Related Posts Plugin for WordPress, Blogger...
Related Posts Plugin for WordPress, Blogger...
लिङ्गको काम यौन सम्पर्क मात्र ?

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)


लिंगको संरचना

सन्तान उत्पादनका लागि महिलाको योनिमा वीर्य राख्नु नै लिङ्गको प्रमुख काम हो भने ‘यौन’ आनन्द दिनु अर्को काम। लिङ्ग सधैंजसो छोपिने अङ्ग भए पनि यसको बनावटका सम्बन्धमा निकै चासो हुन्छ। पुरुषको ‘व्यक्तित्व’, ‘पौरुषत्व’ वा पहिचान तथा आत्मसम्मानसँग जोडिएकाले अन्य अङ्गभन्दा लिङ्गको सांकेतिक महत्त्व बढी छ। सम्भवतः त्यसैले होला, कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गको नाप तथा आकारप्रति सजग हुनु अस्वाभाविक होइन।

लिङ्ग मुख्यतयाः तीनवटा स्पन्जजस्तो संरचनाले बनेको हुन्छ। लिङ्गको माथितिर दुइटा Corpus Cavernosa भनिने तन्तु हुन्छ भने तलतिर ps Corpus Spongiosum भनिने तन्तु हुन्छ। लिङ्ग उत्तेजित हुँदा यिनै संरचनाहरूमा रगत भरिन्छन् र लिङ्ग मोटो एवं कडा हुन्छ। उत्तेजित नभएको बेला त लिङ्ग एक लचिलो अङ्गका रूपमा रहेको हुन्छ र बाङ्गोपनको खासै आभास हुँदैन भने उत्तेजित हुँदा मात्र बाङ्गोपन देखिन्छ।

बाङगो लिंग

उत्तेजित नहुँदा लिङ्ग लुलो हुने भएकाले यसको बाङ्गोपनका बारेमा खासै थाहा हुँदैन, तर यो उत्तेजित हुँदा स्पष्ट रूपमा देखिन्छ। तपाईंले लिङ्ग यौनसम्पर्कको बेला सीधा हुँदैन भन्नुभएको छ। कतिपयले लिङ्ग उत्तेजित नहुनुलाई पनि सिधा नभएको भन्न सक्छन्। यसरी लिङ्ग उत्तेजित नहुने आफ्नै कारण हुन्छन्। त्यसैलाई बाङ्गो भन्न खोज्नुभएको हो भन्ने मानेर जवाफ दिएका छौं। तपाईंले किन आफ्नो लिङ्ग बाङ्गो भएको मान्नुभयो भन्ने कुरा खुल्नु आवश्यक छ। तपाईंलाई थाहै हुनुपर्छ, उत्तेजित लिङ्ग एकदमै सोझो वा सीधा हुँदैन। शंका लागेको स्थितिमा चिकित्सकको परामर्श लिई बाङ्गो भए-नभएको पक्का गर्नु राम्रो हुन्छ।

व्यक्तिअनुसार लिङ्गको नाप र आकारमा पर्याप्त भिन्नता हुन्छ र यो लिङ्गको विकासको क्रममै हुने कुरा हो। हाम्रो शरीरको पनि दायाँ-बायाँ ठयाक्कै बराबर हुँदैन, केही फरक हुन्छ। शरीरको बीचमा पर्ने भए पनि शरीरको विकासको क्रममा त्यसको प्रभाव लिङ्गमा पनि देखिन्छ। सबै पुरुषको लिङ्गको आकार एकै किसिमको हुँदैन र उत्तेजित अवस्थामा एकदम सीधा नभै लिङ्ग आफैंमा केही मात्रामा टेढो -बाङ्गो) हुन्छ। यो सामान्य कुरा नै हो। कतिपयले लिङ्ग शरीरसँग टाँसिएको कोणको कुरालाई लिएर बाङ्गोपनको कुरा गर्छन्। कतिपयले लिङ्ग उत्तेजित हुँदा शरीरबाट सीधा बाहिर निस्किएको वा भुइँसँग समानान्तर (उभिएको अवस्थामा) हुनुपर्छ भन्ने सोच्छन्, तर कुरा त्यसो होईन। लिङ्ग उत्तेजित हुँदा केही छड्के भएको हुन सक्छ। लिङ्गको Corpus Cavernosa भनिने भाग जघनास्थीसम्म जोडिएको हुन्छ। यसले नै उत्तेजित लिङ्गको कोणलाई निर्धारित गर्छ। तपाईंले कोणका बारेमा कुरा गर्नुभएको हो भन्ने पनि लाग्दैन।

के लिंग सीधा नहुँदा यौनसन्तुष्टि दिन सकिँदैन ?

