुन हो नि ?’
‘त्यो यहाँ छैन,’ यमराजले जवाफ दिए, ‘मैले आफ्नो अफिसमा टेबुल फ्यानका रूपमा प्रयोग गरिरहेको छु ।’

मात्र एक मिनेट
एकपटक लालु यादवलाई बिहार र लस भेगासबीचको समय कति फरक रहेछ भनेर जान्न मन लाग्यो । उनले पर्यटन विभागमा फोन गरेर सोधे, ‘हेलो, मलाई भन्दिनुस् त, पटना र लस भेगासको समयमा कति
फरक छ ?’
‘एक मिनेट सर,’ फोन उठाउनेले भन्यो ।
‘धन्यवाद’ भन्दै लालुले फोन राखिदिए ।

मेरो जागिर पक्का

लालु यादवले अमेरिकाको माइक्रोसफ्ट कम्पनीमा जागिर खानका लागि बायोडाटा पठाएछन् । केही दिनमा उताबाट यस्तो जवाफ आएछ :
Dear Mr. Laloo Prasad, You do not meet our requirements. Please do not send any further correspondence. No phone call shall be entertained.
Thanks Bill Gates.
जवाफ पढेर लालु खुसीले उफ्रे । अनि पत्रकार सम्मेलन गरेर यस्तो गफ दिए :
दाजुभाइ तथा दिदीबहिनीहरू । तपाईंहरूलाई यो जानकारी दिन पाउँदा म साह्रै गदगद छु कि मलाई माइक्रोसफ्ट कम्पनीले जागिर दिएको छ । अब म कम्पनीले मलाई दिएको नियुक्तिपत्र पढेर सुनाउँछु । यो अंग्रेजीमा भएकाले उल्था पनि गर्छु ।
Dear Mr. Laloo Prasad, प्रिय लालु प्रसाद you do not meet -----  तपाईंसित त भेटै हुँदैन our requirements---- हामीलाई साह्रै खाँचो छ Please do not send any furthur correspondance-----  अब अरू चिठी पठाउनुपर्ने कुनै आवश्यकता छैन । No phone call----- फोन पनि गरिरहनुपर्दैन । shall be entertained ---- एकदमै मनोरञ्जन दिनेछौँ ।

प्यारासुट बाँकी छ
लालु यादव र सोनिया गान्धीका साथमा एक वृद्ध सन्त र एक स्कुलेविद्यार्थी प्राइभेट विमानमा यात्रा गरिरहेका थिए । अचानक विमानमा गडबडी आयो र पाइलट अत्तालिँदै कराए, ‘हाम्रो विमान दुर्घटना हुने भयो । हामीसित केवल चारवटा प्यारासुट छन् । तर, हामी पाँचजना छौँ । म यो देशकै सबैभन्दा नामुद पाइलट भएकाले देशलाई मेरो खाँचो छ । त्यसैले म झरेँ ।’ यति भन्दै पाइलटले एउटा प्यारासुटमा हाम फाले ।
त्यसपछि सोनिया गान्धीले पनि ‘म यो देशको भावी प्रधानमन्त्री, म त मर्नैहुँदैन’ भन्दै अर्को प्यारासुट लिएर हाम फालिन् ।
अनि लालुको पालो । उनले भने, ‘म त झन् यो देशको सबैभन्दा चर्चित र बुद्धिमान् नेता । म नबाँची कसरी हुन्छ ? यति भनेर उनी पनि हाम फाले ।
त्यसपछि जहाजमा वृद्ध सन्त र स्कुलेबालक मात्र थिए । सन्तले भने, ‘हेर म त बुढो भइसकेँ । तिम्रो त उमेर छ । म मरे पनि केही हुँदैन । बाँकी एउटा प्यारासुट लगाएर तिमी उत्र ।’
बालकले भने, ‘चिन्ता नलिनु बाबा । प्यारासुट अझै दुईवटा बाँकी छन् । यो देशका सबभन्दा बुद्धिमान् नेता लालु यादवले मेरो स्कुल ब्याग बोकेर हाम फालेछन् ।’

