Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
सलमान अदालतमा पुग्दा साहरुखलाई चिन्ता

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


‘हिट एन्ड रन केश’ मा फसेका बलिउड नायक सलमान खान अहिले समस्यामा छन् । सन् २००२ मा गरेको एउटा गल्तीले सलमानलाई जीवनभर छोडेको छैन । सलमान वुधबार मात्र मुम्बइको सेशंस अदालतमा पुगेका थिए ।सलमान अदालतमा पुगेसगै अर्का नायक साहरुख खान उनको बिषयमा धेरै नै चिन्ता लिइरहेका थिए । आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रि प्रोडक्शनमा रहेका साहरुखले सलमानको खबर बारम्बार लिइरहेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।

आफ्नो टिमसाग खबर वुझिरहेका साहरुखले जब सलमानलाई हत्याको मुद्दा चल्ने खबर सुने, त्यसपछि उनी निराश भएको बताइएको छ । एक पार्टीमा अंगालो हालेपछि सलमान र साहरुख बिच ५ बर्षदेखि चल्दै आएको शितयुद्ध रोकिएको विश्वास गरिएको छ ।

सलमान यतिबेला निक्कै ठूलो समस्यामा छन् । यसैले पनि उनलाई साथ दिन साहरुख अग्रसर भएको देखिन्छ । जुलाई २४ का लागि तोकिएको सलमानको मुद्दाको सुनुवाई अगष्टमा सरेको छ । न्यायधिशको सरुवा भएपछि सलमानको मुद्दाको सुनुवाई केही पछि सरेको हो ।

मदिरा पिएर १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान सन् २००२ देखि मुद्दा खेपिरहेका छन् । अब यस्तो अवस्थामा बलिउडका बादशाहा साहरुख सलमानलाई साथ दिने तयारीमा लागेको देखिन्छ ।

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!