तपाईंले यौनसम्पर्कमा नै बाधा परेको छ कि छैन, लेख्नुभएको छैन। यस विषयमा केही पुरुषलाई निकै चिन्ता हुने भए पनि हल्का किसिमको लिङ्गको बाङ्गोपनले यौनसम्पर्कलाई कुनै किसिमको बाधा पुर्‍याउँदैन र यौनसुख लिन तथा दिन दुवै सकिन्छ। लिङ्ग थोरै मात्र छड्के र घुमेको स्थितिमा नकारात्मक असर पर्ने कुरा हुँदैन।

टेढोपन निकै नै छ भने समस्या गम्भीर हुनसक्छ, तर यस्तो स्थिति विरलै हुन्छ। मूत्रनलीको विकासमा गडबडी भएर पनि टेढोपन भएको स्थितिमा लिङ्ग तलतिर बाङ्गो हुन्छ। लिङ्ग निश्चित रूपमा बाङ्गो भएको अवस्थालाई chordee भनिन्छ। मूत्रद्वारको संक्रमण पनि बाङ्गोपनको कारण हुनसक्छ। Peyronie’s disease मा सामान्य लिङ्ग अकस्मात निकै बाङ्गो हुन गै यौनसम्पर्क गर्न नसक्ने हुन्छ र दुख्छ पनि। पक्का रूपमा कारण थाहा नभएको यो रोग अक्सर ४० वर्षभन्दा माथिका मानिसलाई लाग्छ। यस्ता गम्भीर समस्याहरूका लागि मात्र चिकित्सकको सहयोग आवश्यक पर्छ। सामान्यतः गम्भीर प्रकृतिको लिङ्गको बाङ्गोपनलाई शल्यक्रियाद्वारा नै सोझो बनाइन्छ, तर शल्यक्रियाका हानि पनि हुन सक्छन्। त्यसैले आफ्नो लिङ्गको बाङ्गोपनका सम्बन्धमा शंका छ भने शल्यचिकित्सकको परामर्श लिन सक्नुहुन्छ, तर आवश्यक नै नभै हल्का किसिमको बाङ्गोपनलाई सोझ्याउन खोज्दा फाइदाको सट्टा हानि नै बढी हुने सम्भावना पनि हुन्छ। त्यसैले यस्ता शल्यक्रियालाई मामुली मान्नु हुँदैन। तपाईंमा त्यस्तो कुनै पनि गम्भीर समस्या भएजस्तो बुझिँदैन।

के गर्ने ?


गम्भीर रूपमा लिङ्ग बाङ्गो नहुँदा यौन तथा प्रजनन क्षमतामा कुनै असर पर्दैन, त्यसैले अनावश्यक रूपमा यस्तो संवेदनशील अङ्गमा विचारै नगरी त्यस्तो उपचार गर्नु बुद्धिमानी नहुन सक्छ। समस्या गम्भीर नहुँदा आफ्नो लिङ्ग सोझ्याउनेतिर लाग्नुभन्दा पहिले महिलाले कसरी यौनआनन्द पाउँछन् भन्ने कुरा बुझ्नतर्फ लाग्नु बुद्धिमानी हुन्छ। अधिकांश महिलाले भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट यौनसुख प्राप्त गर्छन्। तपाईंलाई थाहै होला, भगांकुर बाहिर नै हुन्छ र यसको घर्षणका लागि लिङ्ग नै चाहिन्छ भन्ने हुँदैन। इकान्तिपुरबाट

(भिडियो गोप्य राखिएको हुनाले तलको बक्सभित्र क्लिक गरी हेर्नुहोस)

0 comments

Write Down Your Responses

Pages

Powered by Blogger.

Find us on Facebook

नेपाली जोक्स, कमेडी फोटो तथा भिडियो साथै मनोरन्जनका विविध सामग्रीको लागि तल LIKE गर्नुहोस !!