Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
जित आफ्नो पक्षमा पार्ने होडबाजीमा महिला उम्मेदवार (उम्मेदवारको नामावलीसहित)

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

काठमाडौँ, २७ कात्तिक । अर्को संविधानसभा सदस्य निर्वाचनमा आफ्ना पुरुष प्रतिस्पर्धी उम्मेदवारलाई पछारेर जित हत्याउन काठमाडौँका महिला उम्मेदवार जोडतोडका साथ लागिपरेका छन् ।
पुरुष प्रतिस्पर्धी मात्र हैन महिला नै अर्का उम्मेदवारलाई पनि पछारेर जित आफ्नै पक्षमा पार्न महिला उम्मेदवार चुनावी कार्यक्रमअन्तर्गत घरदैलो, छलफललगायतका कार्यक्रममा सक्रिय छन् । प्रमुख तीन दल त्यसमा पनि प्रभावशाली पुरुष उम्मेदवार कडा प्रतिस्पर्धी रहे तापनि महिला त्यसमाथि पनि फरकफरक कार्यसूची बोकेकाहरुले यस पटकको निर्वाचनमा मत आफ्नो पक्षमा पार्ने अनुमान छ ।  ठूला पार्टीका प्रभावशाली नेतासँग आफूले प्रतिस्पर्धा गर्नुपर्दा उनीहरुलाई जित आफ्नो पक्षमा पार्न कम चुनौती भने छैन ।
काठमाडौँ क्षेत्र नं १ मा अघिल्लो निर्वाचनमा विजयी काँग्रेस महामन्त्री प्रकाशमान सिंहसँग एमाओवादीकी रेणु दाहाल र एमालेकी विद्या न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्छ । दाहाल र न्यौपाने दुवै सो क्षेत्रका लागि नयाँ अनुहार हनुुहुन्छ । यसपटक महिला त्यसमा पनि स्थानीय कार्यसूचीलाई जोडतोडका साथ उठाएकाले जित आफ्नो पक्षमा आउने दुवै महिला नेत्रीको जिकिर छ ।
काठमाडौँ क्षेत्र नं १ मा कडा पुरुष प्रतिस्पर्धीको सामना गरिरहनुभएकी एमाओवादीकी दाहाल जित आफ्नो पक्षमा पार्न अहिले दिनरात नभनी लागिपर्नुभएको छ । विगतका उम्मेदवारले स्थानीय विकासमा प्रभावकारी काम नगरेकाले जनताले यस पटक नयाँ प्रतिनिधिको साथै परिवर्तनको आकाङ्क्षा खोजेकाले जित्ने आधार बलियो भएको उहाँ बताउनुहुन्छ ।
निर्वाचन क्षेत्रमा राष्ट्रियस्तरको योजना, ठूला व्यावसायिक सहरको पूर्वाधार विकास तथा स्थानीयस्तरका सडक, मर्मत, ढल निकास बिजुली पानीका कुरा स्थानीयवासीले उठाएकाले त्यसको सम्बोधन गर्न आफूलाई विजयी गराउने उहाँको विश्वास छ । दाहाल राजनीतिमा २०५१ सालदेखि सक्रिय हुनुहुन्छ ।
राष्ट्रिय राजनीतिमा निकै प्रभावशाली मानिएका एमाओवादी अध्यक्षकी माइलीपुत्री दाहाललाई बुबाको साख जोगाउन कै लागि भएपनि जित्नैपर्ने बाध्यता छ ।
क्षेत्र नं १ कै अर्की प्रतिस्पर्धी एमालेकी न्यौपाने पनि यस पटक जनताले आफ्नो पार्टीलाई विश्वासका साथ मतदान गर्ने बताउनुहुन्छ । स्थानीय बासिन्दा न्यौपाने २०१३ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्छ । विसं  २०५५–२०५९ सम्म काठमाडौँ महानगरपालिकाको बोर्ड सदस्य र २०६७ देखि हालसम्म दलीय प्रतिनिधि हुनुहुन्छ । हाल एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय प्रचार विभाग सदस्य रहनुभएकी उहाँ सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । योग्य र शिक्षित महिला उम्मेदवारलाई संविधानसभामा पु¥याउनुपर्ने बाध्यता भएकाले अग्रगमन, सुशासन र दिगो शान्ति स्थापनाका लागि पनि आफ्नो पार्टीलाई विजयी गराउने उहाँको विश्वास छ ।
निर्वाचन जित्ने आधारका रुपमा स्थानीय धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण संबद्र्धन, भौतिक विकास निर्माण, युवा रोजगारीका कार्यक्रम, सुकुम्बासी समस्या समाधान, दलित उत्पीडित वर्गको उत्थानका कार्यसूचीलाई न्यौपानेले अघि सार्नुभएको छ ।
काठमाडौँ क्षेत्र नं ७ को बलियो प्रत्याशी रहेकी एमाओवादी नेत्री हिसिला यमी यस पटक पनि आफ्नो जित सुनिश्चित बन्दै गएको जिकिर गर्नुहुन्छ । उहाँका प्रतिस्पर्धीका रुपमा काँग्रेसकी प्रमिलादेवी सिंह डङ्गोल र एमालेका  रामवीर मानन्धर हुनुहुन्छ ।