मंगल ग्रह को जाने ?
नासाले मंगल ग्रहमा जाने एक व्यक्ति छनोट गर्न थुप्रै पेसाका व्यक्तिसित अन्तर्वार्ता लिइरहेको थियो । पहिलो आवेदक अमेरिकी इन्जिनियर थिए । उनलाई सो कामका लागि कति पैसा चाहन्छौ भनेर सोधियो । उनले १० लाख डलर माग गरे ।
‘यो सबै पैसा म भू–उपग्रह अध्ययनका लागि खर्च गर्नेछु,’ उनले भने ।
दोस्रो व्यक्ति एक रसियन डाक्टर थिए । उनले २० लाख डलर मागे । ‘१० लाख मेरो परिवारलाई दिन चाहन्छु । बाँकी १० लाख मेडिकल रिसर्चमा प्रयोग गर्छु,’ उनले भने ।
त्यसपछि लालु यादवको पालो आयो । उनले ३० लाख डलर मागे । ‘किन तपाईंलाई चाहिँ यति धेरै चाहियो ?’ भनेर अन्तर्वार्ताकारले सोध्दा उनले कानमा खुसक्क भने, ‘१० लाख तपाईंलाई दिन्छु । १० लाख म राख्छु । अनि बाँकी १० लाखचाहिँ त्यो अमेरिकन इन्जिनियरलाई दिएर मंगल ग्रहमा पठाउँछु ।’

लालुको सूत्र

एक ब्रिटिस कूटनीतिज्ञले लालु यादवलाई उनकै निवास पुगेर भेटेछन् । भेटमा उनले ‘अंकको जादु’मार्फत लालुलाई केही सिकाउने विचार गरे । उनले भने, ‘महामहिम, म तपाईंलाई एकदमै उपयोगी कुरा सिकाउँछु । सबैभन्दा पहिले अंग्रेजी ‘ए’ देखि ‘जेड’सम्मका अक्षरलाई अंकमा १ देखि २६ सम्ममा बदल्नुस् । जस्तै, ए बराबर १, बी बराबर २, जेड बराबर २६ ।
अब हेर्नुस् महामहिम । यदि हामीले HARDWORK लाई हिसाब गर्‍यौँ भने 8 1 18 4 23 15 18 11 = 98 % हुन्छ । K N O W L E D G E= 11 14 15 23 12 5 4 7 5 = 96 % हुन्छ । तर,L U C K= 12 21 3 11 = 47 % मात्रै हुन्छ । अनि सबैभन्दा महत्त्वपूर्णचाहिँA T T I T U D E= 1 20 20 9 20 21 4 5 = 100 % हुन्छ । तपाईंले कुरा बुझ्नुभो, होइन ? हो, यही कुरा जनतालाई बुझाउन सकियो भने तपाईंको देश चाँडै उँभो लाग्छ । बरु म तपाईंका जनतालाई यो कुरा सिकाउन हाम्रो देशबाट विज्ञहरू पठाइदिन सक्छु । उनीहरूले एक वर्षमा यो काम गर्नेछन् ।’
लालुले केहीबेर सोचेर जवाफ दिए, ‘योभन्दा राम्रो सूत्र मसित छ । यो हेर्नुस् ।C O R R U P T I O N= 3 15 18 21 16 9 15 14 = 111 % . । बरु म तपाईंको देशमा आएर यो सूत्र पढाइदिऊँ ? म एक हप्तामै गर्न सक्छु ।’

६५ किलो
एकचोटि लालु विमानस्थलबाट बाहिर निस्कँदै थिए । हतार–हतारमा हिँडिरहेका लालु यादवलाई रोक्न खोज्दै सेक्युरिटी गार्डले भन्छन्, ‘वेट, सर †’
‘६५ किलो’ भन्दै लालु अघि बढ्छन् ।

बाख्रो कि भैँसी
मायावती एउटा बाख्रो डोर्‍याउँदै लालु यादवको घरमा जान्छिन् । लालुले सोध्छन्, ‘यो भैँसीलाई किन यहाँ ल्याएको ?’
रिसाउँदै मायावती भन्छिन्, ‘आँखा छैन कि क्या हो ? यो भैँसी होइन, बाख्रा हो ।’
लालु भन्छन्, ‘मैले तिमीलाई होइन, बाख्रालाई सोधेको †’
- एजेन्सी

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!