Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
अमेरिकी बिज्ञापन जसले अरबमा आक्रोश निम्त्यायो

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

http://widget6.linkwithin.com/redirect?url=http%3A//kantepur.blogspot.com/2013/11/best-fails-of-week.html&vars=%5B%22http%3A//kantepur.blogspot.com/2013/11/blog-post_8048.html%22%2C%201990641%2C%200%2C%20%22http%3A//kantepur.blogspot.com/2013/11/watch-world-most-comedy-video.html%22%2C%20340078941%2C%200%2C%20340078891%5D&ts=1384160576108
यो एक यस्तो तस्वीर हो, जसले विश्वभरका मुस्लिम देशमा ठूलो आक्रोस जन्माएको छ । अमेरिकी सैनिक र मुस्लिम महिलाले अंगालो मारेको तस्वीरअंकित होर्डिङबोर्ड अमेरिकाको हलिउडमा राखिएपछि त्यसले तरङ्ग उत्पन्न गरेको छ । मुस्लिम देशहरुमा
रहेको अमेरिका बिरोधी भावना यतिबेला फेरी सामाजिक संजालमा छताछुल्ल भएको छ ।
यो बिज्ञापनले मुस्लिम महिलाको अपमान गरेकेा टिप्पणी हुन थालेको छ भने अमेरिका भित्रै चाहिं सैनिक जीवनको खिल्ली उडाएकोसम्म टिप्पणी भएको छ ।
खासमा यो बिज्ञापन एक औषधी कम्पनीको हो जसले घुर्ने रोगलाई ठिक पार्ने स्प्रेहरु उत्पादन गर्छ । ‘बी टुगेदर’ र ‘किपिङ यु टुगेदर’ नारा दिइएको यो बिज्ञापनले त्यस्तो स्प्रेको प्रयोग गर्दा जोडी छुटिनुबाट बच्ने सन्देश दिन खोजेको उत्पादकले बताएको छ ।
बिबाद बढ्दै गएपछि उत्पादक कम्पनी ‘स्नोर स्टप’ले प्रष्टीकरणसमेत दिनुपरेको छ । ‘हामीले तस्वीरको गलत प्रयोग गरेका छैनौं, आलोचकहरुले के बुझ्नुपर्छ भने तस्वीरमा देखाइएजस्ता जोडी पनि यो संसारमा छन’ प्रवक्ता मेलोडी डेभमार्कले भनिन् । कम्पनीले भने विविधता देखाउन यस्तो विज्ञापन बनाइएको बताएको छ ।
तस्वीरमा रहेका जोडी भने सैनिक जेमी सुट्टोन र उनकी पत्नी आलियाको भएको समाचार अन्लाईन खबर मा छापिएको छ |

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!