आफ्नो क्षेत्रमा भए गरेका विकास निर्माणको लामो सूची अघि सारेर निर्वाचनमा होमिनुभएकी यमीले सङ्घीयता, धर्मनिरपेक्षता लगायतका कार्यसूचीमा आफ्नो पार्टीले अग्रणी नेतृत्वदावी भूमिका खेलेको पार्टीप्रति जनलहर बढेकाले आफूले जित्ने जिकिर गर्नुभयो ।
यस्तै क्षेत्र नं २ मा काँग्रेसकी युवा नेत्री प्रतिमा गौतम आफ्नो जित सुनिश्चित गर्नका लागि चुनावी अभियानमा अहोरात्र खटिरहनुभएको छ । नेविसङ्घकी पूर्वमहामन्त्री गौतम अहिलेसम्म कम्युनिस्टको वर्चस्व रहँदै आएको सो निर्वाचन क्षेत्रमा जनताले नयाँ परिवर्तनकारी जनप्रतिनिधि चाहेकाले आफूलाई विजयी गराउनेमा विश्वस्त हुनुहुन्छ । विसं २०४६ पछि  नेता कृष्णप्रसाद भट्टराईले समेत हार्नुभएको सो क्षेत्रमा गौतमलाई जित आफ्नो पक्षमा पार्न निकै चुनौतीपूर्ण छ ।
गौतमका कडा प्रतिस्पर्धीका रुपमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल हुनुहुन्छ । राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका राख्ने नेपाल अघिल्लो पटकको हारको बदला लिन यस पटक निकै मेहनतका साथ चुनावी अभियानमा खटिनुभएको छ । कुल ६३ हजार ८७५ मतदाता रहेको सो क्षेत्रमा अघिल्लो निर्वाचनमा एमाओवादीका झक्कुप्रसाद सुवेदी विजयी हुनुभएको थियो ।
नेत्री गौतमले अरु ‘टुरिस्ट’ उम्मेदवार भएको र आफू स्थानीय महिला युवा उम्मेदवार मात्र नभई महिलाका सबैखाले विषयलाई सम्बोधन गर्न नेतृत्वमा पुग्नैपर्ने बाध्यता रहेकाले पनि यस पटक आफूले जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जितलाई सुनिश्चित गर्ने आधारका रुपमा स्थानीय विकास निर्माणसँगै शैक्षिक कार्यसूची र महिलाका सबैखाले समस्यालाई उठान गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार सुप्रभा घिमिरेलाई पनि यस पटकको निर्वाचनमा चुनौति बढेको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा काँग्रेसका तर्फबाट १३ हजार मत ल्याएर विजयी हुनुभएकी घिमिरेले यस पटक पार्टीले टिकट नदिएपछि विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
उहाँका बलिया प्रतिस्पर्धी, काँग्रेसका युवा नेता गगन थापा र एमाओवादीका युवा नेता नन्दकिशोर पुन रहनुभएको छ । अहिलेको निर्वाचनलाई राजनीतिक प्रतिस्पर्धा हार वा जितका रुपमा नलिई शान्त, समृद्ध र लोकतान्त्रिक नेपालको भविष्य बनाउने उद्देश्यले भएकाले लैङ्गिक विभेद र लैङ्गिक विभेदमा आधारित राजनीतिक हिंसाको अन्त्य हुनुपर्ने उहाँको धारणा छ ।
काठमाडौँ क्षेत्र नं १ मा आफूलाई बलियो सम्भावित प्रत्याशी मान्ने अर्की उम्मेदवार नेकपा (संयुक्त) की कल्याणी साह पनि जित आफ्नो पक्षमा हुने जिकिर गर्नुहुन्छ । ठूला दलका महिला नेत्रीले खर्चिलोे प्रचारप्रसार गरेपनि आफूले फरक किसिमको विषय उठाएकाले अबको निर्वाचनमा जनताले ठूला दल हेर्ने नभई उपयुक्त प्रतिनिधिलाई पु¥याए मात्र संविधान बन्ने भएकाले आफूजस्ता उम्मेदवारलाई विजयी गराउने उहाँको विश्वास छ ।
आफ्नो क्षेत्रमा तीन ठूला पार्टीका महिला प्रतिस्पर्धी भए पनि आफू कानुन क्षेत्रको व्यक्ति पनि भएकाले जित पक्का भएको साहले बताउनुभयो । काठमाडौँ क्षेत्र नं ३ बाट राप्रपा नेपालको उम्मेदवार बन्नुभएकी गायिका मीरा राणा पनि चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । गायन क्षेत्रमा आफ्नो पहिचान बनाउनुभएकी उहाँ सङ्गीतप्रेमी जनताले आफूलाई मत दिएर विजयी गराउने विश्वासमा हुनुहुन्छ ।
यस पटकको निर्वाचनमा काठमाडौँ उपत्यकामा विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै १०१ महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ । तीमध्ये २३ जना प्रत्यक्ष उम्मेदवार हुनुहुन्छ ।

काठमाडौँका महिला उम्मेदवारको नाम र दलको विवरणः
काठमाडौँ निर्वाचन क्षेत्र नं १

क्र.स.    उम्मेदवारको नाम थर      राजनीतिक दल
१    इन्दकुमारी ढकाल (थपलिया)     नेपाल लिवरल पार्टी
२    इन्दिरा सापकोटा     देशभक्त पर्यावरणीय समाज मोर्चा
३    उमाकुमारी शर्मा      नेकपा (माले)
४    कल्याणी साह     नेकपा (संयुक्त)
५    कल्पना लामिछाने घिमिरे     नेपाल शान्ति क्षेत्र परिषद्
६    ढकमाया घलेमगर         सद्भावना पार्टी
७    पुनम ढङ्गोल     नेपाल परिवार दल
८    गीता दाहाल     स्वतन्त्र
९    विमलादेवी घिमिरे     स्वतन्त्र
१०    शारदा श्रेष्ठ    स्वतन्त्र
११    विद्या उपाध्याय न्यौपाने     नेकपा (एमाले)
१२    मीनादेवी                                       नेपाली जनता दल
१३    रेणु दाहाल     एनेकपा (माओवादी)
१४    सानी थापामगर     लिवरल डेमोक्रेटिक पार्टी
१५    सुष्मा घिमिरे     शान्ति पार्टी नेपाल
१६

क्षेत्र नं २
क्र.स.    उम्मेदवारको नाम थर     राजनीतिक दल
१    अंशु अर्याल    लराई मधेस लोकतान्त्रिक पार्टी
२    कविता थापा क्षेत्री    राष्ट्रिय प्रजातन्त्र पार्टी
३    पार्वती मानन्धर    स्वतन्त्र
४    प्रतिमा गौतम    नेपाली काँग्रेस
५    भगवती थापा     जनता पार्टी नेपाल
६    मीना महर्जन    नेपाल मजदुर किसान पार्टी
७    मुना अर्याल    सद्भावना पार्टी
८    सोभिताकुमारी भट्टराई    तराई मधेस हिमाल एकता पार्टी
९    सुशीला महर्जन    स्वतन्त्र

क्षेत्र नं. ३
क्र.स.    उम्मेदवारको नाम थर     राजनीतिक दल
१    देवीमाया लिम्बु     नेकपा (संयुक्त)
२    बिना शर्मा    शिव सेना नेपाल
३    मीरा राणा    राप्रपा नेपाल
४    रञ्जु साह    सद्भावना पार्टी

क्षेत्र नं. ४
क्र.स.    उम्मेदवारको नाम थर    राजनीतिक दल
१    आशा लामा     जनमोर्चा नेपाल
२    गणेशमाया ढङ्गोल    नेमकिपा
३    जानकी मानन्धर    मधेसी जनअधिकार फोरम नेपाल
४    पार्वती तामाङ    राष्ट्रिय मधेस समाजवादी पार्टी
५    मञ्जु शर्मा    सद्भावना पार्टी
६    रिता कुमार कार्की    नेपाल कम्युनिस्ट पार्टी
७    प्रमिला दवाडी (पोखरेल)    स्वतन्त्र
८    गीतादेवी तिमल्सिना    स्वतन्त्र
९    सुप्रभा घिमिरे    स्वतन्त्र

क्षेत्र न.. ५
क्र.स.    उम्मेदवारको नाम    राजनीतिक दल
१    गीता शर्मा    नेपाल जनता पार्टी
२    मञ्जु भण्डारी    स्वतन्त्र
३    रुवी गुरुङ कार्की    स्वतन्त्र
४    लीलामाया पौडेल    देशभक्त पर्यावरणीय सामाजिक मोर्चा
५    सविना न्यौपाने     स्वतन्त्र
६    सिर्जनारानी वर्मा     राष्ट्रिय प्रजातन्त्र पार्टी

क्षेत्र नं. ६
क्र.स.    उम्मेदवारको नाम थर     राजनीतिक दल
१    खेम कुमारी खड्का    अखण्ड नेपाल पार्टी
२    देव कुमारी अधिकारी     राष्ट्रिय मधेस समाजवादी पार्टी
३    परा कठायत     मधेशी जनअधिकार फोरम नेपाल
४    वर्खा पोडे    स्वतन्त्र
५    सानुदेवी महर्जन    नेपाः राष्ट्रिय पार्टी
६    सावित्री देवी न्यौपाने     नेपाल परिवार दल
७    शारदा केसी    लिग नेपाल शान्ति एकता पार्टी

क्षेत्र नं. ७
क्र.स.    उम्मेदवारको नाम थर     राजनीतिक दल
१     गङ्गादेवी मानन्धर    राष्ट्रिय यथार्थवादी नेपाल
२    तारालक्ष्मी क्षेष्ठ    स्वतन्त्र
३    प्रमिलादेवी सिंह     नेपाली काँग्रेस
४    विष्णुमाया महर्जन     ने.म.कि.पा.
५    रुपा रञ्जित     नेकपा (एमाले)
६    शैलजा पाण्डे     राप्रपा नेपाल
७    सुनिता बुद्धाचार्य    हरियाली नेपाल पार्टी
८    हिसिला यमी     एनेकपा (माओवादी)

क्षेत्र नं. ८
क्र.स.     उम्मेदवारको नाम थर     राजनीतिक दल
१    कृष्णमाया मानन्धर    नेमकिपा
२    पुकार बम    स्वतन्त्र
३    रोशनीवादे श्रेष्ठ     स्वतन्त्र
४    शारदादेवी मगर     तमलोपा
५    शुवर्णेश्वरी राजोपाध्याय    चुरेभावर राष्ट्रिय एकता पार्टी

क्षेत्र नं. ९
क्र.स.    उम्मेदवारको नाम थर    राजनीतिक दल
१    अञ्जु लामिछाने     हरियाली नेपाल पार्टी
२    कल्पना राणा     नेकपा (संयुक्त)
३    देवीमाया घिमिरे (दवाडी)    स्वतन्त्र
४    गङ्गा पराजुली (दवाडी     राष्ट्रिय स्वाभिमान पार्टी
५    जमुना श्रेष्ठ    राष्ट्रिय मधेस समाजवादी पार्टी
६    शकुन्तला बुढाथोकी     जनमोर्चा नेपाल
७    सरस्वती कार्की    शिव सेना नेपाल
८    सरस्वती सुनार    राष्ट्रिय जनमुक्ति पार्टी
क्षेत्र नं. १०
क्र.स.    उम्मेदवारको नाम थर    राजनीतिक दल
१    राधा गिरी पाण्डे     नेपाल आमा पार्टी
२    रुपा बलामी     राष्ट्रिय प्रजातन्त्र पार्टी
३    सुमित्रा पहरी गौतम    मधेसी जनअधिकार फोरम नेपाल

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!